Posts

Showing posts from 2014

Ganthan 3 "A small memory of Northern Gorkha"

गन्थन ३     हिजोआज फुर्सद मसँग नगराम्ररी तर्सेको छ । बेफुर्सदी यो दौडाहा, यो व्यस्तता चतुष्कोणीय उपलब्धिमा परिणत हुन सकेको पनि छैन । पछाडि फर्केर ३ दशकको उपलब्धि मूल्याङ्कन गर्ने हो भने असन्तुष्टिको पहाड मात्र उभिएको पाउँछु । अझ अस्वस्थपनको भावुकतामा ट्रयाजिक क्षणको प्रोडक्ट झण्डै डिप्रेसनको स्याम्पल बन्ला भन्ने डर पनि भइदिन्छ । तैपनि उभिनु छ, जुझ्नु छ, जुध्नु छ समस्याका पहराहरुसँग । एउटा घुम्तीमा मात्र जीवनको परीक्षा पूर्ण हुँदैन । अनेक शिविर, अनेक मोड पार गरेपछि फराकिलो फुर्सदमा स्मरणको पुनराख्यान सुरु हुन्छ ।     ‘‘धेरै अघि हिमाली क्षेत्रमा पुग्दाको एउटा रिल मेरो स्मृतिपटलको पर्दामा प्रोजेक्टेड हुँदा म निकै रोमाञ्चित हुने गर्छु । २०६४ सालको चैत्र २८ मा संविधान सभाको चुनाव सम्पन्न गर्न गोरखा सदरमुकामबाट पठाइएको एउटा टिममा म पनि सहभागी थिएँ । विकट हिमाली बस्ती प्रोक हाम्रो गन्तव्य । निर्वाचन अधिकृत कपिल कट्टेल सरको अगुवाइमा १० जना सुरक्षाकर्मीसहित करिब २० जनाको डफ्फा चुनावी मेसोमेलो मिलाउन त्यता गएका थियौं । त्यसबखतको क्षणहरु यसकारण पनि उप्काइरहेछु कि कहिल्यै नपुगेको ठाउँमा हामी जाँद

A story written by a class 10 student

SUCCESS DREAM Once upon a time there was a village .In that village one boy and his family lived there .His name was Ben and he lived with his grandfather and his pet .The dog's name was puppy .The boy was blind .One night he saw a dream when he was slept .In that dream he saw a beautiful girl   , and she   spoke with Ben . Girl told   " Can you saw me "? Ben said   " I can't saw you, who are you "? Girl said "I am an angel ". Ben asked "I was blind should you make me to saw everything"? When Ben asked that type of questions   then Girl answered, Girl said "I can't make you saw everything but if you do better work your light of eyes became back by yourself then you saw everything ". Next day Ben started to do better work like helped the poor people ,loves small children ,respect oldest when he earn some money, food etc. then he shared everything with poor peoples . When he did that type of work his ligh

A short note about my life in Nepali language

गन्थन २     पहिले म ठूला काम गरेर ठूला मान्छे बनिन्छ भन्ने धारणा राख्थें । ठूलो लक्ष्य, ठूलो उद्देश्य मानौं अत्यन्त महत्वाकांक्षी बादशाहले सोच्ने जस्तो शैली । तर आजभोलि विचारमा परिवर्तन आएको छ । साना कामहरु नगरी ठूला काम फत्ते हुँदैन । जसले सानो कामलाई उपेक्षा गर्छ त्यसले जीवनमा सफलता प्राप्त गर्न सक्दैन । तर मेरा कार्यहरु केवल सफलताको लागि भन्दा पनि सन्तुष्टिको लागि केन्द्रित भएको हुनाले साना कामहरुलाई पनि ध्यान दिन थालेको छु । धेरै नै भयो केही सपनाहरु साँचेको तर पूरा नभएको । एकैपटक, एकै प्रयासमा पूरा हुने कुरा भएन । निरन्तर गरिरहन पनि आफैंले नसक्ने । निरन्तरता दिन नसकेको हुँदा कतिपय राम्रा थालनीहरु पनि अपुरा भएका छन् ।     जीवनमा शिक्षा लिइन मिल्ने धेरै सन्दर्भहरु हुन्छन् । कतिपय सन्दर्भको ख्याल गरिंदैन । कतिपयको त उपेक्षा नै गरिन्छ । तालिमको सिलसिलामा एक जना सरले भन्नुभएको सन्दर्भ मलाई निकै मन प¥यो । सन्दर्भ यस्तो थियो–एउटा गाउँमा एउटा कुखुराले अण्डा पारेछ । कुखुराले अण्डा पारेपछि गाउँभरि हल्ला मच्चाएछ । गाउँका सबै मानिसलाई थाहा भएछ कि त्यो घरको कुखुराले अण्डा पारेको छ । कुखुराले ए

