Coffee Planting in Gorkha

गोरखामा कफी उत्पादन र सहकारी
पृष्ठभूमि
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पूर्वमा धादिङ, पश्चिममा लमजुङ, उत्तरमा तिब्बत र दक्षिणमा चितवनको बिचमा अवस्थित यस गोरखा जिल्ला समुन्द्री सतहबाट ३०० मिटरदेखि हिमाली क्षेत्रसम्म फैलिएर रहेको छ  । उष्णदेखि शीतोष्ण हावापानी भएको यस जिल्लामा ६६ गा.वि.स.र १ न.पा.रहेको र अधिकांश क्षेत्र कफीको लागि अनुकूल रहेको छ । ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, नेवार, तामाङ, शेर्पा आदिको बसोबास रहेको यस जिल्लाका बासिन्दाको प्रमुख पेशा कृषि नै हो । कफी खेतीलाई आमदानीको राम्रो स्रोत हुनसक्छ भन्ने मनसायले डेनिडाको सहयोगमा क्धष्कक बाट संचालित कफी प्रबद्र्धन कार्यक्रमबाट कफी तथा कफी उत्पादक कृषि सहकारी संस्था र जिल्ला संघ, केन्द्रीय संघ गठन भएको हो । २०६२ सालमा गठित ११ वटा प्रारम्भिक सहकारी संस्थाहरु र हाल २०७० सालमा थप दुई वटा प्रारम्भिक संस्थाहरु समेत गरी १३ वटा प्रारम्भिक संस्थाहरु आबद्ध रहेका छन् । यो जिल्लाको चिसो हावापानी एवम् यस क्षेत्रको उपयुक्त भौगोलिक वातावरणले गर्दा गुणस्तरीय एवम् उत्कृष्ट स्वादको कफी प्रशस्त मात्रामा उत्पादन हुन सक्दछ । समुायमा रहेको स्रोत, साधन र श्रमलार्य एकीकृत गरी सामूहिक रुपमा परिचालन गर्न यहाँका मानिसहरुले २०६१ सालमा कफी विकास कृषि सहकारी संस्था गठन गर्नुपर्ने आवश्यकतालाई महसुस गरी PADC को सहयोगमा डिभिजन सहकारी कार्यालय तनहूँमा यो संस्था दर्ता गरिएको हो । हाल यस जिल्ला कफी उत्पादक कृषि सहकारी संस्थामा १३ वटा प्रारम्भिक सहकारीहरु सदस्यका रुपमा रहेका छन् ।
संस्थाले सदस्यहरुको आयआर्जन, जीवनस्तर सुधारमा सहयोग गर्नका लागि कफी लगायतका कृषि उपजको उत्पादन, संकलन र उचित मूल्यमा खरिद बिक्री, बचत तथा ऋणका साथै विभिन्न सहकारी तथा गैरसहकारी संस्थासँग समन्वय गरी अन्य कार्यक्रमहरु संचालन गर्दै सदस्यहरलाई सेवा पु¥याउँदै आएकामा केही बर्ष अघिदेखि विविध कारणले यो संस्था सोचे जस्तो सक्रिय हुन नसकेतापनि हाल कफी प्रबद्र्धन कार्यक्रमहरुको सहयोगमा हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपालको व्यवसायिक योजना समेत निर्माण गरी निष्क्रिय रुपमा रहेका प्रारम्भिक संस्थाहरुलाई जिल्ला संघमार्फत सक्रिय बनाउने अभियान क्रियाशिलतामा रहेको छ ।

संघको परिकल्पना
सदस्यहरुको आर्थिक, सामाजिक र संस्थागत अवस्थामा सुधार ल्याई गरिबी न्युनीकरणमा सहयोग पुर्याउन सक्षम दिगो संघ बन्नेछ ।

उद्देश्य
  • प्राङ्गारिक कफी कृषिहरुलाई संगठित गरी सदस्यता एवम् शेयर पूँजी बिस्तार गर्ने ।
  •  सदस्यहरुलाई सहकारी शिक्षा, प्राविधिक तथा व्यवस्थापकीय तालिम एवम् प्रबद्र्धनात्मक कार्यक्रमहरु संचालन गरी गुणस्तरीय प्राङ्गारिक कफी उत्पादन र उत्पादकत्वमा वृद्धि तथा बजारीकरण गर्न आवश्यक पर्ने सेवा र सुविधा उपलब्ध गराउने ।
  •  समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुसँग सहयोगात्मक सुसम्बन्ध विकास गरी संस्थागत सुदृढीकरण गर्ने ।

