A Sample of Nepali Question paper class XII

प्रथम त्रैमासिक परीक्षा २०६९
कक्षा : १२                            पूर्णाङ्क : १००
विषय : नेपाली         समय : ३ घण्टा            उत्तीर्णाङ्क : ३५
कुनै दश प्रश्नको उत्तर दिनुहोस :                १०×१०=१००
१. माध्यमिक कालका नेपाली कविताका विशेषताहरु केलाउनुहोस् ।
२. आधुनिक नेपाली कविताको स्वच्छन्दतावादी प्रवृत्तिहरु औंल्याउनुहोस् ।
३. ‘प्रश्नोत्तर’ कवितामा कविले दिन खोजको नीतिसन्देशहरु के के हुन् ?
४. ‘हिमाल’ कवितामा कविले प्रकृतिको कस्तो चित्रण गरेका छन् ? विवेचना गर्नुहोस् ।
५. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
    सब कल्मष नाशि सुकाउँछ यो
    मन मोद विनोद भराउँछ यो
    दुःख दुर्दर पारि हटाउँछ यो
    मन फुर्फुर पारी नचाउँछ यो
६. ‘म पनि द्यौता मान्छु’ कविताको मूल आशय स्पष्ट पार्नुहोस् ।
७. ‘भिखारी’ कविताको मूल भाव लेख्नुहोस् ।
८. ‘ओखलढुङ्गा’ कविता प्रकृतिको कलात्मक र भावात्मक चित्रणको सुन्दर संयोजन हो, यस भनाइको पुष्टि गर्नुहोस् ।
९. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
    हेरौंला, त्यो हुरी भएर आउनेछ,
    तिमी पात भएर पछ्याउनेछौ ।
१०. ‘नचिनिने भएछौ’ कवितामा प्रवासी नेपालीहरुको कस्तो चित्र उतारिएको छ ? विवेचना गर्नुहोस् ।
११. ‘छोरीलाई मानचित्र पढाउँदा’ कवितामा कविले वर्तमान युगीन सन्त्रासको बारेमा कस्तो धारणा प्रकट गरेका छन् ?


..........................................................................................................................................................


दोस्रो त्रैमासिक परीक्षा २०६८
 कक्षा : ११                               पूर्णाङ्क :    ५०
 समयः २ घण्टा                                                  उत्र्तीर्णाङ्कः   १८
 विषय : नेपाली गद्य, भाषा र साहित्य परिचय
समूह ‘ क ’
कुनै तीन प्रश्नको उत्तर दिनुहोस् । ३×  १० =३०
१   आधुनिक नेपाली कथाको सामाजिक यथार्थवादि परम्पराको परिचय दिनुहोस् ।
२  ‘ लोग्ने ’ कथाकी साहिंली दिदिले आफ्नो इच्छा अनुसार किन लोग्ने रोज्न नसकेकी हुन् रु चर्चा गनुहोस् ।
३  ‘ जयमाया आफूमात्र लिखापानी आइपुगी ’ कथामा के कस्तो परिवेशको चित्रण गरिएको छ रु चर्चा
     गर्नुहोस् ।
४  स–प्रसङ्ग व्याख्या गनुहोस् ।
    “ मानिसको पाण्डित्य अरुलाई उपदेश गर्नमा काम लाग्छन कि आफूलाई परिआउँदा । ”
समूह ‘ ख ’
कुनै दुई प्रश्नको उत्तर दिनुहोस् । २ × १० =२०
५  उपन्यासको परिचय दिंदै यसका तत्वहरुको व्याख्या गर्नुहोस् ।
६  आधुनिक उपन्यासको प्रथम चरणको मुख्य प्रवृत्तीहरु माथि प्रकाश पार्नुहोस् ।
७  रुद्रराज पाण्डेको औपन्यासिक विशेषताहरु औंल्याउनुहोस् ।
 

Comments

Popular posts from this blog

A primary teacher's action research work

An Action Research "Teacher-Students Interaction in the Nepali Medium English Classroom"

A sample of question paper for Class 12 Nepali HSEB Nepal