गन्थन १
कति समय अरुलाई दिइयो होला, कति समय खेर गए होलान् । र आज पाइला पाइलामा समय यति मूल्यवान् र महत्वपूर्ण रहेछ भन्ने लागेको छ कि सम्झेर पश्चात्ताप गर्नु सिवाय केही छैन । जसले ममाथि गुनासो गर्छन् समग्रमै तिनीहरुमाथि मेरो कुनै पूर्वाग्रह वा दुराग्रह छैन किनभने तिनलाई त्यसरी सोच्ने अवस्था मैले पनि सिर्जना गरिदिएको छु । आफूबाट सिर्जित पथहरु कहिलेकाँही रङ साइडमा हुँदा पनि एक प्रकारको अभिमानी गौरव जस्तो उत्पन्न हुँदो रहेछ । म सचेत छु मेरो यस्तो कमजोरीले सामुदायिक व्यवधान भने उत्पन्न नहोस् ।
ममाथि पक्षपाती नजर लगाउनेहरु पनि छन् तर पनि उनीहरु उपर कुनै सन्देह यसकारण गर्दिनँ कि मसँग हिँड्नको लागि नयाँ नयाँ बाटाहरु छन् । नयाँ बाटाहरु भन्नुको मतलब कर्तव्यको बाटो बदल्ने भनेको होइन । जीवन सिर्जनाको लागि हो भने नयाँ नयाँ बाटाहरु बनाउनैपर्छ होइन र ? नत्र नयाँपन भनेको के त ? संसारका हरेक मानिस फरक छन् । कतिपयमा जतिसुकै समानताहरु देखिन खोजेपनि वास्तवमा धेरै भिन्नताहरु हुन्छन् । प्रस्ट रुपमा भिन्न हुन सकिएन भने न कुनै पहिचान बन्छ, न कुनै परिचय । मानिस जन्मनुको अस्तित्व के त ? केवल जैविक र भौतिक रुपमा, शारीरिक सन्तुष्टि, मानसिक तृप्तिको अवस्थामा मात्र जिउन खोज्ने हो भने यति धेरै आविष्कार, यति धेरै नवीन चिन्तन, यति धेरै मेहनत किन गर्नुपथ्र्याे ? मैले भन्न खोजको यत्तिमात्र हो कि नयाँपन खोज्नु कुनै आठौं आश्चर्य होइन ।
हुनत राजनीतिमा र साहित्यमा धेरै फरक छ । राजनीतिको क्षेत्रमा हुँदो हो भने नयाँपन खोज्नु भनेको संशोधनवादी हुनु वा पलायन हुनु हो । ठीक त्यसरी नै बदलिन गाह्रो मान्नेहरुलाई जडताको संज्ञाले पुकारिन्छ । एउटा दर्शन, एउटा विज्ञानको हिसाबले हेर्दा त ठीकै होला तर आदर्शवादी आँखाले हेर्दा चाहिँ हाम्रा दर्शनमा, हाम्रा विज्ञानमा आलोचनाका धेरै पाटाहरु छन् ।
कहिलकाँही केही गरिएन भन्ने ग्लानिले निकै पिरोल्छ । फेरि सम्झँदै जाँदा हरेक मानिस आफैंमा अपूर्ण छ, पूर्ण कहिले हुन सक्दैन भन्ने भाव ग्रहण गरेपछि आत्मतृप्तिको बहाना पनि मिल्छ । गजबको कुरा त यो छ कि कसैले कुनै क्षेत्रमा जति राम्रो काम गरेपनि कुनै क्षेत्रमा नराम्ररी फेल भइरहेको हुनसक्छ । त्यही भएर आफूलाई अरुभन्दा अब्बल, अरुभन्दा युनिक, अरुभन्दा भिन्न हुँ भन्ने दावा म पनि नगरुँ । साथीहरुलाई सम्झँदा सधैं केही गरिएन कि केही भइएन कि, धेरै गर्नु छ कि भन्न रिलाइज मात्र हुने गर्छ । तर हमेशा चित्त यसैले बुझाउँछ कि विदेशमा लाखौं कमानउनेहरुलाई पनि विदेशिनुको पिडा छ, धेरै कमाउनेलाई स्वास्थ्य मेनटेन गर्न धौधौ परेको स्थिति होला, ठूला घर बनाउनेहरुलाई सम्मानको भोक नटरेको होला, ठूला नेताहरुलाई आफ्नै आन्तरिक झमेला पनि मिलाउन कठिनाइ परिरहेको होला । जेहोस् एकातिरको प्राप्ति र अर्कोतिरको असन्तुष्टिको समग्र योगमा यो जीवनको गति बढिरहेकै हुन्छ ।
यो पनि भन्न मन लाग्यो जसलाई मैले धेरै समय दिएर जसले मलाई परास्त गर्न खोज्यो, त्यसले मलाई कहिले बर्बाद पारेन । थोरै क्षण असन्तुष्टि उत्पन्न भएको भएपनि खराब दायित्वबोध गर्नबाट एकप्रकारको छुटकारा पाउनु पनि खुसीको कुरा रहेछ । अरुको स्वार्थमात्र मात्र काम गर्नु मेरो कमजोरी रहेछ । कमसेकम ती स्वार्थीहरुको संसारबाट पर हुनुपनि स्वतन्त्रताको आभास हुनु रहेछ । रुसोले भनेझैं जन्मनेबित्तिकै बन्धनमा पर्ने मानिसको जीवनको यो क्षणमा स्वतन्त्रताको महसुस गर्नु के सानो कुरा हो र ? त्यसैले स्वार्थी केवल स्वार्थी मित्रहरुको लागि टाउको दुखाउने काम गर्दिनँ । तर आफ्नो दायित्वलाई कहिले भुल्न सकिन्नँ ।

Comments
Post a Comment