A sample of question papaer for primary school teacher selection

शिक्षक छनौट समिति
पदः शिक्षक, तहः प्रा.वि, श्रेणीः तृतीय
रोल नं. ............

खण्ड ‘क’
वस्तुगत प्रश्नहरु                                 २०×१=२०
समयः २० मिनेट
तलका प्रश्नहरुमा सबैभन्दा उपयुक्त उत्तरमा गोलो घेरा (    ) लगाउनुहोस् ।
१. विद्यालयको सामाजिक परीक्षण कसको अध्यक्षतामा हुने व्यवस्था छ ?
क. वि.व्य.स अध्यक्ष        ख. शिक्षक अभिभावक संघको अध्यक्ष   
ग. प्रधानाध्यापक             घ. प्र.अ.ले तोकेको व्यक्ति
२. बर्षको अन्त्यमा लिइने परीक्षाबाट मात्र कक्षोन्नति गर्दा ............
क. सबै विद्यार्थी अनुत्तीर्ण हुने डर रहन्छ     ख. सबै विद्यार्थी उत्तीर्ण हुन्छन् र अर्काे कक्षामा स्थान पाइँदैन
ग. विद्यार्थीको बर्षभरिको परिश्रमको मूल्याङ्कन हुँदैन     घ) विद्यार्थी डराएर परीक्षा बिगार्ने सम्भावना रहन्छ
३. प्राथमिक तहमा सबैभन्दा बढी प्रभावकारी शिक्षण विधि तलका मध्ये कुन हो ?
क. खेल विधि            ख. व्याख्यान विधि    
ग. साना परियोजना विधि        घ. स्वअध्ययन विधि
४. बालअधिकार सम्बन्धी महासन्धि कहिले जारी भएको हो ?
क. सन् १९८० नोभेम्वर २०    ख. सन् १९७९ नोभेम्वर २०    
ग. सन् १९९० नोभेम्वर २०     घ. सन् १९८९ नोभेम्वर २०
४. प्रा.वि. तहमा तलका मध्ये कुन विषयमा स्थानीय अंश भनी पाठ्यक्रममा नै पूर्णाङ्कको व्यवस्था गरिएको छ ?
क. सामाजिक अध्ययन            ख. गाणित
ग. नेपाली                 घ. अंग्रेजी
६. जिल्ला शिक्षा समितिको सदस्य सचिव तलका मध्ये को हुन्छन् ?
क. स्थानीय विकास अधिकारी         ख. जिल्ला शिक्षा अधिकारी
ग. प्रमुख जिल्ला अधिकारी            घ. जिल्ला शिक्षा अधिकारीले तोकेको व्यक्ति
७. अध्यापन अनुमति पत्रको लिखित परीक्षामा पूर्णाङ्क र उत्तीर्णाङ्क कति कायम गरिएको छ ?
क. १०० र ३५                 ख. १०० र ३२
ग. १०० र ४०                घ. १०० र ४५
८. गाउँ शिक्षा समितिमा कति जना सदस्य रहन्छन् ?
क. ५ जना                 ख. ३ जना
ग. ७ जना                घ. ९ जना
९. बेन्जामिन एस. ब्लुमका अनुसार उद्देश्यको संज्ञान क्षेत्रको तेस्रो तह कुन हो ?
क. प्रयोग                ख. ज्ञान
ग. विश्लेषण                 घ. मूल्याङ्कन
१०. कक्षा कोठा व्यवस्थापनको दृष्टिले तलका मध्ये कुन पक्षमा ध्यान पु¥याउनु आवश्यक रहन्छ ?
क. कक्षा कोठामा हावा, प्रकाश र बसाइको व्यवस्था
ख. क्रियाकलाप सञ्चालन गर्न विद्यार्थीको समूह निर्माण गर्न आवश्यक स्थान
ग. शैक्षिक सामग्री प्रयोग र राख्ने ठाउँको व्यवस्था
घ. माथिका सबै
११. सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) को मूल दस्तावेजले कुन तहको शिक्षाको गुणस्तर वृद्धिको लागि जोड दिएको छ ?
क. प्राथमिक तह                ख. आधारभूत तह
ग. माध्यमिक तह                घ. उच्च शिक्षा तह
१२. पूर्व प्राथमिक विद्यालय खोल्न अनुमति वा स्वीकृति कस्ले दिने व्यवस्था ऐनमा गरिएको छ ?    
क. गा.वि.स÷नगरपालिका            ख. जिल्ला शिक्षा अधिकारी
ग. जिल्ला विकास समिति            घ. क्षेत्रीय शिक्षा निर्देशनालय
१३. विशिष्टिकरण तालिकले शिक्षकलाई कुन कु्रामा सहयोग गर्दछ ?
क. शैक्षिक प्रविधिको ढाँचा तयार गर्ने    ख. सिकाइका कठिनाइ निदान गर्न
ग. विद्यार्थीको स्पष्ट चित्राङ्कन गर्न        घ. परीक्षाको विषयगत वैधता निर्माण गर्न
१४. इष्र्या, भय, माया जस्ता पक्षहरु बालकको कुन पक्षको विकाससँग सम्बन्धित छन् ?
क. सामाजिक विकास            ख. संवेगात्मक विकास
ग. बौद्धिक विकास            घ. माथिका सबै
१५. निरन्तर विद्यार्थी मूल्याङ्कनको आधारमा कुनै एक विषयमा कुनै विद्यार्थीले ५ वटा पाठ पढाउँदा जम्मा १० वटा रेजा प्राप्त ग¥यो भने उक्त विद्यार्थी कुन श्रेणीमा पर्दछ ?
क. क श्रेणी                ख. ख श्रेणी
ग. ग श्रेणी                 घ. घ श्रेणी
१६. वर्तमान प्रा.वि. पाठ्यक्रम अुनसार स्थानीय भाषा÷विषयको साप्ताहिक पाठ्यभार कति छ ?
क. ४ पिरियड                ख. ५ पिरियड
ग. ८ पिरियड                घ. ६ पिरियड
१७. तलका मध्ये कुन उत्तरबाल्यावस्थाका विशेषता होइन ?
क. खेल उमेर                ख. झगडालु उमेर
ग. फोहोरी उमेर                घ. पूर्व समूहको उमेर
१८. बालबालिकामा वैयक्तिक भिन्नता ल्याइने आन्तरिक तत्व कुन हो ?
क. सिकाइमा भिन्नता            ख. वंशाणुगत भिन्नता
ग. बालकको स्वास्थ्य            घ. आमाबाबुको भिन्नता
१९. ‘एक असल शिक्षकले विद्यार्थीको प्रकृति थाहा पाउनै पर्छ ।’ यो भनाइ कस्को हो ?
क. वाट्सन                ख. स्किनर
ग. प्लेटो                    घ. थर्नडाइक
२०. असहाय, अनाथ, सुस्तमनस्थिति, द्वन्द्वपिडित, विस्थापित एवं जोखिममा परेका सडक बालबालिकालाई राज्यको तर्फबाट कस्तो व्यवस्था गरिएको छ ?
क. सबै बालबालिका सरह समान हक
ख. आफ्नो नाम तथा पहिचान पाउने हक
ग. सुनिश्चित भविष्यको लागि विशेष सुविधा पाउने हक
घ. माथिका सबै

