Training material for police

नवप्रवेशी प्रहरी अधिकृतहरुलाई व्यवसायिक ज्ञान पूरा गर्न आधारभूत तालिमको महत्व तथा आवश्यक समय अनुकूल परिमार्जनहरु
परिचय  :
  अंग्रेजीको Police (पुलिस) शब्दबाट प्रहरी शबदको निर्माण भएको हो । देशमा शान्ति सुव्यवस्था खलल पर्न नदिन अहोरात्र जागा रहने व्यक्तिलाई नेपालीमा प्रहरी भनिन्छ । अंग्रेजीको POLICE शब्दलाई अझै विस्तृत रुपमा विभाजन गरी अध्ययन गर्ने हो भने निम्न ५ वटा अलग अलगै शब्दहरुको संयोगबाट POLICE शब्दको निर्माण भएको हो ।


P - Police (नम्रता)
O - Obedience (आज्ञाकारी)
L - Loyal (देशभक्ति, नम्रता)
I - Inetlligence (बुद्धिमान)
C - Co-ordination  (सहयोगी)
E - Education (शिक्षित)

    उपरोक्त शब्दार्थले प्रहरी (Police) कर्मचारीमा हुनुपर्ने आधारभूत विशेषतालाई चित्रण गरेको पाइन्छ । त्यसैले आफूसँग उपरोक्त गुणहरु भएको कुरा व्यवहारमा प्रस्तुत गरेर देखाउन सक्ने व्यक्ति नै योग्य प्रहरी कर्मचारी ठहरिन्छ ।
    नेपालको सन्दर्भलाई हेर्ने हो भने दक्ष प्रहरी बनाउनको लागि प्रहरी कर्मचारीहरुलाई तालिम दिलाउने उद्धेश्यले सर्वप्रथम वि.सं. २००१ साल ललितपुरको श्रीमहलमा पुलिस तालिम केन्द्रको स्थापना भएको हो । उक्त तालिम केन्द्रलाई वि.सं. २०१३ सालमा हालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान रहेको स्थान महाराजगञ्ज काठमाण्डौंमा स्थानान्तरण भएको इतिहासबाट प्राप्त विवरण अनुसार थाहा पाउन सकिन्छ । एकै ठाउँमा भएको तालिम केन्द्र मात्र सबै प्रहरी कर्मचारीहरुलाई दक्ष बनाउन तथा तालिम प्रदान गर्न नसक्ने भएको हुँदा विभिन्न स्थानहरुमा पुन अन्य तालिम केन्द्रको स्थापना भएको पाइन्छ । पूर्वमा धरान तथा पश्चिममा नेपालगञ्जमा वि.सं. २०२३ सालमा तालिम केन्द्रहरु खुलेको पाइन्छ भने पुन वि.सं. २०३० सालमा बुटवल र काठमाण्डौंमा नै क्षेत्रीय प्रहरी तालिम केन्द्र खुलाई बढी भन्दा बढी प्रहरी कर्मचारीहरुलाई व्यवसायिक ज्ञान बढाउनको लागि आवश्यक पहलकदमी चालिएको पाइन्छ । समयको परिवर्तन र आवश्यकताको पहिचान गरी केन्द्रमा रहेको सदर पुलिस तालिम केन्द्रलाई वि.सं. २०४९ सालदेखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको रुपमा स्तर वृद्धि गरी प्रहरी अधिकृतहरुलाई प्रशिक्षण गराई व्यवसायिक ज्ञान बढाउने तर्फ अगि बढेको पाइन्छ । प्रहरी ऐन २०१२ साल असोज ३० गते तत्कालीन श्री ५ बाट लालमोहर लागी व्यवहारमा लागू गर्ने भएपश्चात् प्रहरी संगठनलाई दिएको काम, कर्तव्य र अधिकारलाई पूर्ण रुपमा पालना गर्नको लागि तालिमको महत्वलाई बुझी तालिमलाई महत्वको साथ लिन थालेको पाइन्छ ।
