A sample of Thesis (Health Education)

अध्याय – एक
परिचय
१.१ अध्ययनको पृष्ठभूमी
सुरक्षित मातृत्व प्रजनन स्वास्थ्यको महत्वपूर्ण भाग हो । सुरक्षित मातृत्व सम्बन्धी अभ्यासमा सामाजिक तथा सांस्कृतिक पक्षहरुको पनि महत्वपूर्ण भुमिका रहिआएको छ ।  सुरक्षित मातृत्वको अभ्यासलाई प्रभावकारी रुपमा अगाडी बढाउन सकेको अवस्थामा मातृशिशु मृत्युदर कमी ल्याउन महत्वपूर्ण भूमिका खेल्दछ । हाम्रो समाजमा आर्थिक,अशिक्षा विभिन्न प्रकारका सस्कार र परम्परागत धारणाको कारण गर्भावस्थामा उचित मात्रामा हेरचाह स्याहार सुसारको कमि अनि घरमा सुत्केरी गराउनेको संख्या बढि नै छ । अझै पनि धामीझाक्रीमा विश्वास गर्ने हाम्रो समाजका मानिसहरु समाज अनुसारकै विभिन्न सस्कृति परम्परा रितिरिवाजलाई आज सम्म पनि निरन्तरता दिइरहेको अवस्था छ । एउटा आमा, बुहारीलाई घर परिवार, समाजको सदस्यले हेर्ने दृष्टिकोण र पूरुषवाद हावी भएको समाजमा महिलाको इच्छा, चाहनालाई कुण्ठित बनाएर राख्नुपर्ने अवस्था छ । जसले गर्दा सुरक्षित मातृत्वको अवस्थामा असर परिरहेको छ । विभिन्न जातजाति, धर्म सस्कृतिको कारण पनि प्रभाव पारेको पाइन्छ ।
 यू.एन्.एफ्.पि.ए.१९९९ अनुसार – नेपालको सन्दर्भमा ९० प्रतिशत बढि बच्चाहरु  घरमा नै जन्मिएको अवस्था छ ।
डब्लु.एच्.ओ. को प्रतिवेदन अनुसार – ८०००० महिलाहरुले प्रत्येक वर्ष असुरक्षित गर्भपतन गरिरहेको अवस्था छ ।
राष्ट्रिय जनगणना २०५८ अनुसार मातृमृत्युदर १००००० मा ५३९ जना रहेको छ ।
विश्वमा सुरक्षित मातृत्व अभ्यासको अवस्थाले एक मुद्दाको रुप लिएको छ जसले आजको स्वास्थ्यमा परस्पर सम्बन्ध राख्दछ ।
आई.सि.पि.डि. दस्तावेजमा प्रजनन स्वास्थ्यलाई यसरी परिभाषित गरिएको छ – सम्पूर्ण आमाहरुसँग सम्बन्धित प्रजनन प्रणाली, कार्य र प्रक्रियामा सामाजिक रुपमा र रोगहरुरबाट मात्र नभई, शारीरिक, मानसिक, सामाजिक रुपमा तन्दुरुस्तको अवस्था हो । विकासशिल राष्ट्रहरुमा महिलाहरुको अवस्था निकै कमजोर रहेको छ । महिलाहरुको कमजोर साक्षरतादर, उच्च मातृमृत्युदर, उच्च शिशुमृत्युदर जस्ता तत्वहरु तथा समाजमा रहेको सामाजिक सांस्कृतिक पक्षहरु जसले सूरक्षित मातृत्वको अभ्यासमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ ।




१.२ समस्याको कथन
नेपाल एक विकासोन्मुख राष्ट्र हो, आज २१ औ शताब्दीमा आइपुग्दा पनि सुरक्षित मातृत्व सम्बन्धि अभ्यासको प्रभावकारितामा कमि रहनुले यस सम्बन्धि मानिसहरुको जनचेतानको अभाव छदैछ । अहिले पनि गर्भावस्थाको बारेमा खुलेर स्वास्थ्य परिक्षण गराउने , गर्भ रहेको कुरा घरपरिवारमा भन्न हिच्किचाउने र पौष्टिक आहारहरु खानुपर्दछ भन्ने ज्ञानको कमि तथा थाहा भए पनि भन्न सक्ने अवस्था नरहेको अवस्था छ । परिवारका सदस्यहरुमा चेतनाको अभाव बढि स्याहार र हेरचाह गर्नुपर्ने अवस्थामा परिवारका अन्य सदस्यहरुले सरह काम गर्नुपर्ने बाध्यता विद्यमान छ । त्यस्तै मुसलमान समुदायहरुमा परिवार नियोजनको साधन प्रयोग गर्न नहुने धारणा व्याप्त रहेको पाइन्छ । जसले बढि बच्चा जन्मदा आमा र बच्चाको स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर पुगिरहेको छ । छोरा जन्माउनु पर्दछ, नत्र स्वर्ग जान पाइदैन अनि बुढेसकालमा हेरविचार गर्ने, पालनपोषण गर्ने साहाराको रुपमा छोरालाई लिने जस्ता अन्धविश्वासहरु जसले धेरै बच्चा जन्माउनुपर्ने स्थिति रहेको र छोरी छोरी पाउने आमाहरुलाई घरपरिवार र समाजले हेलाको दृष्टिकोणले हेर्ने गरेको र छोरी अरुको घरमा जाने जात हो किन धेरै पढाउनु प¥यो एक दिन विवाह गर्नै पर्दछ भनेर चाडै
विवाह गरिदिने चलन पनि हावी रहेको अवस्थामा सुरक्षित मातृत्वको अवस्था कस्तो हुन सक्ला भनेर अनुमान गर्न सकिन्छ ।
सुत्केरी हुदा जे पायो त्यही खान नहुने र छुन नहुने जस्ता सोचाई र घरमा नै बच्चा जन्माउने हावी प्रवृतीले सुरक्षित मातृत्वको अवस्था कमजोर रहेको पाइन्छ । कुनै पनि देशमा रहेको मातृमृत्यरदरको गणना जसले सुरक्षित मातृत्वको अवस्थालाई प्रष्ट पार्दछ । तनहूँ जिल्लाको भानू गा.वि.स.वडा नंं. ५को भन्सार बजारमा अध्ययन छनौटमा परेको जनसंख्या धेरैजसो सामान्य साक्षर बढि मात्रमा कृषि पेशामा आवद्ध रहेको अवस्था छ । सामाजिक सांस्कृतिक पक्षहरुले सुरक्षित मातृत्वको अभ्यासमा पारेको प्रभावको स्थितिलाई नजिकबाट जानकारी लिन र सबै जातजातीका मानिसहरु मिलेर बसेको समुदाय अध्ययन क्षेत्रमा सुरक्षित मातृत्वको अवस्था के कस्तो रहेको छ भन्ने बारेमा थाहा पाउनको लागि यो अध्ययन गर्न जरुरी रहेको  छ ।
१.३ अध्ययनको उद्देश्य
कुनै पनि अध्ययन अनुसन्धानलाई निश्चित गन्तव्यमा पु¥याउनका लागि उद्देश्य बिना अध्ययन असम्भव हुन्छ । यस अध्ययनमा सुरक्षित मातृत्व सम्बन्धी अभ्याससँगको सम्बन्ध सम्बन्धी विषयलाई साधारण उद्देश्यको रुपमा लिई निम्नानुसार विशिष्ट उद्देश्यहरु तय गरिएको छ ।
क) सुरक्षित मातृत्व सम्बन्धी अभ्यासको स्थिति पत्ता लगाउन ।
ख) सामाजिक तथा सांस्कृतिक पक्षहरु पहिचान गर्न ।
ग) सामाजिक तथा सांस्कृतिक पक्षहरुले सुरक्षित मातृत्वको अभ्यासमा पारेको प्रभाव पत्ता लगाउन ।


