A School report by A Headteacher of Gorkha, Nepal

श्री रामती निम्न माध्यमिक विद्यालय
धवा–९, गोरखा



‘‘ प्र.अ.ले तयार पारेको परियोजना कार्य १ कक्षा व्यवस्थापन
२ दलित विद्यार्थीलाई कक्षा नछाड्ने वातावरण तयार गर्ने ।’’

पेश गरेको कार्यालय
नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा सञ्चालित गोरखा जि.शि.कामार्फत शैक्षिक जनशक्ति विकास केन्द्र गोरखा
पेश गर्ने थिरनाथ पोखरेल
प्रधानाध्यापक
श्री रामती निम्न माध्यमिक विद्यालय
धवा ९ गोरखा ।
२०७० भाद्र


परिचय :
विद्यालयको मेरुदण्डको रुपमा रहेको विकासको गतिवाहक वि.व्य.स. र शि.अ.संघका साथै प्रधानाध्यापकको भूमिका हुने हुनाले प्र.अ.कुशल, गतिवान, निर्णय क्षमतावान हुन आवश्यक छ । जसले गर्दा योजना तर्जुमाको साथै सहकर्मीमा, अभिभावकहरुसँग समयमै पहिचान गराई लक्ष्य प्राप्तिका लागि ठोस निर्णयमा पु¥याई कार्यान्वयन गराउनु कुशल नेतृत्वको भूमिका ठानिन्छ ।
यस युगलाई विज्ञानको युग मानियता पनि सीमिति स्रोत साधनले सामुदायिक विद्यालयलाई बालमैत्री कक्षाकोठा व्यवस्थापन गर्न र कक्षा छोड्ने दलित विद्यार्थीलाई कक्षामा ल्याई पुनः शिक्षा दिन त्यति सजिलो त छैन नै तैपनि यसलाई कार्यदिशातर्फ उन्मुख गराउँदा आइपर्ने चुनौती तर्फ विचलित नभई कार्य गर्नु गराउनु नेतृत्ववालालाई क्षमतावान मान्दा त्यति अत्युक्ति नहोला ।
यस विद्यालयले २०६९ सालदेखि कक्षा १ बाट अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्दा सामुदायिक विद्यालयमा भाषिक सीप र ज्ञानको केही अभाव हुन जाने स्वाभाविक भएतापनि सुधारको बाटोतर्फ जानुपर्ने बाध्यता बन्न जानाले एवम् समयको गतिमा जानेरहेछ भन्ने कुरा हामीलाई जानकारी भएको छ ।
सामुदायिक विद्यालयले सहज रुपमा अवतरण गर्न सकुन् भनी जि.शि.का गोरखामार्फत् शैक्षिक जनशक्ति विकास केन्द्रले प्र.अ.हरुको क्षमता अभिवृद्धि गर्ने हेतुले १ महिने तालिम मानीदिएको तालिममा म आफू पनि सहभागी भएको कारणले परियोजना कार्य तयार गरेको छु । यसमा कक्षाकोठा व्यवस्थापनमा परेका समस्या र निराकरण गरेको बारे सल्लाह र सुझाव सक्दासम्म तयार गरी बुझाउने छु ।
यस विद्यालयको यथार्थ वस्तुस्थिति यस प्रकारको भएको अवगत गराउँदछु ।
२. उद्देश्य र औचित्य
  •     भवन र कक्षाकोठा अभावका साथै उपयुक्त फर्निचरको अभाव
  •     सम्पूर्ण सरोकारवालाको सामुदायिक विद्यालयप्रपतिको नकारात्मक सोचले अप्ठेरो महसुस ।
  •    वर्तमान पाठ्यक्रमले दिए अनुसार कम्प्युटर र चकको धुलोरहित व्यवस्था मिलाउन कठिनाइ ।
  •    समय सापेक्ष अनुरुप गति बढाउन आर्थिक भार अग्रपंक्तिमा रहेको ।
  •     कक्षाकोठामा अनुशासित भई बालमैत्री ढंगबाट पठनपाठनको व्यवस्था मिलाउनु ।
  •     शिक्षा नीतिले दिएअनुसार आवश्यक ठाउँको व्यवस्था मिलाउनु ।
  •    ज्ञान, सीप दिलाई तिनको आचरणमा सुधार ल्याउने ।
  •     भविष्यका कर्णधारलाई समयसापेक्ष बनाउनु ।