    आधारभूत तालिम यस्तो माध्यम हो जसले संगठनका नवप्रवेशी सदस्यहरु लागी संगठनका आचरण तथा संगठनप्रति भावनात्मक विचारको विकास गराई मूलत ः अनुशासित, आज्ञाकारिता, शारीरिक क्षमता, सही निर्णय लिनसक्ने व्यक्तित्वको विकास, धैर्यता, सहनशक्ति, सहयोगी भावना, मूल्याङ्कन क्षमता, निर्णय क्षमता, कार्य सम्पादन क्षमता, नेतृत्व व्यवसायिक दक्षता, जवाफदेही, निस्वार्थ, संयमित, नैतिकवान, इमानदार जस्ता महत्वपूर्ण गुणले पूर्ण बनाउँदछ । यसकारण प्रहरी संगठनमा नवआगन्तुक प्रहरी अधिकृतहरुको आधारभूत तालिमको अति महत्व रहेको इतिहासकारहरुको अधिकृतहरुको अध्ययनबाट हामीले थाहा पाउन सकिन्छ । प्रहरी संगठनमा कार्यरत रहनको लागि आधारभूत तालिम एक अभिन्न अंगको रुपमा पनि लिन सकिन्छ । तसर्थ नवआगन्तुक प्रहरी अधिकृतहरु विभिन्न स्ीथानबाट विभिन्न किसिमको संस्कृति र परम्पराबाट आएको हुँदा उनीहरुमा भिन्न भिन्न विचार तथा सोचहरु रहने हुँदा एकरुपता ल्याई व्यवहारमा सहजता ल्याउन आधाभूत तालिमको आवश्यकता देखिन्छ ।
    प्रहरी संगठनमा नयाँ भर्ना भएका नवआगन्तुक प्रहरी अधिकृतहरुलाई प्रहरी अधिकृतले गर्ने काम, कर्तव्यको बारेमा प्रभावकारी ढङ्गले प्रशिक्षण प्रदान गरी शारीरिक एवम् मानसिक रुपमा दक्ष बनाई कार्यक्षेत्रमा उतार्ने उद्धेश्यले आधारभूत तालिमको व्यवस्था गरिन्छ । प्रहरी अधिकृतहरुलाई प्रदान गरिने तालिमको पाठ्यक्रम प्रहरी सेवासँग सम्बन्धित रहन्छ जसले गर्दा नेपाल सरकारले प्रहरीलाई दिइएको काम, कर्तव्यको पूर्णरुपमा पालना गर्न सक्ने र समयको परिवर्तन अनुसार काम कारवाही पनि तदारुकताका साथ गर्न सकियोस् भनी निम्न शीर्षकमा रही तालिमहरु संचालन गर्ने गरेको पाइन्छ ।

सैद्धान्तिक तर्फ:
  • प्रहरी संगठन परिचय तथा काम, कर्तव्य
  • सुरक्षाको परिचय र आवश्यकता
  • अपराध अनुसन्धान
  •  युद्धकला

व्यवहारिक तर्फ :
    प्राथमिक कवाज, सामुहिक कवाज, सशस्त्र कवाज, नेतृत्व कवाज, शारीरिक व्यायमहरु (पि.टि, कराते, घोडाचढी, बक्सिङ) पर्दछ । पाठ्यक्रमहरुमा आधारित रही प्रहरी अधिकृतहरुलाई व्यवहारिक जीवनमा दक्ष बनाउनको लागि नेपाल प्रहरीले विभिन्न स्थानहरुमा तालिमकेन्द्रको स्थापना गरेको पाइन्छ ।