१.४ अध्ययनको महत्व
सबै अध्ययनले आ – आफ्नै भूमिका र महत्व बोकेको हुन्छन् । महत्व बिनाको अध्ययनको कुनै अर्थ हुदैन । यस अध्ययनले सुरक्षित मातृत्व सम्बन्धि अभ्यासमा सामाजिक तथा सांस्कृतिक पक्षहरुले पारेको प्रभाव थाहा पाउन मद्दत गर्नेछ । प्रजनन स्वास्थ्यको महत्वपूर्ण तत्वको रुपमा सुरक्षित मातृत्वलाई लिइन्छ । अध्ययनको महत्वलाई बुँदागत रुपमा तल प्रस्तुत गरिन्छ ।
क) यस अध्ययनले यस विषयसँग सम्बन्धित भएर अध्ययन गर्न चाहने व्यक्ति, संघसंस्थालाई जानकारी दिन सहयोग पु¥याउनेछ ।
ख) यस अध्ययनले सम्बन्धित क्षेत्रका बासिन्दाहरुलाई आफ्नो क्षेत्रको वास्तविकता थाहा पाउन सहयोग गर्नेछ ।
ग) यस अध्ययनले सरकारी तथा गैरसरकारी निकायहरुलाई सुरक्षित मातृत्व सम्बन्धि निति निर्माणमा द्धितिय स्रोतको रुपमा सघाउ पु¥याउनेछ ।
घ) यस अध्ययनले स्थानिय स्तरका सामाजिक संघसंस्थाहरुलाई सुरक्षित मातृत्व सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सहयोग पु¥याउनेछ ।

१.५ अध्ययनको सिमितता
औपचारिक कार्यक्रम निश्चित समय, सीमा, विषय – वस्तु, स्रोत आदिमा सिमित हुने गर्दछन् । अध्ययनको उद्देश्य निर्धारण गरेर मात्र अध्ययन प्रतिवेदनले आकार लिन सक्दैन जसको निम्ति के कति विषयवस्तु र क्षेत्रहरुलाई समेटेर अध्ययन गर्ने हो सो को पहिले नै सिमांकन गर्नु जरुरी हुन्छ । यस अध्ययनको सिमिततालाई बुँदागत रुपमा तल प्रस्तुत गरिएको छ ।
क) यस अध्ययन १५ देखि ४९ वर्षका कम्तीमा एक वटा बच्चा भएका विवाहित महिलाहरुमा   सिमित रहनेछ ।
ख) यो अध्ययन तनहूँको भानु गा.वि.स. वडा नं. ५ स्थित भन्सार बजारमा गरिनेछ ।
¬¬¬ग) यस अध्ययन स्नात्तोकोत्तर दोस्रो वर्षको विषयको पाठ्यभार पुरा गर्न मात्र सिमित रहनेछ ।
घ) यो अध्ययन सुरक्षित मातृत्वसँग सम्बन्धित विषयवस्तुसँग मात्र सिमित रहनेछ ।
ङ) यो अध्ययन सुरक्षित मातृत्वसँग सम्बन्धित विषयवस्तुसँग मात्र रहनेछ ।