३. कार्य विधि 
  •     सरोकार सबै पक्षसँग आवश्यक वस्तु तयार पार्न सल्लाहका साथै समयमै व्यवस्था मिलाउने ।
  •     परम्परागत शैली त्याग गरी बालमैत्री वातावरण तर्फ तल्लीन ।
  •     बालबालिकालाई आहत हैन राहत हुने परिपाटीको व्यवस्था ।
  •    प्रभावकारिताका साथ समावेशीकरण र लैंगिक विभेदको अन्त्य गरिएको ।
  •     सरोकारवाला अभिभावकको प्रत्यक्ष सहभागिता गरिएको ।
  •    कक्षा व्यवस्थापनमा आईपर्ने सबै कार्य सुव्यवस्था गरिएको ।

४. मुख्य प्राप्ति र नतिजा
  •     बालबालिकामा अनुशासन र सामाजिक भावना बढेको ।
  •     आफ्नो शारीरिक संरक्षणका साथै पठनपाठनमा सक्रिय सहभागिता बढेको ।
  •     विद्यालय दोस्रो घर भएतापनि आफ्नो भविष्य निर्माता हो भन्ने बुझेको ।
  •     विद्यार्थी केन्द्रित कक्षाकोठा व्यवस्थापनले रचनात्मक विचारको सिर्जना भई प्रोत्साहन प्राप्त गरेको ।
  •     शिक्षाको राष्ट्रिय उद्देश्य प्राप्तिका लागि कक्षा व्यवस्थापन कोसेढुङ्गो सावित भएको ।

५. निष्कर्ष
  •  परम्परागत शैलीलाई शिक्षकले त्यागी बालमैत्रीतर्फ उन्मुख हुनुपर्ने ।
  •   पाठ्यवस्तुले बालमैत्रीतर्फ खासै समेट्न नसकेको हो कि जस्तो आभास देखिन्छ ।
  •   बालबालिकाको पहिलो विद्यालय घर भएकोले अभिभावक संवेदनशील भएको खासै देखिंदैन ।
  •  विद्यालयमा भर्ना भएका सबैको टिकाउ मुख्य शहरकेन्द्रित र बसाइँसराइ बाधक भएको स्थिति देखिएको छ ।

६. सुझाव :
  • बालमैत्री शिक्षण् सिकाइका लागि शिक्षकले मात्र सबै समस्या समाधान गर्न असमर्थ छ । सरकारले पनि आवश्यक नीति र लाग्ने आर्थिक भार बेहोर्नु पर्ने देखिन्छ ।
  •  विद्यार्थी स्वयम् स्वतन्त्रता तथा संवेगात्मक रुपमा अगाडि बढ्ने हुँदा हिँसारहित वातावरण वा विद्यालय शान्ति क्षेत्र हुनु आवश्यक देखिन्छ ।
  •  वर्तमान परिप्रेक्ष्यमा यातनाको सोच राख्न हुँदैन ।
  •  यदि त्यस्तो सोच भएमा र गरेमा शिक्षक समयानुकूल ठहर्दैन ।
  •  बालमैत्री विधिका क्रियाकलापहरु समावेश गर्न पाठ्यक्रम परिमार्जनका बखत प्रत्येक विद्यालयबाट सुझाव लिनु सान्दर्भिक होला ।
  • आवश्यक आर्थिक भार जि.शि.का मार्फत सम्बन्धित निकायमा पु¥याएर लागू भए उत्कृष्ट हुनेछ ।
  •  बालबालिकाको साथमा अभिभावकलाई समेत सचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भए बढी सुधार हुनसक्थ्यो र आवश्यक ठानेको छु ।

थिरनाथ पोखरेल
प्रधानाध्यापक
श्री रामती नि.मा.वि.
धावा ९, सल्लाबोटे, गोरखा ।

२. उद्देश्य र औचित्य
  •  वर्तमान अवस्थामा पढाइ छोड्ने विद्यार्थीलाई सम्झाउने ।
  •   विद्यालय प्रशासनले अभिभावक समक्ष पढाइ छुटाउनु हुन्न भन्ने कुरा राख्ने ।
  •    विद्यालयले सक्दो पृष्ठपोषण गर्ने ।
  •    पढाइ र आफ्नो भविष्यबारे पूर्ण जानकारी गराउने ।
  •  समयसापेक्ष पढाइ प्रति फर्कन सक्ने अवस्थामा पु¥याई कक्षामा फर्काउने ।

