A primary teacher's action research work

एकजना प्राथमिक शिक्षकको टिपिडी तालिमको सिलसिलामा तयार पारिएको कार्यमूलक अनुसन्धानको नमुना
विषयसूची (Contents)
१. पृष्ठभूमि
२. अनुसन्धानको उद्देश्य
३. लक्षित समूह
४. समस्याको पहिचान
५.  योजना
६.क्रियाकलाप
७.अवलोकन
८.प्रतिबिम्ब
९. पुनःयोजना
१०.पुनःक्रियाकलाप
११.पुनःअवलोकन
१२.पुनःप्रतिबिम्ब
१३.अनुसन्धानको समस्या
१४.निष्कर्ष
१.पृष्ठभूमि
    कार्यमूलक अनुसन्धान अरु अध्ययन÷अनुसन्धान भन्दा एउटा छुट्टै प्रकारको अनुसन्धान हो । जुन अनुसन्धानबान्धानबाट शिक्षकलाई शिक्षण गर्ने कुनै विषयवस्तुमा परेका कठिनाइहरु पत्ता लगाई समस्या समाधान गर्ने तरिकाहरु अपनाउन मद्धत मिल्दछ भने आफ्नो पेशाको स्तर उन्नति गर्न पनि सहयोग पुग्दछ ।
आधुनिक प्रविधिको तव्रि वृद्धि र विस्तार भए अनुरुप शिक्षामा पनि त्यसको प्रभाव परिरहेको छ । नयाँ नयाँ ज्ञान र प्रविधिको विस्तार सँगै शैक्षिक विधि र प्रविधिहरु पनि थपिंदै गएका छन् । विकसित त्चभलम को माग अनुसार शिक्षकहरु पनि समायोजित तथा सवल बन्दै जानु पर्ने, शिक्षामा थपिएका नयाँ नयाँ विषय वस्तु तथा परिवर्तित एवं विकसित पाठ्यक्रम तथा पाठ्यवस्तुहरुप्रति ग्उमबतभम हुंदै जानुपर्दछ । परम्परागत रुपमा शिक्षण गरिरहने हामी शिक्षकले शिक्षणका क्रममा देखी–भोगी आएका समस्याप्रति सचेत भई  समस्या समाधानार्थ आवश्यक सल्लाह, सुझाव एवं परामर्श लिइरहनु पर्दछ ।
    यसै सिलसिलामा म विगत २५ वर्षदेखि विभिन्न विद्यालयको विभिन्न तह र कक्षामा अध्यापन गर्दै आएकोमा र हाल विगत २ वर्ष देखि श्री गोरखकाली प्रा.वि.–८, ठिगँुरेश्वारा, गोरखामा अध्यापनरत छु । यहाँ अध्यापन गर्दा हासिल गरेका अनुभवका साथै विभिन्न विद्यालयहरुमा गरिएको शैक्षिक क्रियाकलापको आधारमा पनि मैले यो कार्यमूलक अध्ययन गरेको छु । मैले यहाँ कक्षा – ४ को विज्ञान विषयको शिक्षण गर्ने क्रममा ‘पदार्थ’ पाठ शिक्षण गर्दा विद्यार्थीलाई सिक्न कठिन परेको महसुस गरी उक्त पाठको कार्यमूलक अनुृसन्धान गर्न खोजेको छु । कार्यमूलक अनुसन्धानले परम्परागत शिक्षण विधिलाई सुधार गर्नुका साथै विषयवस्तुको समस्या के हो र कक्षा कोठामा शिक्षण सिकाइ कसरी गर्ने भन्ने कुराको राम्रो जानकारी दिन्छ ।
२. अनुसन्धानको उद्देश्य
कक्षा – ४ को विज्ञान विषय अन्तर्गत पदार्थ पाठको पदार्थको परिचय र पदार्थको प्रकारसँग सम्बन्धित विद्यार्थीका समस्या पत्ता लगाई समस्याको समाधान गर्ने ।
३. लक्षित समूह
    यो अनुसन्धान गोरखकाली प्रा.वि. ठिगुँरेश्वाराको कक्षा – ४ को विद्यार्थीलाई पदार्थ पाठको पदार्थको परिचय र पदार्थको प्रकार शिक्षण गर्दा आएका समस्याको समाधान गर्न लक्षित छ ।
४. समस्याको पहिचान