अध्याय – दुई
सम्बन्धित साहित्यको पुनरावलोकन

समाजमा रहिआएको विविध पक्षहरु जसको कारण सुरक्षित मातृत्वको अभ्यासमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । विभिन्न व्यक्ति, परिवार समाज बनेको हुन्छ हरेक समाज अनुसार सामाजिक, सांस्कृतिक रितिरिवाज परम्परा, सोचविचार फरक–फरक हुन्छ । समाजमा विभिन्न सामाजिक सांस्कृतिक परिवेशमा हुर्केका मानिसहरु बसोबास गरेको हुन्छन् । त्यसैले पक्कै पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सुरक्षित मातृत्वको अभ्यासमा भूमिका खेलेको हुन्छ । अध्ययनलाई सफल पार्नको लागि सम्बन्धित साहित्यको पुनरावलोकन गर्नु जरुरी छ ।
डब्लु. एच. ओ. १९९७ – विकासशिल राष्ट्रहरुमा ३५ प्रतिशत आमाहरु गर्भावस्थामा उचित स्याहार र हेरचाह प्राप्त गर्न नसकेको र त्यसमध्ये ५० प्रतिशत आमाहरुले क्षमता नहुँदै बच्चा जन्माएको र ७० प्रतिशतले सुत्केरी भएको छ हप्ता सम्म उचित हेरचाह प्राप्त गर्न नसकेको अवस्था छ ।
१५ –४९ वर्षका महिलाको गर्भावस्थामा देखिएका जटिलता जसको कारण अपाङ्ग र मृत बच्चा जन्मने गर्दछन् भने त्यस मध्ये ९९ प्रतिशत विकासशिल राष्ट्रहरुमा यो समस्या रहेको पाइयो । यो समस्या मुख्य गरेर अफ्रिका र दक्षिण एसियामा रहेको छ । ( पाठक,२००१)
नेपालको सन्दर्भमा भन्नुपर्दा विभिन्न कारण देशका कुना काप्चामा रहेका १५–४९ उमेर समूहका महिलाहरुले सामान्य स्वास्थ्य सेवा सुविधाको अभावमा सामान्य अवस्थामा सुत्केरी हुन नसम्दा यस संसारबाट विदा लिनु परिरहेको अवस्था छ । महिलाहरुलाई गर्भावस्थाको लक्षण र स्वास्थ्य परिक्षण गराउनुपर्दछ भन्ने चेतनाको कमि भएको र गर्भ रहेको कुरा खुलेर घरपरिवारमा भन्न नसकोको अवस्था सुत्केरी हुँदा छुन नहुने जस्ता धारणा, कुरीति, कुसंस्कारको कारण र अशिक्षा, अज्ञानता, आर्थिक , पूरुषवाद हावी भएको समाज जसले सुरक्षित मातृत्वको अभ्यासमा प्रभाव पारिरहेको छ ।
सन् ११९६ मा नेपालमा गरिएको परिवार स्वास्थ्य सर्वेक्षणको गर्भधारण सम्बन्धि आकडा अनुसार १५ देखि १९ वर्ष उमेर समूहका किशोरीहरु मध्ये ४ जनामा १ जना आमा भई सकेको तथा पहिलो पटक गर्भधारण गरेको पाइन्छ ।
नेपालको सन्दर्भमा गर्भपतन सम्बन्धी जटिलता मुख्य समस्या बनेको छ । मातृमृत्यु र रुग्णता अध्ययन १९९८ ले देखाए अनुसार यहाँको समुदायमा ५ प्रतिशत को मृत्यु गर्भपतनको कारण हुन्छ ।
अधिकारी, यू.पी.(२००७)–सिन्धुली जिल्लामा रहेको माझि समुदायका समुदायहरुमा निरक्षर, बिस वर्ष भन्दा अगाडी नै विवाह गरिसकेको र विवाहित महिलाहरुले स्वास्थ्य चौकि पनि