गोरखा जिल्लामा कफी खेतीको संभावना
गोरखा जिल्लामा माथिल्लो हिमाली भेगसँग जोडिएको भूभाग भएको र भिरालो जमिनको सतह भएको हुँदा उच्च गुणस्तरको कफी उत्पादनको प्रचुर सम्भावना रहेको छ । हाल जिल्ला संघमा आबद्ध भएका प्रारम्भिक संस्थाहरु बाहेक अन्य गाविसहरुमा कृषकहरुले कफी खेती गरेको जानकारीको आधारमा अन्य गाविस जस्तै सिमजुङ, मुच्चोक, हंसपुर, आँपपिपल, भुम्लिचोक, नामजुङ, मकैसिङ, अश्राङ, बोर्लाङ, तान्द्राङ, गुम्दा, थुमी, आरुआर्वाङ, लाप्राक लगायतका गाविसहरुमा कफी खेती उत्पादनको सम्भावना रहेको छ । १ शेयर सदस्य बराबर कम्तीमा १०० बोट कफी रोपण अभियानमार्फत् प्राङ्गारिक कफी उत्पादन गरी किसानहरुलाई आत्मनिर्भर बनाउँदै सबल र सक्षम सहकारीमार्फत् कफीमय जिल्लामार्फत् पर्यटन विकासमा जोड दिंदै वातावरण मैत्री पर्यावरणमा जोड दिने प्रयासमा हामी सबै सरोकारवाला संघ, संस्ूथा, सरकार र गैरसरकारी संस्थाहरुलाई समेत यस अभियानमा सहयात्रीको भूमिकामा रही सहयोग गरिदिनुहुनको लागि आह्वान गर्दछौं ।

कार्यक्रम परिचय
गुणस्तरीय कफी उत्पादन र वृद्धिको लागि गोरखा जिल्लामा कफी विस्तारको लागि गोरखा जिल्ला संघलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कफी प्रबद्र्धन कार्यक्रम हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको सहयोगमा प्रथम चरणको कार्यक्रमहरु, कफी उत्पादक कृषि सहकारी संस्था लि. रहेका गाविसहरु जस्तै खरिबोट, च्याङ्ली, गाइखुर, मिरकोट, धुँवाकोट, घैरुङ, ताङलीचोक, छोप्राकमा सम्पन्न रहेको अवगत गराउँदछौं ।

कार्यक्रमहरु
क) कफी प्रबद्र्धन कार्यक्रम हेल्भेटास स्वीस इन्टरकोपरेसन नेपालले संचालन गरेका कार्यक्रमहरु
  1.  २०७०÷०५÷१० देखि २०७०÷०५÷१५ गतेसम्म कीर्तिपुर काठमाण्डौंमा व्यवसायिक योजना तालिम सहभागी संख्या – १३
  2.   २०७०÷०७÷१० गते ४ दिने आधारभूत अवधारणा तालिम गोरखामा संचाल सहभागी संख्या – १२
  3.  २०७०÷८÷१२–२५ गतेसम्म कफी प्रशोधन तालिम लमजुङ बेसीसहर  सहभागी संख्या – ११ जना
ख) हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालसँग २०७०÷७÷५ – २०७०÷९÷१६ सम्म कफी उत्पाद कृषि संघ लि.सँग भएको सम्झौता अनुसारको सम्पन्न कार्यक्रमको प्रतिवेदन यस प्रकार छ ।
कफी उत्पादक कृषि सहकारी संघ लि.गोरखा
कार्यक्रम प्रगति प्रतिवेदन विवरण
    २०७०÷७÷५ – २०७०÷९÷१६ सम्म कफी प्रबद्र्धन कार्यक्रम हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपालसँग भएको कार्यक्रमको सम्झौता अनुसारको हालसम्म २०७०÷१०÷१५ सम्म थप भए गरेका कार्यक्रमहरुको प्रगति प्रतिवेदन यस प्रकार छ ।