    हाम्रो देश नेपालका धेरै जसो विद्यालयमा हुने शिक्षण विधि भनेको शिक्षक केन्द्रित विधि हो । शिक्षक सक्रिय र विद्यार्थी निष्क्रिय विधि धेरै जसो विद्यालयमा देखापरेको शैक्षिक समस्या हो । विद्यार्थीहरुले नबुझीकन घोक्ने, घोकेको प्रश्न भएमा मात्र त्यसको उत्तर दिने गर्छन् तर कुनै पनि पढेका सिद्दान्तलाई व्यवहारमा उतार्ने र कसरी बुझ्ने भन्ने कुरा विद्यार्थीले सोचेको पाइँदैन । अझ बालमैत्री शिक्षणको अति आवश्यकता देखिएतापनि त्यसतर्फ शिक्षकहरुले ध्यान नपु¥याएको देखिन्छ । शिक्षकहरु आधुनिक प्रविधिसँग पनि उत्तिकै जानकार रहनुपर्ने, नियमित रुपमा अपडेट हुनुपर्ने अवस्था छ । यसै सिलसिलामा मैले शिक्षण गर्ने कक्षा – ४ का अधिकांश विद्यार्थीले विज्ञान विषय गाह्रो मानेको र अझ पदार्थको प्रकारमा धेरैजसो विद्यार्थीले गाह्रो मानेको हुँदा उक्त विषयवस्तुमा कार्यमूलक अनुसन्धान गर्न मैले चासो दिएको हुँ ।
५. योजना
    शिक्षण गर्ने क्रममा शिक्षक केन्द्रित विधि प्रयोग गर्दा विद्यार्थीले झञ्झट मान्छन् । कक्षालाई रुचिपूर्ण बनाउन शिक्षकले ध्यान पु¥याउनुपर्छ । यस अनुसन्धानको लागि मैले विद्यार्थीलाई छलफल गर्र्न विभिन्न चार समूहमा बाँडे र सबै समूहलाई पदार्थ पाठसँग सम्बन्धित छुट्टाछुट्टै ४ ओटा प्रश्नहरुको छनोट गरें ।
(ब) पदार्थ भनेको के हो ?
(द) पदार्थ फरक फरक हुन्छ, किन ?
(अ) पृथ्वीमा पदार्थको अवस्था कस्तो छ ?
(म) पदार्थ कति प्रकारको हुन्छ ?
६. क्रियाकलाप
    सबै चार समूहलाई तयार पारेको प्रश्नमध्ये प्रश्न नं (ब) समूह ुब्ु, प्रश्न नं. (द) समूह ुद्यु, प्रश्न नं. (अ) समूह ुऋु र प्रश्न नं. (म) समूह ुम्ु लाई दिएँ । सबै समूहलाई छलफल गर्नको लागि २० मिनेट समय छुट्याइदिएँ । छलफलपछि हरेक समूहको एकजना विद्यार्थीलाई आफ्नो समूहले तयार पारेको प्रश्नको उत्तर भन्न लगाएँ र स्पष्ट नभएको उत्तरलाई स्पष्ट पार्न सघाएँ ।
७. अवलोकन
    सबै विद्यार्थीहरु आ–आफ्नो समूहमा रहेर दिइएको प्रश्नकोे उत्तर सम्बन्धमा छलफल गर्न सक्रिय रुपमा लागिपरे । छलफलको क्रममा विद्यार्थीले दिएको उत्तर ध्यान दिएर पालैसँग प्रस्तुत गराएँं । समूह ुब्ु उत्तर यसरी लेखे – हाम्रो वरिपरि पाइने कुनै पनि वस्तुलाई पदार्थ भनिन्छ । समूह ुद्यु दिएको उत्तर यस्तो रह्यो – पदार्थ तीन किसिमका हुन्छन्, ठोस, तरल र ग्याँस । यस्तै प्रकारले अन्य प्रश्नहरुको पनि उनीहरुले कक्षाकोठामा प्रशस्त छलफल गरे ।
८. प्रतिबिम्ब
मैले मेरो उद्देश्य अनुरुप स्थानीय स्तरमा पाइने सामा्रगीहरुलाई विद्यार्थीहरु कै सहयोगमा संकलन गरी र नपाइने सामाग्रीहरुलाई कक्षा कोठामा नै रङ्गिन पेपरकोे माध्यमबाट निर्माण गरी रमाइलो वातावरणमा प्रत्यक्ष अनुभूति गराई सहज तरीकाले सिकाउन सफल भएँ ।