==================================================================


खण्ड ‘ख’
विषयगत प्रश्नहरु                    
समय ः २ घण्टा ४० मिनेट
तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् ः                        ८×५=४०
१. भाषिक सीपहरु के के हुन् ? प्राथमिक तहमा कुनै २ वटा भाषिक सीप शिक्षण गर्दा प्रयोग गर्न सकिने क्रियाकलापहरु लेख्नुहोस् ।
२. ध्चष्तभ बल बउउष्अिबतष्यल तय तजभ जभबमmबकतभच ायच तजभ उयकत या उचष्mबचथ भिखभ ितभबअजभच।
३. प्रबल गुण र लुप्त गुणलाई कसरी प्रष्ट पार्नुहुन्छ ? शुद्ध कालो कुुकुर र शुद्ध सेतो कुकुरबीच समागम भई जन्मिने कुकु्र ९एगउउथ० मा आधारित रहेर प्रष्ट पार्नुहोस् ।
४. एकदलीय र दुईदलीय बीउ शिक्षण गर्न एउटा पाठयोजना बनाउनुहोस् ।
५. २ पैसा प्रति रुपैयाँ प्रति महिना व्याजको दरले कति समय पछि रु ३२०० बढेर रु ४००० पुग्ला ?
६. प्रा.वि. तहमा त्रिभुज शिक्षण गर्ने उपयुक्त तरिका र सामग्री उल्लेख गरी तलको चित्रबाट ह र थ को मान पत्ता लगाउनुहोस् ।