नदेखेको अवस्था र गर्भावस्थामा स्वास्थ्य परिक्षण नगरेको, लालिम प्राप्त स्वास्थ्य कर्मीको उपस्थिति बिना नै धेरैले घरमा बच्चा जन्माएको अवस्था रहेको छ । शिक्षा र चेतानको कमी,
कमजोर आर्थिक स्थिति, परम्परागत धारणमा विश्वास गर्ने, सामाजिक–सांस्कृतिक प्रणाली, स्वास्थ्य सेवा सुविधा प्रयोग र पर्याप्तता सम्बन्धी बेखबर रहेको र मातृशिशु स्वास्थ्यको अवस्था धेरै नै नाजुक रहको छ ।
न्यौपान,े शर्मिला (२००७)– मनिसहरु संयुक्त परिवारमा बसेको साथै कमजोर आर्थिक स्थिति रहेको छ । चाडो विवाह र गर्भधारण गर्नेको संख्या उच्च रहको साथै धेरै जसोको तीन, चार वटा छोराछोरी रहेको अवस्था छ । गर्भावस्थामा स्वास्थ्य परिक्षण नगराएको र समुदायका धेरै जसो मानिसहरु कृषि पेशामा आवद्ध रहेको कारण पनि गरी परिवारका सदस्यहरु सुरक्षित मातृत्व सम्बन्धी अभ्यासमा सहभागी रहन नसकेको अवस्था छ ।
पौडेल, भानु (२००८)– चितवन जिल्ला भरतपुर नगर पालिकामा रहेको दलित विवाहित महिलाहरुले छिट्टै विवाह गर्ने गरेको र १९ वर्ष अगावै पहिलो बच्चा जन्म दिइसकेको अवस्था रहेको छ । अनिहरु द्यैनिक ज्याता मजदुरी गरी जिविको पार्जन गर्नुपर्ने वाध्यता रहेको छ । चेतनाको कमि र कमजोर आर्थिक अवस्था, बढि काममा व्यस्त रहनुपर्ने हुनाले गर्भावस्था देखि बच्चा जन्मदा सम्मको अवस्था सम्ममा अनेकौ समस्या झेल्न बाध्य रहेको अवस्था छ ।
टन्डन, बस्नेत (२००७) – दाङ्ग जिल्लाको थारु समुदायमा प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वको विभिन्न पक्षहरु सक्बन्धि ज्ञान र चेतनाको कमि रहेको । यस समुदायमा चाडो विवाह, सामाजिक चलानचल्ती र परम्परामा विश्वास गर्ने, कमजोर आर्थिक अवस्था , छिटो–छिटो गर्भवती हुने अवस्था रहेको छ । धेरै जसो बच्चाहरु तलिम प्राप्त स्वास्थ्य स्वयम्सेविका बिना नै घरमा जन्माउने चलन रहेको छ । त्यसैले गर्दा पनि धेरै स्वास्थ्य समस्याहरु देखा परिरहेको अवस्था  छ ।
रिजाल, सन्ध्या (२००८) – काठमाडौ जिल्लाको इचागुनारायण गा.वि.स.मा धेरै जसोले बिस वर्ष भन्दा कम उमेरमा विवाह गरी छिट्टै गर्भधारण गर्ने गरेको छ । जसले गर्दा धेरै स्वास्थ्य समस्या जल्दोबल्दो रुपमा देखा परेको छ । जस्तै धेरै रगत बग्न,े गर्भपतन र यौनअंगमा हुने संक्रमण । धेरै जसो महिलाहरुले परिवारकै सहायतामा घरमा बच्चा जन्माउने गरेको अवस्था छ । यसमा परम्परागत सोचाई सामाजिक–सांस्कृतिक पक्षहरुमा विश्वास गर्नै कमजोर  शिक्षाको अवस्था रहेको छ जसले गर्दा सुरक्षित मातृत्वको अभ्यासमा नकरात्मक असर परेको छ ।
भण्डारी, भागिराम(२००८) – रुकुम जिल्लाको सिम्ले गा.वि.स. को दलित समुदायमा अशिक्षा, अज्ञानता, कमजोर आर्थिक अवस्था जसले गर्दा गर्भावस्थामा उचित स्वास्थ्य हेरचाहको कमी साथै बढि मात्रामा जोखिम मोलेर पनि घरमा बच्चा जन्माउने प्रकृति
हावि रहेको छ विभिन्न पक्षहरु शिक्षा, चेतना र पौष्टिक आहार, परम्परागत धारणा, सामाजिक धारणाहरुमा विश्वास समुदायका मानिसहरुले गर्ने गरेको अवस्था छ ।


हमाल, एस् के (२००८) – बजाङ्ग जिल्लाको सुबेदाको दलित समुदायमा टिनेजरमा गर्भवती हुँदा विभिन्न समस्याहरु देखिएको छ । जस्तै आधारभूत आवश्यकताहरु खाना, लगाउन, शिक्षा र स्वास्थ्य सुविधाहरु वास्तवमै धेरै कमजोर अवस्था रहेको छ । यस दलित समुदायमा  वर्ष देखि
१९ वर्षमा आमा बनिसेका त कोहि गर्भवती भएको अवस्था छ । यस समुदायमा चाडै विवाह गर्ने, चाडै बच्चा जन्माउने चलन बढी रहेको छ । आमाहरुमा ढाड कम्मर, रक्तअल्पता, रगत बगिरहने, कमजोरी जस्ता स्वास्थ्य समस्याहरु देखा परिरहेको छ ।
मेहत्ता, राम कुमार (२००८) – सुनसरी जिल्लाको एक तामाङ्ग बस्तीमा गरिएको अध्ययन जसमा १६ वर्ष भन्दा कम उमेरमा गर्भवती हुनेहरुले गर्भपतन गराउने गरेको र चाडो विवाह गरी बच्चा जन्माउँदा उनिहरुबाट जन्मने बच्चामा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखा परिरहेको छ । जसले गर्दा आमा र बच्चाको स्वास्थ्य स्थिति कमजोर हुदै गईरहेको छ ।



अध्याय – तीन
अनुसन्धान विधि

३.१  अध्ययनको ढाँचा
यस अध्ययनलाई पूर्णता दिन परिमाणात्मक तथा वर्णनात्मक ढाँचाको प्रयोग गरिएको छ । अध्ययन सर्वेक्षणबाट संकलित तथ्यांकहरुलाई विश्लेषणात्मक ढंगले व्याख्या गरिएको हुनाले वर्णनात्मक ढाँचाको प्रयोग गरिएको छ । त्यसै गरी यस अध्ययनमा प्राप्त सूचनाहरुलाई तालिकीकरण गरी चित्रात्मक रुपमा पनि प्रस्तुत गरिएको हुनाले यसमा परिमाणात्मक ढाँचा पनि प्रयोग गरिएको छ ।

३.२ अध्ययन क्षेत्रको छनौट
कुनै पनि विषयवस्तुको अध्ययन गर्न निश्चित आधारहरु तयार पारि सोहि अनुसार अध्ययन क्षेत्र छनौट गर्नुपर्ने हुन्छ । त्यसैले यस अध्ययनमा निम्नलिखित आधारलाई ध्यानमा राखेर तनहूँ जिल्ला भानु गा.वि.स. वडा नं. ५ लाई अध्ययन क्षेत्रको रुपमा छनौट गरिएको छ । भानु गा.वि.स. वडा नं. ५ अध्ययन गर्ने अध्ययनकर्ताको आफ्नै बसोबास स्थान भएकोले,यस स्थानमा यस विषयमा यस भन्दा अगाडी कुनै अध्ययन नभएकोले र अध्ययन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक पक्षले सुरक्षित मातृत्वको अभ्यासमा पारेको पं्रभाव बारेमा थाहा पाउनको लागि यस क्षेत्रलाई छनौट गरिएको छ ।

