A sample of question paper for Class 12 Nepali HSEB Nepal

                           आन्तरिक परीक्षा २०६९
कक्षाः १२                            पूर्णाङ्कः ७५
विषयः नेपाली        समयः २घ.३० मि.            उत्तीर्णाङ्कः २६
प्र.नं. १ कुनै एक प्रश्नको उत्तर दिनुहोस्ः                         ५
    (क)     ख्    च्    ङ्    ह्    व्
    (ख) तल दिइएका शब्दको अक्षर संरचना र सङ्ख्या समेत देखाउनुहोस् ।
        झलझली, घोष, आज, अभिव्यक्ति, औचित्यपूर्ण
प्र.नं. २ शुद्ध गरी पुनर्लेखन गर्नुहोस्ः                         ५
समुद्र पारि पुग्न सक्यो भने उनीहरुको जोर चल्दैन आमा भन्नु हुन्थ्यो म मधुकरको घोडा लाई छिटो धकेल्न थाल्थे ?
प्र.नं. ३ तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदको शब्दवर्ग पहिचान गरी लेख्नुहोस्ः    २
    मानिस प्रकृतिकै उपज भएपनि सभ्यताको उषाकालदेखि नै बाँच्नका निम्ति प्रकृतिसँग निरन्तर संघर्ष गर्दै आएको छ ।
प्र.नं. ४ तलको अनुच्छेदबाट दुई दुईवटा तत्सम र आगन्तुक शब्द खोजी लेख्नुहोस्ः    २
    सडकको माझमा असहाय मेरो निरपानी रङ्गको सुन्दर, शान्त र शालीन आलु घोडालाई आफ्नो भयानक पाङ्ग्राले किच्दै मोटर अघि बढ्यो, अनि मेरो कानमा आवाज आयो ।
प्र.नं. ५ कुनै दुई प्रश्नको उत्तर दिनुहोस्ः २×३=६
क) तलको अनुच्छेदबाट छ ओटा उपसर्ग व्युत्पन्न शब्द र छ ओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी लेख्नुहोस्ः                              २×३=६
    जैविक विविधता मानवीय शान्तिमा मात्र होइन, उसका सामाजिक गतिविधिमा पनि प्रशस्त प्रभाव पारेको छ । अपराध र घृणित दुष्कर्मप्रति प्रतिबद्ध कतिपय बेइमान सञ्चालकहरुले स्वदेशी सिपालु हातलाई भन्दा विदेशमा निर्मित वस्तुलाई बढी प्रयोग गर्न थालेका छन् ।
(ख) तलको अनुच्छदेबाट तीन समस्त शब्द र तीन द्वित्व शब्द खोजी समस्त शब्दलाई विग्रह गर्नुहोस् र द्वित्व शब्दमा दोहोरिएको अंश छुट्याउनुहोस्ः
    चारकोसे झाडीमा लाम्पुच्छ«े मात्र होइन चौपाया पनि प्रशस्त छन् । हिजोआज हृष्टपुष्ट कामचोर पनि भेटिन्छन् । तसर्थ छिटोछिटो भातसात कपाकप खाएर अरुसँग झैझगडा नगरी मरमसला बोकेर आफ्नै काममा लाग्नुपर्छ ।
(ग) तलको अनुच्छेदबाट छ वटा सन्धियुक्त व्युत्पन्न शब्द पहिचान गरी तिनको सन्धि विच्छेद गर्नुहोस्ः
    घरेलु अत्यावश्यक सरसामान किन्न मानिसहरु बजार जान्छन् । बजारको भिडभाडमा कहिलेकाँही वयोवृद्ध तथा केटाकेटीहरुलाई अप्ठेरो पनि हुन्छ । यस्तै हुलमुलमा चोरीको बिगबिगी हुन्छ भने रक्स्याहाहरुले पनि बाटाघाटामा दुःख दिन्छन् । सडकपेटीका व्यापारीले सोझासाझा गाउँलेहरुलाई सक्कली माल भनी नक्कली माल बेचेर ठग्छन् ।