    नेपाल प्रहरी संगठन धेरै पुरानो भएतापनि अन्य विकसित मुलुकहरुमा जस्तो सही ढंगबाट नवआगन्तुक प्रहरी अधिकृतहरुलाई तालिम संचालन गर्न सकेको पाइँदैन । नेपालको भौगोलिक बनावट तथा तालिम केन्द्रहरुको भौगोलिक बनावटका कारण सिकाउनुपर्ने सबै किसिमका कोर्सहरु प्रभावकारी रुपमा सिकाउन नसकेको देखिन्छ । आधारभूत तालिम भनेको सम्पूर्ण अधिकृतहरुले अनिवार्य गर्नुपर्ने तालिम भएको हुँदा यसलाई प्रभावकारी ढंगबाट संचालन गर्नुपर्ने भएतापनि साधन र स्रोतको अभाव अर्थात् समयको परिवर्तन अनुसार संगठन परिवर्तन भई कार्य गर्न नसक्नुले तालिम लिएका प्रहरी अधिकृतहरुलाई पनि कार्यक्षेत्रमा गएपश्चात् आफूले निर्वाह गर्नुपर्ने काम, कर्तव्य सही ढंगबाट निर्वाह गर्न सकेको देखिंदैन । यसको प्रमुख कारण भनेको आधारभूत तालिम गराउँदा उसलाई व्यवहारिक नबनाई सैद्धान्तिक ज्ञानमात्र दिनाले भएको हो भन्ने विभिन्न प्रहरी अधिकृतहरुबाट हामीले सुन्न सकिन्छ । पुराना प्रहरी अधिकृतहरुको भनाइ अनुसार तालिममा सिकाइने र कार्यक्षेत्रमा गरिनुपर्ने कामहरु नितान्त फरक हुने भएको हुँदा व्यवहारिक जीवनमा काम सम्पन्न गर्न गाह्रो हुने कुरा बताउँछ । तसर्थ अबको समयमा तालिमलाई समय अनुकूल बनाई सैद्धान्तिक रुपमा मात्र नभई व्यवहारिक बनाई पछि गर्नुपर्ने कामहरुलाई एचबअतष्अब िगराउनुपर्ने देखिन्छ । आधारभूत तालिम भनेको सबैको लागि अत्यन्त नयाँ भएको हुँदा संगठनको कुराहरु धेरै भन्दा धेरै सिकाई सबैलाई एकरुपतामा ल्याउनपर्ने भएको हुँदा यस तालिमको लागि निश्चित प्रशिक्षार्थी संख्या तोकी प्रशिक्षकहरु खटाउनुपर्ने देखिन्छ । तर जनशक्ति अभावको कारण धेरै प्रशिक्षार्थीहरुलाई थोरै प्रशिक्षकहरुबाट तालिम संचालन गर्नुपरेको देखिन्छ । जसको कारण प्रशिक्षक र प्रशिक्षार्थी दुवै वर्गलाई असहज हुने गरेको पाइन्छ ।
महत्व :
आधारभूत तालिम एकमात्र यस्तो तालिम हो जुन तालिम प्रहरी कर्मचारी बन्नको लागि सबै कर्मचारीहरुले गरेका हुन्छन् । यस तालिमको छुट्टै पहिचान तथा महत्व रहेको पाइन्छ । यस तालिमलाई प्रहरी ऐन तथा नियमावलीले नै महत्वका साथ लिई अनिवार्य गर्नुपर्ने भनी उललेख गरेको पाइन्छ । कुनै पनि अधिकृत तथा कर्मचारीहरु यस तालिम नलिइएसम्म उनीहरुले आफ्नो पदीय जिम्मेवारी पाउन सक्दैन । आफ्नो पद तथा कर्तव्यप्रति जिम्मेवार बनाउनका लागि पनि आधारभूत तालिमको ठूलो महत्व हुने गर्दछ । आधारभूत तालिमले नै सर्वसाधारण व्यक्तिहरुलाई फौजी सँस्कृतितर्फ लैजाने गर्दछ र फौजी अनुशासनमा बदल्छ । आधारभूत तालिमको महत्वलाई निम्नानुसारको बुँदामा उल्लेख गर्दा अझ बढी प्रस्ट हुन सक्दछ ।