३.३ अध्ययनको जनसंख्या
कुनै पनि अध्ययन अनुुुसन्धान कार्य प्रारम्भ गर्नुपूर्व अनुसन्धान कर्ताले कुन क्षेत्रको अध्ययन गर्ने र उक्त क्षेत्रको आकार कति र कस्तो हुने भन्ने कुराको स्पष्ट गर्नुपर्दछ । यस भानु गा.वि.स.वडा नं.५ अन्तर्गत रहेको भन्सार बजारमा १५१  घरधुरिहरु रहेकाछन् । जहाँ १५ देखि ४९ वर्ष भित्रका विवाहित र कम्तिमा १ वटा बच्चा भएको १४६ जना रहेको छ । यस अध्ययनमा सम्पूर्ण महिलाहरु अध्ययनको जनसंख्या रहेकाछन् ।

३.४ नमूना छनौट प्रक्रिया
अध्ययन क्षेत्र भानु गा.वि.स. मा रहेका ९ वटा वडाहरु मध्ये सम्भावना रहित उद्देश्यमुलक नमुना छनोट विधिको प्रयोग गरि वडा नं. ५ को भन्सार बजारलाई अध्ययन क्षेत्रको रुपमा छनौट गरिएको छ । जहाँ रहेको १५१ घरधुरिहरुमा नमुना छनौटमा परेको जम्मा जनसंख्या १४६ जना रहेकोे छ । जहाँ सम्पूर्ण जनसंख्या अध्ययनमा सम्लग्न रहेकाछन् ।


३.५ तथ्याङ्क संकलनको साधन
अध्ययन अनुसन्धान तथा सर्वेक्षणको तथ्यांङ्क संकलनमा प्रयोग गरिने साधनहरुको महत्वपूर्ण भूमिका रहन्छ । यस अनुसन्धानको लागि आवश्यक तथ्याङ्क संकलन गर्न संरचित अन्तर्वार्ता सूची तयार गरी छनौटमा परेका जनसंख्याहरुसँग प्रत्यक्ष सम्पर्क गरी तथ्याङ्क संकलन कार्य गरिएको छ ।
३.६ तथ्याङ्क संकलन साधनको स्तरीकरण
उद्देश्य परिपूर्ती गर्न तयार पारिएको अन्तर्वार्ता सूचीले उद्देश्यलाई समेट्न सक्छ कि सक्दैन ? अनुसन्धान सामाग्रीमा के कस्ता कमी कमजोरी रहेका छन् ? ती कमी कमजोरीहरुलाई कसरी कम गर्न सकिन्छ ? साथै के कति थपघट गरी अध्ययनलाई व्यवहारिक बनाउन सकिन्छ ? यी कुराहरुलाई कुनै पनि अनुसन्धान कर्ताले अनुसन्धान अघि बढाउनु पर्ने हुन्छ । नमूना छनौटमा परेका जनसंख्याबाट २० जनामा परिक्षण गरी प्रश्नावलीमा देखिएका कमी कमजोरीहरुलाई हटाई र सुधार गरी तथ्याङ्क संकलनका साधनको निर्माण गरिएको छ ।

३.७ तथ्याङ्क संकलन प्रक्रिया
स्वास्थ्य शारीरिक तथा जनसंख्या शिक्षा केन्द्रीय विभागबाट सर्वेक्षणको अनुमति पत्र लिई भानु गा.वि.स. का सचिव ज्यू लाई पत्र दिदै तथा कार्यको जानकारी गराउँदै उहाँको सल्लाह अनुरुप अध्ययन  क्षेत्रमा गएर त्यसपछि नमुना छनौटमा परेका घरधुरिका १५ देखि ४९ वर्षका कम्तिमा एक वटा बच्चा भएको विवाहित महिलाहरुसँग भेटि अनौपचारिक छलफल तथा संरचित अन्तर्वार्ता सूचीद्धारा तथ्याङ्क संकलन गरिएको छ ।

३.८ तथ्यांकको व्याख्या र विश्लेषण विधि
अध्ययन तथा अनुसन्धानको क्रममा प्राप्त भएका तथ्याङ्कको व्याख्या र विश्लेषण एक महत्वपूर्ण कार्यको रुपमा जानकारी हुन आउँछ । यस अध्ययनको स्वरुप वर्णनात्मक र परिमाणात्मक दुवै रहने हुनाले प्राप्त तथ्याङ्कहरुलाई तालिकिकरण गरी व्याख्या विश्लेषण र विभिन्न गणितीय विधिहरु स्तम्भ चित्र र पाईचार्टको प्रयोग गरी प्रस्तुत गरिएको छ ।


अध्याय – चार
तथ्याङ्कको व्याख्या र विश्लेषण विधि

अध्ययन स्थलबाट प्राप्त तथ्याङ्कहरुलाई सहज तरिकाबाट र छिट्टै बुझ्न सकिने बनाउन व्याख्या तथा विश्लेषण गर्नुपर्ने हुन्छ । तनहूँ जिल्ला भानु गा.वि.स. वडा नं. ५ को अध्ययन छनौटमा परेका स्थानिय बासिन्दाहरुबाट तथ्याङ्क संकलन गरेकी छु । संकलित तथ्याङ्कहरुलाई व्याख्या, विश्लेषण र तालिकीकरण गरी स्तम्भ चित्र र वृत्तचित्रमा प्रस्तुत गरेकी छु ।

४.१ उत्तरदाताहरुको सुरक्षित मातृत्वको जानकारी सम्बन्धी विवरण
    सुरक्षित मातृत्व सम्बन्धी अझै सम्म पनि धेरै मानिसहरुलाई थाहा नभएको अवस्था छ । यसले पनि हामी अनुमान गर्न सक्छौ कि हाम्रो देश समाज, क्षेत्र र देशमा अझै सम्म पनि सुरक्षित मातृत्वको अवस्था कस्तो छ भनेर अध्ययन क्षेत्रको स्थितिलाई तलको तालिकामा प्रस्तुत गरेकी छु ।
तालिका नं. १
सुरक्षित मातृत्वको जानकारी सम्बन्धी विवरण