३. कार्यविधि ः
  •   सर्वप्रथम स्टाफमा पढाइ छोडेको बारे ।
  •    वि.व्य.स.मा प्रस्ताव लगी कक्षामा फर्कन निर्णयका साथ विद्यार्थी र अभिभावक दुवैलाई अर्थपूर्ण ढंगबाट सम्झाउने ।
  •   पढ्दा र नपढ्दाका पक्षको पृष्ठपोषण कुरा बुझाउने ।
  •    पढाइ छोड्ने विद्यार्थीलाई भविष्यमा आइपर्ने अप्ठ्यारोबारे राम्रो जानकारी गराउने ।
  •   मेरो आफ्नै लागि हो भनी बुझाइ पुनः पढ्ने आत्मविश्वास जगाउने ।
  •    पढेको र नपढेको मानिसको समीक्षा गरी त्यसको असर बुझाउने ।

४. मुख्य प्राप्ति र नतिजा
  •   पारिवारिक स्थिति अनपढ भएर भावी सन्तानलाई असर ।
  •   व्याप्त गरिबीको कारण चेतनामा परिर्वन नहुुनु ।
  •  सामान्य खर्चसँग कायरताको सोचले घर गर्नु ।
  •    सही विचारको सिर्जनात्मक पृष्ठपोषणको कमी हुनु ।
  •   शिक्षकले मात्र नभै सरकारले त्यसको समुचित नीति अवलम्बन गराउने ।
  •    पढाइको महत्वको पहिचान हुन नसक्नु ।
  •    शिक्षकहरुमा सेवाभन्दा सुविधाप्रति लक्षित हुनु ।
५. निष्कर्ष ः
  •  पढाइमा भन्दा अन्य काममा छिटै आम्दानी देखिनु ।
  •    मुख्य कुरा आर्थिक विपन्नता हुनु ।
  •   परम्परागत शैलीमा कर्मलाई दोष दिनु ।
  •    आर्थिक पक्ष सरकार कनिका छरी मौन हुनु ।
  •     अस्वाभाविक राजनैतिक जाल फाल्नु ।
  •     स्थानीय निकायको शिक्षाप्रति किटान नीति नहुनु ।
  •    पुरातन, धार्मिक वा आफ्नो संस्कारलाई परिवर्तन गरी समाहित हुन नसक्नु ।
  •   सरोकार स्वयम्ले अपनत्व हो भन्ने बुझ्न नसक्नु ।
  •     समतामूलक ढंगले समर्पित गराउन नसक्नु ।
  •     पढाइको इच्छा शक्ति जागरुक बनाउन नसक्नु ।
  •     माथिका सम्पूर्ण कराको सही प्रयोगात्मक ढंगले कार्य गरेमा पढाइमा फर्कन सक्ने आत्मविश्वासका साथ निष्कर्ष निकालेको छु ।
६. सुझाव ः
  •   बालमैत्री भन्दा गरिबमैत्री नीति आएमा कोही पनि पढाइबाट वञ्चित नहुने यथार्थता हो कि ? भन्ने ठहर ।
  •    बोलीले मात्र वा कागजी बाघले मात्र फकाउन कठिनाइ भएकोले आर्थिकले पनि टेवा दिनसके फर्कने सम्भावना बढी रहेकाले वित्तीय सहयोग व्यवस्था गर्न वाञ्छनीय छ ।
  •    भविष्यको बाटो भन्दा वर्तमान नै टेवामुखी हुन आवश्यक देखिन्छ ।
  •    अन्त्यमा दुःख दिने भनेको अािर्थक भएकोले यसको उचित ढंगबाट नीति र व्यवहार नभएसम्म शतप्रतिशत उद्देश्य हासिल गर्न सकिन्छ ।
  •   सम्बद्ध निकायले त्यस्ता परिवारका सदस्यलाई विशुद्ध ढंगले लागेमा वा शिक्षा मैत्री भावना जगाएमा वर्तमान विज्ञानको युगबाट शिक्षाको उज्यालो ज्योतिले सबैलाई छुन सक्नेछ ।