ड्ड    व्यवासायिक दक्षता, इमानदार, निर्णय क्षमता, साहस, मिलनसार परिस्थिति अनुसार चल्न सक्ने खुबीको विकास, अनुगमन एवम् मूल्याङकन क्षमतामा विकास, निस्वार्थ, संयमित, जवाफदेही, बुद्धिमान, सहयोगी, योजनाकार, मनोवैज्ञानिक खुबी, नैतिकवान, सामुहिक कार्य गर्ने दक्षतामा वृद्धि, आफ्नो काम कर्तव्यप्रति झुकाव राख्ने तथा इमान्दारिता उच्च जीवनशैलीमा परिवर्तन अनुशासन कायम गर्नको लागि सहयोग पु¥याउँदै आएको हुँदा आधारभूत तालिमको अत्यन्त महत्व रहेको पाइन्छ ।
ड्ड    प्रहरी अधिकृत सधैं चुस्त दुरुस्त रही रहनुपर्ने हुन्छ । अन्यथा प्रहरी कर्मचारीहरुले आफूलाई देशले ठूलो विश्वास गरी प्रदान गरेको जिम्मेवारी पूरा गर्न सक्दैन । दिएको जिम्मेवारीलार्यं पूर्ण रुपमा पालना गरी काम सम्पन्न गर्नको लागि हरेक मानिसलाई तालिमको आवश्यकता पर्दछ तसर्थ पेशाप्रति ज्ञान दिलाउनको लागि वा पेशेवार बनाउको लागि नवआगन्तुक प्रहरी अधिकृतहरुलाई आधारभूत तालिमको ठूलो महत्व रहन्छ । आधारभूत तालिमले नै ती अधिकृतहरुले के गर्न हुन्छ ? के गर्न हुँदैन भन्ने कुराको ज्ञान हुन्छ र संगठनको नीति नियमअनुसार आफूलाई क्रियाशील बनाई आफ्नो काम कर्तव्यको त्रुटिरहित ढंगबाट पूरा गर्न सक्दछ । जुन कुरा आधारभूत तालिमले सिकाउँदछ । जसरी घर बलियो बनाउन जग बलियो बनाउनुपर्दछ त्यसरी नै प्रहरी संगठनलाई बलियो बनाउनको लागि पनि आधारभूत तालिमको महत्व रहन्छ । प्रहरी अधिकृतहरुलाई सक्षम बनाउनु आधारभूत तालिमको मुख्य उद्धेश्य भएको हुँदा आधारभूत तालिमको ठूलो महत्व रहेको पाइन्छ । अन्य उन्नत किसिमका तालिमहरु एउटा विषयमा मात्र केन्द्रित रहने र सबै विषयको ज्ञान दिलाउन नसकिने भएको तर आधारभूत तालिम यस्तो तालिम हो जुन तालिमले नवआगन्तुक प्रहरी अधिकृतहरुलाई प्रहरी संगठनमा गर्नुपर्ने वा आफूले प्रहरी संगठनमा निर्वाह गर्नुपर्ने सम्पूर्ण विषयको ज्ञान दिलाउनुका साथै शारीरिक रुपमा समेत तन्दुरुस्त बनाउने गर्दछ । आधारभूत तालिम समापनपश्चात् अधिकृतहरु आफ्नो पेशाप्रति दक्ष भएको मानी कार्यक्षेत्रमा पठाउने गर्दछ भने सोही तालिमको आधारमा संगठनले दिएको जिम्मेवारीको सफलतापूर्वक पूरा गर्दछ तसर्थ प्रत्येक प्रहरी अधिकृतहरुलाई आधारभूत तालिमको ठूलो महत्व रहेको पाइन्छ । आधारभूतन तालिममा आफूले देखिाएको खुबी र आफूले गरेको मिहिनेतको आधारमा नै आफ्नो जेष्ठता कायम हुने हुँदा यसको महत्व बढेको पाइन्छ ।