क्र.सं.    विवरण    संख्या (जना)     प्रतिशत
१    सुरक्षित बच्चा जन्माउने    ४८    ३२.८६
२    बच्चा नजन्मनुजेल हेर विचार गर्नु    २५    १७.१२
३    बच्चा गर्भमा रहे देखि जन्मेको छ महिना सम्म स्याहार सुसार गर्नु    ४४    ३०.१४
४    केही जानकारी छैन    २९    १९.१४
    जम्मा    १४६     १००
                     स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०
माथिको तालिका नं. १ को अनुसार अध्ययन छनौटमा परेका जनसंख्या १४६ जना रहेको र सुरक्षित मातृत्वको जानकारीको अवस्था हेर्दा सुरक्षित बच्चा जन्माउने भन्नेमा ४८ जना अर्थात् ३२.८६प्रतिशत, बच्चा नजन्मनुजेल हेर विचार गर्नु भन्नेमा २५ जना अर्थात् १७.१२ प्रतिशत,     बच्चा गर्भमा रहे देखि जन्मेको छ महिना सम्म स्याहार सुसार गर्नु भन्नेमा ४४ जना अर्थात् ३०.१४ प्रतिशत र केही जानकारी छैन भन्नेमा २९ जना अर्थात् १९.१४ प्रतिशत रहेको पाइयो । जसलाई अझ प्रष्ट पार्नको लागि तल चित्र नं. १ मा प्रस्तुत गरेकी छु ।


४.२ उत्तरदाताहरुले सुरक्षित मातृत्व बारेमा जानकारी पाउने माध्यमको विवरण
कुनै पनि कुराको जानकारी कुनै न कुनै माध्यमबाट थाहा पाउने हुन्छ । त्यस्ता माध्यमहरु विविध प्रकारको हुन्छन् । कसैले कुन माध्यम त कसैले कुन माध्यमबाट थाहा पाइरहेको हुन्छ भने कसैलाई माध्यम बारेमा जानकारी नभएको पनि हुन्छ ।यसरी उत्तरदाताहरुले सुरक्षित मातृत्व बारेमा जानकारी पाउने माध्यमका विवरणलाई तल तालिका नं. २ मा प्रस्तुत गरेकी छु ।

तालिका नं. २
सुरक्षित मातृत्व बारेमा जानकारी पाउने माध्यमको विवरण


क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    रेडियो÷टेलिभिजन    ३०    २०.५५
२    पत्रपत्रिकाबाट    ९    ६.१६
३    स्वास्थ्य स्वयम् सेविकाबाट र छिमेकी तथा साथीहरु    ४४    ३०.१४
४    केही जानकारी छैन    ६३    ४३.१५
    जम्मा    १४६     १००

स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

तालिका नं. २ बाट के स्पष्ट हुन्छ भने यस अध्ययन क्षेत्रमा माथिको विवरण अनुसार रेडियो÷टेलिभिजनबाट थाहा पाउने ३० जना अर्थात् २०.५५ प्रतिशत, पत्रपत्रिकाबाट थाहा पाउने ९ जना अर्थात् ६.१६ प्रतिशत, स्वास्थ्य स्वयम् सेविकाबाट र छिमेकी तथा साथीहरुबाट थाहा पाउने ४४ जना अर्थात् ४३.१५ प्रतिशत र केही जानकारी छैन भन्नेमा सबै भन्दा बढि ६३ जना अर्थात् ४३.१५ प्रतिशत रहेको पाइयो भने सबैभन्दा कम पत्रपत्रिकाबाट माध्यम हो भन्नेको संख्या रहेको पाइयो । जसलाई अझै प्रष्ट पार्नको लागि तल चित्र नं. २ मा प्रस्तुत गरेकी छु ।



४.३ उत्तरदाताहरुले बच्चा जन्माएको स्थान सम्बन्धी विवरण
समाजमा रहेको सामाजिक तथा सांस्कृतिक पक्षहरुले सुरक्षित मातृत्वको अभ्यासमा प्रभाव पारिरहेको हुन्छ । आज सम्म पनि मानिसहरु विविध कारण बच्चा घरमा जन्माउने गरेको पाइन्छ जसले गर्दा आमा र बच्चाको अवस्था खतरामय हुने सम्भावना बढेर जान्छ । यस अध्ययनमा घर, अस्पताल, स्वास्थ्यचौकी र उप– स्वास्थ्यचौकीमा कति–कति जनाले बच्चा जन्माएको रहेछ भन्ने जिज्ञासामा  उत्तरदाताहरुले बच्चा जन्माएको स्थान सम्बन्धी विवरणलाई प्राप्त तथ्याङ्कको आधारमा तलको तालिकामा प्रस्तुत गरेकी छु । 

तालिका नं. ३                                                                   बच्चा जन्माएको स्थान सम्बन्धी विवरण

क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    घर    ८७    ५९.५९
२    अस्पताल    २६    १७.८१
३    स्वास्थ्यचौकी    ११    ७.५३
४    उप–स्वास्थ्यचौकी    २२    १५.०७
    जम्मा    १४६     १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