प्र.नं. ६ कुनै एक प्रश्नको उत्तर दिनुहोस्ः                                 ४
(क) तलको वाक्यलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस्ः
    मेरी काकीको छोरी पोखरा बस्छे । ऊ कलेजमा पढ्छन् । ऊ मेहनेती हुनुहुन्छ । उसकी बहिनी पनि त्यही सँगै बसेर पढ्छ । उनीहरु राम्रो श्रेणीमा उत्तीर्ण हुन्छ ।
(ख) तलको अनुच्छेदको प्रथम पुरुष कर्तालाई तृतीय पुरुषकर्तामा बदली अन्य आवश्यक परिवर्तन पनि गर्नुहोस्ः
    म नेपाली हुँ । सगरमाथा मेरो गौरव हो । म त्यसको शिखरमा पुग्न सकेको छैन । कहिले त्यहाँ पुगूँ भन्ने मलाई लागिरहेको छ । अहिलेसम्म अवसर पाउन भने मैले सकेको छैन ।
प्र.नं. ७ कुनै एक प्रश्नको उत्तर दिनुहोस्ः                        ६
(क) वाक्य ढाँचासहित एक वचनलाई बहुवचनमा परिवर्तन गर्नुहोस्ः
    म कक्षा १२ मा पढ्ने विद्यार्थी हुँ । कलेजमा मेरा एक जना मन मिल्दो साथी छ । साथी मलाई माया मात्र होइन सहयोग पनि गर्छ । म दिनहूँ बाटामा उसलाई भेट्छु । ऊ पनि सधैं मलाई भेट्ने प्रयास गर्छन् ।
(ख) ‘ले’, ‘लाई’, ‘द्वारा’, ‘बाट’, ‘देखि’ र ‘मा’ विभक्ति लागेका भिन्न भिन्न कारकको प्रयोग भएका छ वटा वाक्यमा आफूले देखेको कुनै सडक दुर्घटनाको बारेमा वर्णन गर्नुहोस् ।
प्र.नं. ८ तलका अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर देऊः                   १०
    चिकित्सा क्षेत्र समाज र मानवसेवा गर्नुपर्ने अति संवेदनशील क्षेत्र हो र यसमा अलिकति पनि तलमाथि वा हेलचेक्रयाइँ भयो भने जनमानसमा त्यसको नकारात्मक प्रभाव पर्छ । बडो दःखकै कुरा हो, हाम डाक्टरहरु सुगम ठाउँ छोडेर जिल्ला, गाउँ, दुर्गम ठाउँमा नजाने वा गएपनि फर्किहाल्ने प्रवृत्तिका खबरहरु हामीकहाँ आइरहन्छ । डाक्टर अभावको यो रोग निको हुनुको साटो झन् झन् बल्झिँदै जानु विडम्बना नै हो । आवश्यक र दक्ष जनशक्तिका रुपमा राज्यले चिकित्सक उत्पादनमा ठूलोे लगानी गर्र्दै नआएको पनि होइन । मानवीय सेवाको संवेदनशील व्यवसायमा लागिसकेपछि एवं रोगी, दीनदुःखी असहायको सेवा सुसारमा लागि रहनुपर्ने जिम्मेवारी दर्तामा पर्ने वर्गबाटै यस किसिमको लापरवाही वा हेलचेक्रयाइँ देखाइन्छ भने अरु वर्गबाट समाज र जनताले के अपेक्षा गर्ने ? एक त मुलुकमा पर्याप्त चिकित्सा सेवा सुविधा र चिकित्सकहरुको कमी छ त्यसमाथि भएकै दरबन्दी अन्तर्गत पनि उनीहरु हाजिर हुँदैनन्, रोगीले खोज्दा भेटिंदैनन् र स्वास्थ्य सहायकले डाक्टरको भूमिका निर्वाह गर्नुपर्छ भने सम्बद्ध पक्षले कडाइका साथ कारवाहीको प्रक्रिया थाल्नै पर्छ भने जन भावनालाई गौण ठह¥याउनुृ हुन्न ।
प्रश्नहरुः
(क) डाक्टरहरु दुर्गम स्थानमा नजानुका कारण के हुन् ?