आवश्यक समय अनुकूल परिमार्जनहरु
    तालिमले मानिसलाई सधैं व्यवहारिक बनाउने हुँदा आधारभूत तालिमलाई समय अनुसार परिमार्जित गरी आधुनिक अधिकृतको उत्पादन गर्नु अहिलेको चुनौती रहेको छ । अहिले प्रहरी संगठन पन िविश्वको धेरै देशहरुसँग समन्वय गरी अन्तरराष्ट्रिय स्तरमा समेत आफूलाई चिरपरिचित गराई काम गर्नुपर्ने अहिलेको परिस्थितिमा आधारभूत तालिमलाई पनि आवश्यक परिवर्तन गरी समय अनुकूल पाठ्यक्रमहरु निर्माण गर्नुपर्ने देखिन्छ । पुरानो प्रकारको परिवेशमा निर्माण भएका ती पुरानो किसिमको पाठ्यक्रमहरुलाई समयसँग मिल्दोजुल्दो हुने गरी बनाउनु पर्दछ । जसले गर्दा प्रहरी अधिकृतहरु आधारभूत तालिमको कारण समय अनुसारको अपराधहरुको अनुसन्धान गर्न र घट्ने घटनाहरुको सही तरिकाबाट अनुसन्धान गरी अपराधीहरुलाई कारवाहरुको कठघरामा ल्याउन सकिन्छ । तालिमको दिने वा प्रशिक्षण गराउने शैलीमा परिवर्तन गराउने व्यवस्था भएमा राम्रो हुन्छ जस्तो लाग्दछ । हालको प्रशिक्षण कार्य सैद्धान्तिक तर्फमात्र बढी जोड दिएको र व्यवहारमा कम मात्र लागू हुने भएको हुँदा कार्यक्षेत्रमा गएपश्चात् कामकारवाही गर्न असहज हुने गरेको देखिन्छ । यस्तो असहजतालाई हटाउनको लागि तालिम सिलेवसमा नै सैद्धान्तिक र व्यवहारिक दुवैलाई समान रुपमा लिई सैद्धान्तिक पक्षलाई व्यवहारमा समेत उक्त तालिम अवधिमा नै गराउने गर्दा प्रशिक्षार्थीहरुमा बढी ज्ञान हुन्छ जस्तो लाग्दछ । सैद्धान्तिक र व्यवहारिक दुवै एकैपटक गर्दा पछि कार्य क्षेत्रमा गएपश्चात् पनि उनीहरुले आफूलाई दिइएको जिम्मेवारी सहज रुपमा गर्न सक्ने र काम त्रुटिरहित ढंगबाट सम्पन्न गर्न सक्दछ । हालको समय प्रविधिमा अत्यन्त माथि रहेको हुँदा नव आगन्तुक प्रहरी अधिकृतहरुलाई पनि पछि कार्यक्षे    त्रमा बाधा नपुगोस् भन्ने अभिप्रायले हाल संचालनमा भएका नयाँ नयाँ किसिमको प्रविधिहरुको जानकारी गराउनको लागि छुट्टै समयको व्यवस्था गरी सिकाउन पर्ने देखिन्छ । सैद्धान्तिक ज्ञानहरु सिकाउने क्रममा होस् वा कक्षा कोठामा पठनपाठन गर्ने क्रममा पहिलेको जस्तो पुरानो तरिका भन्ने र सुन्ने तरिकाबाट मात्र नभई विभिन्न प्रविधिहरुको प्रयोग र त्यस विषयसँग सम्बन्धित रही प्रयोग र व्यवहारिक ज्ञानलाई बढी जोड दिई आधुनिक तरिकाहरु अपनाई प्रशिक्षण दिलाउनुपर्ने देखिन्छ । हाल प्रहरी कर्मचारीहरु विश्वको जुनसुकै स्थानमा पनि संयुक्त राष्ट्र संघको अनुरोधमा परिचालित हुने हुँदा उनीहरुलाई भाषा सम्बन्धी र प्रविधि सम्बन्धी ज्ञानको