९. पुनःयोजना

    सबै समूहले आ–आफ्नै समूहको भागमा परेको प्रश्नमाथि छलफल गरेका थिए । एउटै प्रकारका प्रश्न सबै समूहलाई दिने र छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने क्रममा एउटा समूहको प्रश्नको निष्कर्ष प्रस्तुत गर्दा अन्य समूहले प्रश्न गर्ने र सबैले छलफल गरी निष्कर्ष निकाल्ने योजना बनाएको थिएँ ।
१०. पुनःक्रियाकलाप
    समूह ‘द्य’ को प्रश्नको उत्तर प्रस्तुत गर्ने क्रममा अन्य समूहलाई प्रश्न गर्न लगाएर विद्यार्थीले पनि नसकेको समस्यालाई म आफू समेत संलग्न भई समाधान गरियो । जस्तै पदार्थ फरक फरक हुन्छ, किन ? पदार्थ के कस्ता छन् ? पदार्थ कति किसिमका छन् ? जस्ता प्रश्नहरुको उत्तर दिने क्रममा म समेत संलग्न भई स्पष्ट पार्ने कार्य भयो् ।
११. पुनःअवलोकन
    यसपल्ट सबै समूहका विद्यार्थीले सबै समूहमा आएका प्रश्नहरुमाथि चासो राखेको र छलफलको लागि तयार भएर छलफल गरेको पाइयो । कुन उत्तर अझ राम्रो हो भनी उत्तरको छनोट समेत गरेको पाएँ ।
१२. पुनःप्रतिबिम्ब
    विद्यार्थीको यस्तो क्रियाकलापबाट उनीहरुले पदार्थ भन्ने पाठ राम्रोसँग बुझेको र पदार्थको प्रकारसँग सम्बन्धित धारणा स्पष्ट भएको पाए जसले गर्दा म धेरै हर्षित छु ।
१३. अनुसन्धानको समस्या
    समूहमा बाँडेको सबै विद्यार्थीलाई एउटा समूहको मागमा परेको प्रश्न अर्काे समूहलाई पनि छलफल गर्न लगाउँदा असजिलो भयो किनकी उनीहरु एउटै प्रश्नको उत्तर खोज्नमा केन्द्रित थिए र अन्य समूहको प्रश्नमाथि केन्द्रित गर्न कठिन प¥यो । त्यस्तै केही यस्ता प्रश्नहरु थिए, जुन उनीहरुको छलफलबाट समाधान भएन र त्यस्तै यस्तो प्रकारको छलफल गर्दा तोकिएको समयले पुगेन जसले गर्दा समयको अभाव भयो ।
माथि उल्लिखित बाहेक कक्षा नियन्त्रणमा निम्नानुसार कार्यहरु गर्ने ः
१) कक्षाकोठा भित्र नियमहरु बनाइ पालना गर्न लगाउने ।
२) मुलत ः कक्षाको नेत्तृत्व शिक्षकले लिने र कक्षाका सम्पुर्ण क्रियाकलाप शिक्षकबाट नियन्त्रण     गर्ने ।
३) शिक्षकलाई सहयोग पु¥याउन कक्षा मोनिटरको व्यवस्था गरी सहयोग लिने ।
४) दण्डसजायलाई कम गरी कक्षा अनुशासन कायम गरिने वातावरण सिर्जना गर्ने ।
५) समूह छलफल बाहेक अरुबेला आपसमा कुराकानी गर्न नदिने ।
६) कक्षामा हल्ला वा कुराकानी बढी भएको बेला शिक्षण नगर्ने र पढाइप्रति ध्यान आकृष्ट गराइ शिक्षण गर्ने ।
७) शिक्षण सिकाइ प्रक्रियालाई रोचक र विद्यार्थी केन्द्रित रमाइलो बनाउने ।
८) शिक्षणमा विद्यार्थीकेन्द्रित शिक्षण विधि प्रयोग गर्दै अत्यधिक शैक्षिक सामग्रीको प्रयोग गर्ने ।
९) विद्यार्थीका वास्तविक समस्या बुझी सहयोग गर्ने ।
१०) गृहकार्यलाई नियमितता दिने ।
११) थप शैक्षिक सामग्रीको प्रयोगमा जोड दिने ।
१२) विद्यार्थीको लेखनकलालाई परिमार्जन गर्ने ।
१३) साथीबाट सिक्ने र सिकाउने वातावरण बनाउने ।
१४) कक्षा कोठालाई जोड दिने ।
१४. निष्कर्ष
    कार्यमूलक अनुसन्धानले शिक्षण सिकाइ क्रियाकलापलाई सहज र सजिलो बनाइदियो । यसले कक्षा – ४ को पदार्थ पाठको पदार्थको प्रकारसँग सम्बन्धित समस्या पत्ता लगाउनुको साथै समस्यको समाधान पनि ग¥यो । त्यसैले कार्यमूलक अनुसन्धान शिक्षकको निमित्त अपरिहार्य छ¥यो । त्यसैले कार्यमूलक अनुसन्धान शिक्षकको निमित्त अपरिहार्य छ भन्ने कुरा म आफूले महसुस गरेको छु ।
    कार्यमूलक अनुसन्धानको क्रममा कक्षाकोठाभित्र र बाहिर शिक्षक, विद्यार्थीले पु¥याउनुपर्ने धेरै पक्षहरुको बारेमा पनि जानकारी हासिल गरें । विद्यालयमा समयसापेक्षित शिक्षण गर्नुपर्ने, बालमैत्री शिक्षण हुनुपर्ने, विद्यार्थीकेन्द्रित शिक्षण गर्नुपर्ने बारेमा पनि मेरो अनुसन्धानबाट निष्कर्ष निस्किएको छ ।

Comments

Popular posts from this blog

An Action Research "Teacher-Students Interaction in the Nepali Medium English Classroom"

A sample of question paper for Class 12 Nepali HSEB Nepal