(ख) के कस्ता कारणले हाम्रो मुलुकमा रोग फैलिरहेको छ ?
(ग) कस्तो व्यक्तिले स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता छ ?
(घ) यस अनुच्छेदको शीर्षक कुन उपयुक्त होला ?
(ङ) तात्पर्य स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस्ः    चिकित्सा, मानवसेवा
प्र.नं. ९ तलको अनुच्छेद पढी मुख्य मुख्य पाँच बुँदा टिपोट गर्नुहोस्ः            ५
    कवि स्रष्टा हो, ऊ सृष्टि गर्छ । सय पङ्क्तिमा लेख्दा लेख्दा पनि जुन कुरा भन्न सकिँदैन कविले त्यसलाई एकै पंक्तिमा अझ राम्ररी भन्न सक्छ । प्रभातका एकै किरणमा सारा रङ र रुपको कस्तो रमाइलो ढोका उघ्रन्छ । एकै धर्के प्रिया मुस्कानमा सम्पूर्ण प्रीति प्रकट हुन्छ । आमाको एउटै काखमा आशीर्वादका अनन्त फूलहरु फक्रिन्छन् । स्रष्टाको कलाको तेस्रो आँखाले अर्काे रुप र अर्काे अभिप्राय देख्दछ । एकजना अन्तरिक्ष यात्रीले भनेका थिए, यहाँबाट मैले सृष्टि सौन्दर्यको जो विचित्र रङ्ग र आभा देखेको छु, त्यसको वर्णन म गर्न सक्दिनँ । यसका निम्ति त कवि नै चाहिन्छ । सृष्टिमा जति छ त्यति नै यति विचित्र छ कि त्यसको भाषा पाइँदैन, परन्तु कविका विचित्र वाणीमा त्यसको महिमा मुखरित हुन्छ । जहाँ अझ एक शब्द पनि  बोल्न सक्दैनन्, कवि त्यहाँ  सहस्र सुन्दर, सहसा सरल शब्द बोल्न सक्दछ ।
प्र.नं. १० तल दिइएका मध्ये कुनै एक शीर्षकमा निबन्ध लेख्नुहोस्ः              १०
    (क) समावेशीकरण
    (ख) देश विकासमा महिलाको सहभागिता
    (ग) मेरो रमाइलो यात्रा
प्र.नं. ११ एक चिहान उपन्यासको तल दिइएको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्ः                                     ५+५=१०
    किसानको सन्तानले आराम गर्नु पाप हो । शरीरमा एक थोपा मात्र रगत बाँकी रहे पनि पसिनाको रुपमा निकालेर खेतलाई चढाउनुपर्छ किनभने किसानको परिश्रम र पसिना नै जगत्को जीवन हो र जिन्दगीको ज्योति हो ।
    मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्व र मावन इच्छाको कुरा तर म स्वतन्त्रताको नाउँमा जसले जोसँग जस्तो पनि प्रेम गरेर हिँडेको हेर्न चाहन्नँ । प्रेमको पनि महत्व हुन्छ उसको निम्ति पनि फुक्का र बन्धनको लेखाजोखा, मापदण्ड हुन्छ, सीमारेखा हुन्छ, विधान हुन्छ, सुपात्र र कुपात्र हुन्छ । यी सब कुरालाई, बाटोलाई नाघेर मानिस हिँड्न सक्दैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरु हुनु बेसै छ । यो सौभाग्यको कुरा हो र अभिभावकहरुले यस कुराको ख्याल विचार राम्ररी पु¥याउनुपर्छ ।
प्रश्नहरुः
(क) कृषि पेशाप्रति अष्ट नारानको दृष्टिकोण कत्तिको उचित छ ? तर्क सहित लेख्नुहोस् ।
(ख) दोस्रो अनुच्छेदमा व्यक्त गरिएको भनाइ अनुसार स्वतन्त्रता भनेको के हो ? आफ्नो विचार स्पष्ट पार्नुहोस् ।
प्र.नं.१२ कुनै दुई प्रश्नको उत्तर दिनुहोस्ः                    २×५=१०
(क) तलको कवितांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस्ः
‘‘दसैं र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले
हृदय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले
बैंसको तालमा नाचौंला कहाँ मादलै नरहे
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।’’
प्रश्नहरुः
    (अ) गीतांशमा कुन कुन साँस्कृतिक सन्दर्भको उल्लेख भएका छन् ?