अभाव भई कार्य गर्न गाह्रो हुने भएको हुँदा आधारभूत तालिममा त्यस किसिमको कोर्सहरुको व्यवस्था हुनुपर्ने देखिन्छ । धेरै प्रशिक्षार्थीहरु रहेतापनि थोरै संख्यामा रहेको प्रशिक्षकहरुले प्रशिक्षण दिलाई राख्नुपर्न बाध्यता समेत रहेको पाइन्छ । कम्तीमा पनि १० प्रशिक्षार्थी बराबर १ प्रशिक्षकको व्यवस्था गरी व्यवहारिक कवाज, परेडको संचालन गर्नुपर्दछ । जसले गर्दा कमजोर प्रशिक्षार्थीहरुले समेत बढी भन्दा बढी निगरानी पाई सिक्ने मौका पाउँदबराबर १ प्रशिक्षकको व्यवस्था गरी व्यवहारिक कवाज, परेडको संचालन गर्नुपर्दछ । जसले गर्दा कमजोर प्रशिक्षार्थीहरुले समेत बढी भन्दा बढी निगरानी पाई सिक्ने मौका पाउँदछ र कोही पनि प्रशिक्षार्थीहरु कमजोर हुनुपर्ने थिएन ।
Summary :

    नेपालमा व्यवसायिक ज्ञान तथा सीपमूलक शिक्षाको अभावले गर्दा विभिन्न डिग्री हासिल गर्ने शिक्षित व्यक्तिहरु समेत परम्परागत कोरा शिक्षा अध्ययन गर्ने हुनाले नवप्रवेशी प्रहरी अधिकृतहरुलाई आधारभूत तालिमले व्यवसायिक दक्षता, इमानदार, निर्णय क्षमता, साहस, मिलनसार परिस्थिति अनुसार चल्न सक्ने खुबीको विकास अनुगमन एवम् मूल्याङ्कन क्षमतामा विकास, निस्वार्थ संयमित जवाफदेही, बुद्धिमान सहयोगी योजनाकार, मनोवैज्ञानिक खुबी, नैतिकवान, सामूहिक कार्य गर्न सक्ने क्षमतामा वृद्धि आफ्नो काम कर्तव्यप्रति झुकाव राख्ने तथा इमानदारिता जीवन शैलीमा परिवर्तन तथा उच्च अनुशासन कायम गर्न सक्ने एकमा    त्र व्यवसायिक तालिम रहेको पाइन्छ । आधारभूत तालिमले नै नवप्रवेशी प्रहरी अधिकृतहरुलाई प्रहरीप्रति लगनशील र एक दक्ष प्रहरी अधिकृत बन्न सहयोग गर्दछ । कुनै पनि काममा दक्ष बनाउनको लागि उनीहरुलाई त्यस पेशा सम्बन्धी तालिमको आवश्यकता पर्दछ तसर्थ प्रहरी अधिकृत बनाउनको लागि पनि नवप्रवेशी प्रहरी अधिकृतहरुलाई आधारभूत तालिमले सहयोग गर्दछ । आधारभूत तालिमविना कुनै पनि प्रहरी अधिकृत उक दक्ष प्रहरी अधिकृत बन्न नसक्ने हुँदा आधारभूत तालिम सबै प्रहरी कर्मचारीहरुले गर्नुपर्ने भनी स्पष्टसँग प्रहरी नियमावलीमा समेत लेखेको पाइन्छ ।
च्भअयmmभलमबतष्यल स्