Listening teaching in Nepali Language

सुनाइ शिक्षणको परिचय सुनाइ भाषाको आधारभूत सीप हो । दैनिक क्रियाकलापको आधाभन्दा बढी समय सुन्ने कुराले नै लिन्छ । कक्षाको प्रत्येक क्रियाकलाप सुनाइबाट नै सुरु हुन्छ । शिक्षकले कक्षाकोठामा निर्देशन दिन्छन्, व्याख्या, विवरण दिन्छन्, प्रश्न सोध्छन्, टिप्पणी गर्छन् । विद्यार्थी र शिक्षक, विद्यार्थी–विद्यार्थीका बीचमा छलफल, संवाद, प्रश्नोत्तर चल्छन् । यी सबै कुरामा सुनाइको महत्वपूर्ण भूमिका रहन्छ । सुनाइविना भाषिकसीप आर्जन अधुरै रहन्छ । सुनाइसीपको विकासका निम्ति सुनाइशिक्षण गरिन्छ । सुनाइशिक्षणका माध्यमबाट वक्ताको सुनाइमा रहेका समस्याहरु हटाउँदै उसमा ठीक ढङ्गले सुन्न सक्ने क्षमताको विकास गराइन्छ । राम्रोसँग सुन्नेले नै आफूलाई उपयुक्त ढङ्गले व्यक्त गर्न पनि सक्दछ । सुनाइशिक्षणको महत्व अर्काले  भनेको कुरा ठीक ढङ्गले् बुझ्न, ध्वनिहरुको पहिचान गर्न, बोध क्षमताको विकास गर्न, बौद्धिक क्षमताको विकास र मनोरञ्जन गर्न, भनाइको शैलीगत विविधता छुट्याउन, शब्दभण्डार वृद्धि गर्न, भाषिकेत्तर अभिव्यक्तिहरु थाहा पाउन, कुराको गहिराइसम्म पुग्न, राम्रो अभिव्यक्ति दिन, विषयवस्तुको बोध गर्न, भाषिक क्षम

Training material for police

नवप्रवेशी प्रहरी अधिकृतहरुलाई व्यवसायिक ज्ञान पूरा गर्न आधारभूत तालिमको महत्व तथा आवश्यक समय अनुकूल परिमार्जनहरु परिचय  :   अंग्रेजीको Police (पुलिस) शब्दबाट प्रहरी शबदको निर्माण भएको हो । देशमा शान्ति सुव्यवस्था खलल पर्न नदिन अहोरात्र जागा रहने व्यक्तिलाई नेपालीमा प्रहरी भनिन्छ । अंग्रेजीको POLICE शब्दलाई अझै विस्तृत रुपमा विभाजन गरी अध्ययन गर्ने हो भने निम्न ५ वटा अलग अलगै शब्दहरुको संयोगबाट POLICE शब्दको निर्माण भएको हो । P - Police (नम्रता) O - Obedience (आज्ञाकारी) L - Loyal (देशभक्ति, नम्रता) I - Inetlligence (बुद्धिमान) C - Co-ordination  (सहयोगी) E - Education (शिक्षित)     उपरोक्त शब्दार्थले प्रहरी (Police) कर्मचारीमा हुनुपर्ने आधारभूत विशेषतालाई चित्रण गरेको पाइन्छ । त्यसैले आफूसँग उपरोक्त गुणहरु भएको कुरा व्यवहारमा प्रस्तुत गरेर देखाउन सक्ने व्यक्ति नै योग्य प्रहरी कर्मचारी ठहरिन्छ ।     नेपालको सन्दर्भलाई हेर्ने हो भने दक्ष प्रहरी बनाउनको लागि प्रहरी कर्मचारीहरुलाई तालिम दिलाउने उद्धेश्यले सर्वप्रथम वि.सं. २००१ साल ललितपुरको श्रीमहलमा पुलिस ताल