    (आ) नेपालीहरुलाई जितको झ्यालीले के गरेको छ ?
    (इ) बैंसको तालमा नाच्न के चाहिन्छ ?
    (ई) नेपालीको अस्तित्व केसँग जोडिएको छ ?
    (उ) यस अंशमा भनिएको मुख्य भाव के हो ?
(ख) तलको कथांह पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुृहोस्ः           
‘‘के रुपियाँको लोभ देखाउँछौ साहु, गरिब छु, निमेकमजुरीले छाक टार्नु पर्छ तापनि पैसाको निम्ति आत्मा बेच्ने त्यतिसारो निच भएको छैन । छिमेकीलाई जिउँदाको जन्ती मर्दाको मलामी भन्छन् । यस्ता बेलामा चटक्क छाडेर भारी खेप्न हिँडे मर्दैन ? तिमी त ठमठम्ती छौ र रुपियाँको धाक देखाउँछौ । धनजितेका झैं चार दिन अन्न न पानी भएर लड्नु परे थाहा पाउने थियौ ।’’
प्रश्नहरुः
(अ) यो भनाइ कसको हो ?
(आ) यस उद्धरणको सन्दर्भ के हो ?
(इ) ‘पैसाका निम्ति आत्मा बेच्ने त्यतिसारो निच भएको छैन’ भन्नुको तात्पर्य के हो ?
(ई) ‘अन्न न पानी भएर लड्नु परे थाहा पाउने थियौ’ भनेर के कुरा थाहा दिन खोजिएको छ ?
(उ) यस अनुच्छेदमा छिमेकीमा हुनुपर्ने के कस्ता गुण देखाइएका छन् ?
(ग) तलको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्ः
    स्वास्नी मान्छेलाई लोग्ने मान्छे र लोग्ने मान्छेलाई स्वास्नी मान्छे साथी बनाउन अप्ठ्यारो पार्ने एउटा ठूलो कारण सिद्धान्तलाई पूजा गर्ने हाम्रो बानी पनि हो अर्थात् हामी सिद्धान्तलाई व्यवहारिक रुप दिने प्रयत्न गर्नुको सट्टा त्यसको खालि गुन गाएर हिँड्छौं । हामी त्यसको महात्म्य गाउँछौं तर स्वयम् अन्याय गर्नबाट पछि सर्दैनौं । हामी विश्वबन्धुत्व र देशभक्तिको बयान गर्छाैं तर खुद मानवताको विपरीत र देश भाँड्ने काम गरी हिँड्छौं । हामी साम्प्रदायिकताको निन्दा गर्छाैं, आर्थिक समानता र स्त्री पुरुषको समानताको ओड लिन्छौं तर आफैं साम्प्रदायिक भावना अनुसार चल्छौं । आफैं स्त्री पुरुषको समानता र आर्थिक समानताको उल्टो हिँड्छौं ।
प्रश्नहरुः
(अ) यस निबन्धांशका लेखक को हुन् ? निबन्धको शीर्षक के हो ?
(आ) यहाँ समाजको कुन पक्षप्रति व्यङ्ग्य गरिएको छ ?
(इ) नारी पुरुष साथी बन्न नसक्नुको मुख्य कारण के हो ?
(ई) हामी कुन कुन पक्षमा उल्टो यात्रा गर्दै छौं ?
(उ) हामीमा रहेका दुर्गुणहरु के के हुन् ?

Comments

Popular posts from this blog

A primary teacher's action research work

An Action Research "Teacher-Students Interaction in the Nepali Medium English Classroom"