क. कार्यक्रमहरु
१. सहकारी शिक्षा तथा व्यवस्थापन प्रारम्भिक सहकारी समूह स्तरीय तालिम ः
क्र.सं.    सञ्चालन मिति    स्थान÷सहभागी संस्थाहरु    सहभागी संख्या    सिकाइ उपलब्धि    भावी कार्यक्रम
            म.    पु.    जम्मा       
१.    २०७०÷८÷१८
देखि
२०७०÷९÷१४    क.सृजना कफी उ.कृ. स.सं.लि. गाइखुर–२, गोरखा     १३    १२    २५    –सहकारी संस्थाहरुलाई सक्रिय बनाउन सहयोग भएको
–सहकारी संस्थाहरुमा नियमित बैठक बस्ने वातावरण सृजना भएको
–शेयर÷वचतमा वृद्धि हुने वातावरण सृजना भएको
–कफी खेतीमार्फत् कृषकहरु संगठित भई आयआर्जनमा वृद्धि गर्ने÷गराउने प्रतिबद्धता जाहेर भएको ।    थप सदस्य सदस्य संख्या वृद्धि गर्नको लागि १८ वटा प्रारम्भिक संस्थाहरु गठन गरि समूहस्तरमा कार्यक्रमहरु गर्नलाई निरन्तरता दिने ।
        ख. प्रगतिशील कफी उ.कृ.स.सं.लि. च्याङली–६, गोरखा     १३    २०    ३३       
        ग. नमुना कफी उ.कृ.स.सं.लि. धुँवाकोट–४, गोरखा     १३    १५    २८       
        घ. बुढीकोटी नमुना कफी उ.कृ.स.सं.लि.
देउराली – ६, गोरखा    १३    १५    २८       
        ङ.मिरकोट कफी उ.कृ.स.सं.लि. मिरकोट – ५, गोरखा    ११    १६    २७       
        च. छहारी कफी उ.कृ.स.सं.लि. छोप्राक – ६, गोरखा     १०    २०    ३०       
        छ. सृजनशील कफी उ.कृ.स.सं.लि.
ताङलीचोक – ३ गोरखा    २१    ६    २७       
        ज. सरस्वती कफी उ.कृ.स.सं.लि.
घैरुङ – ३, गोरखा     १७    १८    ३५       
        झ. चण्डीश्वाँरा कफी उ.कृ.स.सं.लि.
ताक्लुङ, गोरखा     १३    १२    २५       
        ञ. मनकामना कफी उ.कृ.स.सं.लि. मनकामना, गोरखा    २०    १६    ३६       
        ट.हिमाली कफी उ.कृ.स.सं.लि. खरिबोट – ८, गोरखा    १३    १५    २८       
        बगुवा कफी उ.कृ.स.सं.लि. बगुवा गोरखा                   
            १६९    १७९    ३४८       


(२) कफी नर्सरी व्यवस्थापन तालिम ः
संचालन मिति ः २०७०÷९÷३ र ४ गते (२ दिन)
सचालन स्थान ः नमुना कफी उत्पादक कृषि सहकारी संस्था लि.धुवाँकोट – ४, गोरखा ।
सहभागी संख्या ः महिला – ५
          पुरुष  –  १९
सिकाइ उपलब्धि ः १२ वटा प्रारम्भिक संस्थाहरुमा १८ वटा नर्सरी व्याड तयारमा सहयोग
पुगेको छ र ३९५००÷– विरुवा उत्पादनमा सहयोग ।
भावी कार्यक्रम ः विरुवा उत्पादनको लागि अनुगमनमा निरन्तरता दिनुपर्ने छ ।
(३) सरोकार वाला संघ÷संस्थासँग जिल्ला स्तरीय समन्वय समीक्षा गोष्ठी (१ दिन)
क. सञ्चालन मिति ः २०७०÷९÷११ गते
ख. सञ्चालन स्थान ः जिल्ला सदरमुकाम गो.न.पा.नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको भवन
ग. सहभागी संखयाहरु ः २४ जना जिल्ला स्थित, जि.वि.स., कृषि, वन, घरेलु र गा.वि.स.का सचिवहरु
घ.सिकाइ उपलब्धि ः सबै संघ÷संस्थाहरुमार्फत् सहयोगको वातावरण सृजनामा व्यक्त समीक्षा÷प्रतिबद्धता
ङ) भावी कार्यक्रम ः सबै सरोकारवालाहरु मार्फत पुनः समीक्षालाई जोड दिने ।


(४) पल्पिङ केन्द्र स्थापना ः (२०७०÷९÷२५) सम्ममा
    गुणस्तरीय कफी उत्पादनको लागि तपसिल अनुसारका प्रारम्भिक सहकारी संस्थाहरुमा पल्पिङ केन्द्र स्थापना गरिएको छ ।
प्रारम्भिक संस्थाहरु
(१) नमुना कफी उत्पादक कृषि सहकारी संस्था लि. धुवाँकोट
(२) सृजनशील कफी उत्पादक कृषि सहकारी संस्था लि.ताङलीचोक
(३) सरस्वती कफी उत्पादक कृषि सहकारी संस्था लि. घैरुङ
(४) चण्डेश्वरी कफी उत्पादक कृषि सहकारी संस्था लि. ताक्लुङ
जसमध्ये बुढीकोटी नमुना कफी उत्पादक कृषि सहकारी संस्था लि.देउरालीमा लेखापरीक्षण प्रतिवेदन गर्न बाँकी रहेको हुँदा वितरण गरिएको छैन ।
उक्त पल्पर १ जिल्ला संघको जिम्मामे जिम्मामा  ।
(५) विरुवा उत्पादन तथा नर्सरी स्थापनामा सहयोग
    तपसिल बमोजिम नर्सरी स्थापना कार्यहरु भैसकेको जानकारी गर्दछौं ।