थिरनाथ पोखरेल
प्रधानाध्यापक
श्री रामती नि.मा.वि.
धावा ९, सल्लाबोटे, गोरखा ।


श्री रामती निम्न माध्यमिक विद्यालय
धावा – ९, गोरखा ।
१. प्रस्तावना
    गोरखा जिल्ला धावा गाउँ विकास समिति वडा नं.९ मा अवस्थित यस श्री रामती निम्न माध्यमिक विद्यालय समुन्द्री सतह भन्दा करिब १२९० मिटरको उचाइमा रहेको छ । यस विद्यालय जिल्ला सदरमुकाम गोरखाबाट उत्तरपूर्वी दिशामा लगभग ४२ कि.मि दूरीमा रहेको छ । यस विद्यालय तथा समग्र धावा गा.वि.स.को चारैतिर रहेको छ साथै पश्चिमतर्फ काशीखोला तथा तान्द्राङ गा.वि.स.सँग जोडिएको छ र दक्षिणतिरको सबै भूभागहरु बोर्लाङ गा.वि.स.सँग जोडिएको छ र सिमालाई तान्द्राङ खोलाले छुट्याएको छ । समशितोष्ण हावापानी पाइने यस विद्यालयबाट हिमाल तथा पहाडी भेगको मनोरम दृश्य देख्न सकिन्छ ।
यसै सन्दर्भमा मनासलु हिमालय रेन्ज अन्तर्गत मनासलु (८१६३ मिटर) तथा मनासलु नर्थ (७१५७ मिटर), गणेश हिमालयन रेन्ज अन्तर्गत गणेश हिमाल – १ (७४२९ मिटर), गणेश हिमाल – २(७१११ मिटर), गणेश हिमाल – ३ (७११० मिटर), गणेश हिमाल – ४ (७०५२ मिटर), गणेश हिमाल – ५ (६९८६ मिटर) तथा गणेश हिमाल – ६ (६४८० मिटर) साथै अन्नपूर्ण हिमश्रृङ्खला अन्तर्गत गंगापूर्ण (७४५५ मिटर) लगायत लाङटाङ हिमालयन रेन्ज अन्तर्गतका विभिन्न हिमालहरु प्रत्यक्ष रुपमा देख्न सकिन्छ । यस विद्यालयको प्राङ्गणबाट गोरखा, धादिङ लगायत नुवाकोट जिल्लाको रमणीय भूभागहरु देख्न सकिन्छ ।

यस विद्यालयले धावा गा.वि.स.अन्तर्गत वडा नं.६,७, ८ र ९ का गरिब तथा किसानहरुका बालबालिकाहरलाई सीमित स्रोत र साधनको प्रयोग गरी निम्न माध्यमिक तह सम्मको आधारभूत शिक्षा प्रदान गर्दै आईरहेको छ । दलित (दमाइ, कामी, सार्की), ब्राह्मण र क्षेत्री लगायत विभिन्न जातजातिहरुको बसोबास रहेको यस क्षेत्रमा प्रायः जसो सबै (करिव ९८प्रतिशत) स्थानीय अभिभावक तथा जनताको मुख्य पेशा कृषि रहेको छ । स्थानीय जनताले जीवन निर्वाहको निम्ति सामान्य प्रजातिका धान, मकै, कोदो र गहुँ लगायतका अन्नबालीहरु तथा आलु, तोरी लगायत अन्य नगदे तथा तरकारी बालीहरु लगाउने गरेको पाइन्छ । पुरातन शैलीको खेती प्रणालीलाई सरोकारवाला निकायहरुको आवश्यक सहयोग तथा समन्वयमा आधुनिक प्रविधि तथा कृषि प्रणाली अपनाउन सके अन्न बाली, नगदे बाली, फलफुल खेती तथा तरकारी खेतीमार्फत् पनि स्थानीय जनताहरुको जीवन स्तर आर्थिक हिसाबले समृद्ध बन्न सक्ने देखिन्छ ।
वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपश्चात् राज्यले समग्ररुपमा उदार नीति अवलम्बन गरेको पाइन्छ । यसै सन्दर्भमा देशको कुनाकाप्चासम्म सूचना तथा संचारको विस्तार सँगै आम जनतामा शिक्षाको लहर फैलिंदै गएको अवस्थामा यस धावा गा.वि.स.का बासिन्दा, स्थानीय राजनीतिकर्मी, समाजसेवी लगायत विभिन्न क्षेत्र र पेशासँग सम्बन्धित स्थानीय बासिन्दाहरुमा पनि यस धावा गा.वि.स.का वडा नं. ६,७,८ र ९ का साना साना बालबालिकाहरुलाई शिक्षा दिने र लिने एउटा साझा स्थानको अभाव भएको देखिन्छ ।

Comments

Popular posts from this blog

A primary teacher's action research work

An Action Research "Teacher-Students Interaction in the Nepali Medium English Classroom"

A sample of question paper for Class 12 Nepali HSEB Nepal