माथिको तालिका नं. ३ अनुसार बच्चा जन्माएको स्थान सम्बन्धी विवरणहरुमा घरमा जन्माउने ८७ जना अर्थात् ५९.५९ प्रतिशत, अस्पतालमा जन्माउने २६ जना अर्थात् १७.८१ प्रतिशत, स्वास्थ्यचौकीमा जन्माउने ११ जना अर्थात् ७.५३ प्रतिशत र उप– स्वास्थ्यचौकीमा जन्माउने २२ जना अर्थात् १५.०७ प्रतिशत रहेको पाइयो । सबै भन्दा बढि घरमा बच्चा जन्माउने गरेको पाइयो भने सबैभन्दा कम स्वास्थ्यचौकीमा गएर बच्चा जन्माउने गरेको जानकारी प्राप्त भयो जसलाई अझै प्रष्ट पार्नको लागि तल चित्र नं. ३ मा प्रस्तुत गरेकी छु ।



४.४ उत्तरदाताहरुले गर्भवस्थामा आइरन चक्की खाएको सम्बन्धी विवरण             गर्भवती भएको अवस्थामा आइरन चक्की खानु आवश्यक  छ तर विविध कारणहरुले गर्दा खानुपर्ने जति पर्याप्त मात्रामा नखाइरहेको अवस्था पनि छ त कसैले एक पटक, दुई पटक, तीन पटक र चार पटक सम्म खाने गरेको पनि पाइन्छ कतिले नपाएर त कसैले खानुपर्दछ भन्ने ज्ञान नभएर त कसैले खानु पर्दछ भन्ने यसको महत्व थाहा नभएर पुरा मात्रा नपु¥याई खाइरहेको अवस्था पनि छ । अध्ययन क्षेत्रमा यस सम्बन्धी विवरणमा प्राप्त तथ्याङ्कलाई तल तालिकामा प्रस्तुत गरेकी छु ।
तालिका नं. ४                                                                     गर्भवस्थामा आइरन चक्की खाएको सम्बन्धी विवरण

क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    एक पटक    ४०    २७.४
२    दुई पटक    ३२    २१.९१
३    तीन पटक    ३४    २३.२९
४    चार पटक    ४०    २७.४
    जम्मा    १४६     १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०


माथिको तालिका नं. ४ अनुसार गर्भवस्थामा आइरन चक्की एक पटक खानेको संख्या ४० जना अर्थात् २७.४ प्रतिशत, दुई पटक खानेको संख्या ३२ जना अर्थात् २१.९१ प्रतिशत, तीन पटक खानेको संख्या ३४ जना अर्थात् २३.२९ प्रतिशत र चार पटक खानेको संख्या ४० जना अर्थात् २७.४ प्रतिशत रहेको पाइयो । जसलाई तलको चित्रमा अझ प्रष्ट रुपमा देख्न सकिन्छ ।

४.५ उत्तरदाताहरुले गर्भवस्थामा पौष्टिकयुक्त खानाहरु खाएको सम्बन्धी विवरण
गर्भवती भएको बेलामा पौष्टिकयुक्त खाना खानु अनिवार्य हुन्छ  तर हाम्रो समाजको अवस्था हेर्दा कतिले त पेट भरि खान पाएको भरमा सन्तोष मान्नु परिरहेको अवस्था छ भने कतिपयले सामान्य खाना खाइरहनु पर्ने अवस्था पाइन्छ । विहान बेलुकाको छाक टार्न धौ धौ भइरहेको अवस्थामा पौष्टिकयुक्त खानाबारे जानकारी नभएको अवस्था पनि रहेको छ । यसरी अध्ययन क्षेत्रमा गर्भवस्थामा पौष्टिकयुक्त खानाहरु खाएको विवरणलाई अझ प्रष्ट रुपमा तलको तालिकामा प्रस्तुत गरेकी छु ।

तालिका नं. ५
गर्भवस्थामा पौष्टिकयुक्त खानाहरु खाएको सम्बन्धी विवरण

क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    सामान्य खाना खाए    ४१    २८.०८
२    पाए सम्म पौष्टिकयुक्त खाना मिलाएर खाए    ५५    ३७.६७
३    पौष्टिकयुक्त खाना बारे जानकारी नै छैन    २२    १५.०७
४    पेटभरि खान पाए भयो    २८    १९.१८
    जम्मा    १४६     १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

मथिको तालिका नं. ६ बाट के स्पष्ट हुन्छ भने सामान्य खाना खाए भन्नेमा ४१ जना अर्थात् २८.०८ प्रतिशत, पाए सम्म पौष्टिकयुक्त खाना मिलाएर खाए भन्नेमा ५५ जना अर्थात् ३७.३७ प्रतिशत, पौष्टिकयुक्त खाना बारे जानकारी नै छैन भन्नेमा २२ जना अर्थात् १५.०७ प्रतिशत र पेटभरि खान पाए भयो भन्नेमा २८ जना अर्थात् १९.१८ प्रतिशत रहेको पाइयो । जसलाई तल चित्रमा प्रस्तुत गरेकी छु ।



४.६ उत्तरदाताहरुको परिवारको प्रकार सम्बन्धी विवरण
संयुक्त परिवारको चलन बढि नै रहेको कतिपय हाम्रो समाजमा आजकल एकल परिवारको पनि बाहुल्यता बढिरहेको अवस्था छ । संयुक्त परिवारमा बस्दा छोराछोरी हुर्काउन सजिलो हुन्छ भन्ने भनाई पनि पाइन्छ भने कतिपयले एकल परिवारमा यस सबै मानिसहरुको विचारमा भर पर्दछ । दुवै प्रकारको परिवारको आफ्नो–आफ्नो फाइदा र बेफाइदा रहेको पाइन्छ । यसरी यस अध्ययनमा उत्तरदाताहरुको परिवारको प्रकार सम्बन्धी विवरणलाई प्राप्त सूचनाको आधारमा तल तालिका नं. ६ मा प्रस्तुत गरेकी छु ।