७. सन्तुलित भोजन भनेको के हो ? नेपालको ग्रामीण क्षेत्रमा बसोबास गर्ने तथा गरिब बस्तीका केटाकेटीको भोजनमा सुधार ल्याउन स्थानीय क्षेत्रमा प्राप्त वस्तुबाट भोजनलाई सन्तुलित बनाउने तरिका उल्लेख गर्नुहोस् ।
८ नेपालको प्राकृतिक विभाजनको छोटो वर्णन गरी उक्त पाठ पढाउन प्रयोग गर्न सकिने उपयुक्त सामग्री र विधि प्रस्ट पार्नुहोस् ।
समस्यामूलक र घटना अध्ययन सम्बन्धी प्रश्नहरु            
तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् ः                   २×१०=२०
९. प्राथमिक तहमा अंग्रेजी विषय अनिवार्य छ । स्थानीय भाषा÷मातृभाषा अन्तर्गत विद्यालयले राख्न पाउने विषयमा पनि अधिकांश विद्यालयले अंग्रेजी विषय राखेका छन् । कतिपय विद्यालयले त अंग्रेजी माध्यमबाट समेत प्राथमिक तहमा शिक्षण गरेका छन् । तापनि अंग्रेजी विषयमा विद्यार्थीहरुमा सन्तोषजनक सुधार आएको देखिंदैन । त्यसको लागि निम्न पक्षको भूमिका कस्तो हुन जरुरी छ ?
i. विषय शिक्षकको रुपमा शिक्षकको भूमिका                    ४
ii. विद्यालय प्रशासन र विद्यालय व्यवस्थापनको भूमिका                ३
iii. स्रोत केन्द्र र तालिम केन्द्रको भूमिका                    ३
१०. कुनै एउटा विद्यालयको सेवा क्षेत्रभित्र विद्यालय जाने उमेरका केटाकेटी विद्यालय नगई बसेका छन् । तपाइँ उक्त विद्यालयमा शिक्षण गर्ने महिला शिक्षकको हैसियतले ती विद्यार्थीलाई विद्यालय ल्याउन र अध्ययनलाई निरन्तरता दिन विद्यालयभित्र र समुदायमा गर्ने महत्वपूर्ण क्रियाकलापहरु उल्लेख गर्नुहोस् ।                                ५+५=१०
आधुनिक शिक्षण प्रविधि र खोज सम्बन्धी प्रश्नहरु
तलका प्रश्नहरुको लामो उ्रत्तर दिनुहोस् ः                    २×१०=२०
११. शिक्षामा आधुनिक चिन्तन भनेको के हो ? युनेस्कोका अनुसार आधुनिक चिन्तनका रुपमा शिक्षाका चार स्तम्भहरु के के हुन् ? प्रत्येकको छोटो वर्णन गर्नुंहोस् ।         २+८=१०
१२. बालमैत्री शिक्षण भनेको के हो ? विद्यालयको वातावरणलाई बालमैत्री बनाई विद्यालयप्रति बालबालिकाको आकर्षण वृद्धि गर्न र विद्यालय छाड्ने दर घटाउन शिक्षक, विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले कस्ता कस्ता कार्यहरु गर्नुपर्ला ?
                                ४+३+३=१०

Comments

Popular posts from this blog

A primary teacher's action research work

An Action Research "Teacher-Students Interaction in the Nepali Medium English Classroom"

A sample of question paper for Class 12 Nepali HSEB Nepal