तपसिल
क्र.सं.    सहकारीको नाम÷ठेगाना    नर्सरी संख्या    नर्सरीमा विरुवा उत्पादन     कैफियत
१    सृजना कफी उत्पादक कृषि सहकारी संस्था लि. गाइखुर    २    २५००   
२    प्रगतिशील  कफी उत्पादक कृषि सहकारी संस्था लि.च्याङली    १    २०००   
३    नमुना  कफी उत्पादक कृषि सहकारी संस्था लि.धुँवाकोट    २    ४०००   
४    मिरकोट  कफी उत्पादक कृषि सहकारी संस्था लि. मिरकोट    १    २०००   
५    छहारी  कफी उत्पादक कृषि सहकारी संस्था लि.छोप्राक    १    २०००   
६    सृजनशील  कफी उत्पादक कृषि सहकारी संस्था लि. ताङलीचोक    २    ४०००   
७    सरस्वती  कफी उत्पादक कृषि सहकारी संस्था लि.घैरुङ    २    ६०००   
८    चण्डेश्वरी  कफी उत्पादक कृषि सहकारी संस्था लि.ताक्लुङ    १    २५००   
९    मनकामना  कफी उत्पादक कृषि सहकारी संस्था लि.मनकामना    १    ३०००   
१०    हिमाली  कफी उत्पादक कृषि सहकारी संस्था लि. खरिबोट    २    ४०००   
११    बगुवा  कफी उत्पादक कृषि सहकारी संस्था लि. बगुवा    २    ४५००   
१२    बुढीकोटी  कफी उत्पादक कृषि सहकारी संस्था लि. देउराली    १    २०००   
    १२ वटा संस्था    १८ वटा    ३९५००   


नोट ः हिमालय अर्गानिक कफी प्रा.सं वारपाक – ९ गोरखा २०७०÷१०÷१२ मा यस जिल्ला संघमा आबद्ध भएको छ । उक्त संस्थाको ४०००० (विरुवा उत्पादन) लक्ष्य अनुरुप नर्सरी स्थापना कार्य भएको जानकारी गराउँछौं
सिकाइ उपलब्धि ः ३९५०० विरुवा उत्पादनको लागि प्रारम्भिक संस्थाहरुमा काम भएको र थप आगामी कार्यक्रममा थप नर्सरी स्थापनाको लागि किसानहरु उत्साहित भएको पाइएको छ ।
भावी कार्यक्रम ः विरुवा उत्पादन/रोपण/बिक्री कार्यलाई निरन्तरता दिने ।
(६) प्रारम्भिक सहकरी अनुगमन तथा सचेतना तालिम ः
२०७०/७/५ देखि २०७०/९/१४ गतेसम्म प्रारम्भिक संस्थाहरुसँग अनुगमन, छलफल गरेको जानकारी गरिन्छ ।
(७) कार्यक्रम अनुगमन तथा प्रतिवेदन तयारी
२०७०/७/५ – २०७०/९/१६ सम्म र २०७०/१०/२० गतेसम्म प्रारम्भिक सहकारीहरु र केन्द्र संघका प्रतिनिधि र जिल्ला संघका प्रतिनिधिहरुले अनुगमन गरेको जानकारी गराउँदछौं । साथै जिल्ला संघ मार्फत् प्रतिवेदन तयार गरी हेल्भेटासमा पेश गरेका छौं ।
सिकाइ :
  • सहकारी सदस्यहरु वृद्धि भएको ।
  • सहकारी र कफी खेती कार्यक्रमलाई सहयोग पुग्ने देखिएको छ
भावी कार्यक्रम
अनुगमन/प्रतिवेदन तयारीलाई निरन्तरता दिनुपर्ने ।
                                       
धन्यवाद !
                                                      

Comments

Popular posts from this blog

A primary teacher's action research work

An Action Research "Teacher-Students Interaction in the Nepali Medium English Classroom"

A sample of question paper for Class 12 Nepali HSEB Nepal