A primary teacher's action research work
एकजना प्राथमिक शिक्षकको टिपिडी तालिमको सिलसिलामा तयार पारिएको कार्यमूलक अनुसन्धानको नमुना विषयसूची (Contents) १. पृष्ठभूमि २. अनुसन्धानको उद्देश्य ३. लक्षित समूह ४. समस्याको पहिचान ५. योजना ६.क्रियाकलाप ७.अवलोकन ८.प्रतिबिम्ब ९. पुनःयोजना १०.पुनःक्रियाकलाप ११.पुनःअवलोकन १२.पुनःप्रतिबिम्ब १३.अनुसन्धानको समस्या १४.निष्कर्ष १.पृष्ठभूमि कार्यमूलक अनुसन्धान अरु अध्ययन÷अनुसन्धान भन्दा एउटा छुट्टै प्रकारको अनुसन्धान हो । जुन अनुसन्धानबान्धानबाट शिक्षकलाई शिक्षण गर्ने कुनै विषयवस्तुमा परेका कठिनाइहरु पत्ता लगाई समस्या समाधान गर्ने तरिकाहरु अपनाउन मद्धत मिल्दछ भने आफ्नो पेशाको स्तर उन्नति गर्न पनि सहयोग पुग्दछ । आधुनिक प्रविधिको तव्रि वृद्धि र विस्तार भए अनुरुप शिक्षामा पनि त्यसको प्रभाव परिरहेको छ । नयाँ नयाँ ज्ञान र प्रविधिको विस्तार सँगै शैक्षिक विधि र प्रविधिहरु पनि थपिंदै गएका छन् । विकसित त्चभलम को माग अनुसार शिक्षकहरु पनि समायोजित तथा सवल बन्दै जानु पर्ने, शिक्षामा थपिएका नयाँ नयाँ विषय वस्तु तथा परिवर्तित एवं विकसित पाठ्यक्रम तथा पाठ्यवस्तुहरुप्रति ग्उमबतभम हुंदै जानुपर्दछ । परम्प
Comments
Post a Comment