नेपालको भौगोलिक बनावट फरक फरक किसिमको भएता पनि ती फरक स्थानमा रहेको विभिन्न तालिम केन्द्रहरुले नवआगन्तुक प्रहरी अधिकृतहरुलाई दक्ष एवम् सक्षम प्रहरी अधिकृत बनाउनेतर्फ सक्दो प्रयास गरेको पाइन्छ तर पनि भौतिक पूर्वाधारको उचित विकास नभएको हुँदा तालिम केन्द्रहरुलाई भौतिक पूर्वाधारको पूर्ण विकास भएको ठाउँमा मात्र आधारभूत तालिम गराउने आवश्यक साधन र स्रोतहरुको उपलब्ध गराई प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिलाउँदा उनीहरुमा ज्ञान तथा कार्यशैलीमा परिवर्तन आई सक्षम रुपबाट त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न सकिने आधारभूत तालिमबाट नवआगन्तुक प्रहरी अधिकृतहरुलाई बढी भन्दा बढी सक्षम बनाई कार्यक्षेत्रमा गएपश्चात् क्रुटिरहित ढंगबाट काम गर्नको लागि हालको समय अनुसारको पाठ्यक्रमहरु तयार गर्ने जसको कारण हरेक प्रहरी अधिकृतहरु प्रविधिसँग राम्रो ज्ञान भई आवश्यकता अनुसार आफूलाई सक्षम बनाउनुपर्दछ । हालको नेपाल प्रहरी भनेको विश्वको जुनसुकै स्थानमा पनि संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ खटिनुपर्ने भएको हुँदा शान्ति स्थापनार्थ कार्यमा खटिने क्रममा भाषाको अनविज्ञता तथा सवारी सम्बन्धी ज्ञानको अभाव, सञ्चार साधन र इमाले, इन्टरनेट, फोटोकपी, स्केलिङहरु चलाउन नसकी आफ्नो काममा प्रभावकारी ढंगबाट गर्न नसक्ने देखिएको हुँदा हालको नवआगन्तुक प्रहरी अधिकृतहरुलाई उक्त क्राइटेरियाभित्र रहने गरी केही कोर्सहरु आधारभूत तालिममा समावेश गरेमा अझ बढी प्रभावकारी हुन सक्दछ । जसको कारण संगठन एवम् देशको ख्यातिमा वृद्धि हुनुको साथै प्रहरी अधिकृतहरुको मनोवल समेत उच्च हुन सक्दछ । अपराध अनुसन्धान महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानहरुको सुरक्षा जस्ता प्रमुख कार्यहरु नेपाल प्रहरीलाई मुख्य रुपमा जिम्म दिएको हुन्छ । यस्तो कार्य सैद्धान्तिक रुपमा मात्र नपढाइ पढाउनासाथ व्यवहारिक रुपमा समेत सिकाउने गरी कोर्स सेलेबस बनाउन सके अझ प्रभावकारी हुन सक्दछ । तालिमको अवस्था भनेको प्रशिक्षकले भन्दा बढी सिकाउने र प्रशिक्षार्थीहरुले बढी भन्दा बढी ज्ञान हासिल गरी कार्यक्षेत्रमा गई व्यवहारिक रुपमा प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सक्नेछ जस्तो लाग्दछ । सबै साधन र स्रोतहरु नेपाल प्रहरीमा मात्र पर्याप्त भएको कारण ती साधन र स्रोतहरुको बारेमा जानकारी गराउन ती साधन र स्रोतहरु भएको ठाउँमा फिल्ड भिजिटको रुपमा अध्ययन अवलोकन गर्न लैजाँदा अझ प्रभावकारी हुने देखिन्छ ।

Comments

Popular posts from this blog

A primary teacher's action research work

An Action Research "Teacher-Students Interaction in the Nepali Medium English Classroom"

A sample of question paper for Class 12 Nepali HSEB Nepal