तालिका नं. ६
परिवारको प्रकार सम्बन्धी विवरण



क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    एकल    ६०    ४१.१०
२    संयुक्त    ८६    ५८.९०
        १४६    १००

स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

माथिको तालिका नं. ६ अनुसार हेर्दा एकल परिवारको संख्या ६० जना अर्थात् ४१.१० प्रतिशत र संयुक्त परिवारको संख्या ८६ जना अर्थात् ५८.९० प्रतिशत रहेको छ जस अनुसार संयुक्त परिवार बढि रहेको पाइयो भने एकल परिवारको प्रवलता पनि सबल नै रहेको देखिन्छ । यस विवरणलाई अझ प्रष्ट पार्नको लागि तल चित्रमा प्रस्तुत गरेकी छु ।








४.७ उत्तरदाताहरुको पेशागत विवरण
मनिसहरु जीवन निर्वाहका क्रममा विभिन्न किसिमका पेशा व्यवसाय अँगाल्दै आएको पाइन्छ । तर पनि महिलाहरु परापूर्वकाल देखि चुलोचौकामा घरगृस्थीमा व्यस्त रहिआएको पाइन्छ । यसरी उत्तरदाताहरुको पेशागत विवरणलाई प्राप्त तथ्याङ्कको आधारमा तालिका सातमा प्रष्ट रुपमा प्रस्तुत गरेकी छु ।
तालिका नं. ७
पेशागत विवरण

क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    गृहिणी    ८५    ५८.२२
२    कृषि÷ज्यामि    ४१    २८.०८
३    व्यवसाय    १६    १०.९६
४    जागिर    ४    २.७३
    जम्मा    १४६     १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

माथिको तालिका नं. सात अनुसार सबै भन्दा बढि गृहिणीमा ८५ जना अर्थात् ५८.२२ प्रतिशत, कृषि÷ज्यामिमा ४१ जना अर्थात् २८.०८ प्रतिशत, व्यवसायमा १६ जना अर्थात् १०.९६ प्रतिशत र जागिरमा सबै भन्दा थोरै ४ जना अर्थात् २.७३ प्रतिशत संलग्न रहेको धारणा व्यक्त भएको  पाइयो । यस विवरणलाई तालिका अनुसार तल चित्रमा प्रस्तुत गरेकी छु ।



४.८ उत्तरदाताहरुको शैक्षिक विवरण
 कुनै पनि आमा शिक्षित हुनु उसको परिवार, समाज र राष्ट्रको उन्नति तथा विकासको निम्ति राम्रो सूचक हो । शिक्षाले नै ज्ञानको ज्योती छर्दै समाजमा रहेका कुसंस्कार, कुरीतिरिवान र नकरात्मक सोचाईलाई परिवर्तन गरी समाजको विकासमा टेवा पु¥याउँदछ । अध्ययन क्षेत्रमा प्राप्त शैक्षिक विवरणलाई तल तालिकामा प्रस्तुत गरेकी छु ।

तालिका नं. ८
शैक्षिक विवरण

क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    निरक्षर    २२    १५.०७
२    साक्षर    २०    १३.७
३    प्राथमिक तह    ३०    २०.५५
४    माध्यमिक तह    ५९    ४०.४१
५    उच्च शिक्षा    १५    १०.२७
    जम्मा    १४६     १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

मथिको तालिका अनुसार निरक्षरमा २२ जना अर्थात् १५.०७ प्रतिशत, साक्षरमा २० जना अर्थात् १३.७ प्रतिशत, प्राथमिक तहमा ३० जना अर्थात् २०.५५ प्रतिशत, माध्यमिक तहमा ५९ जना अर्थात् ४०.४१ प्रतिशत र उच्च शिक्षामा १५ जना अर्थात् १०.२७ प्रतिशत रहेको पाइयो । जसलाई तल चित्रद्धारा प्रस्तुत गरेकी छु ।



४.९ उत्तरदाताहरुको श्रीमान्को पेशागत विवरण
सुरक्षित मातृत्वको अभ्यासमा श्रीमान्को पेशा पनि महत्वपूर्ण पक्षको रुपमा रहेको हुन्छ । पेशा जसले आर्थिक अवस्थालाई प्रष्ट पार्दछ । परिवारको आर्थिक अवस्थाले पनि परिवारको स्थितिमा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । महिलाहरुलाई गर्भवती भएको सुरु अवस्था देखि बच्चा जन्मिए पछि सम्मको अवस्थामा श्रीमानको सहयोगको आवश्यकता हुन्छ तर उसको पेशाले गर्दा चाहेर पनि सहयोग गर्न नसकिरहेको अवस्था पनि पाइन्छ । उत्तरदाताहरुको श्रीमानको पेशागत विवरणको अवस्थालाई हेर्दा अध्ययन क्षेत्रबाट प्राप्त तथ्याङ्कलाई तलको तालिकामा प्रस्तुत गरेकी छु । 

तालिका नं. ९
श्रीमान्को पेशागत विवरण

क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    कृषि    १६    १०.९६
२    व्यवसाय    ९    ६.१६
३    मजदुरी    २३    १५.७५
४    वैदेशिक रोजगार    ४९    ३३.५६
५    अन्य    ४९    ३३.५६
    जम्मा    १४६     १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

मथिको तालिका अनुसार श्रीमानको पेशागत विवरणमा कृषि पेशामा १६ जना अर्थात् १०.९६ प्रतिशत, व्यवसायमा ९ जना अर्थात् ६.१६ प्रतिशत, मजदुरीमा २३ जना अर्थात् १५.७५ प्रतिशत, वैदेशिक रोजगारमा ४९ जना अर्थात् ३३.५६ प्रतिशत र अन्यमा ४९ जना अर्थात् ३३.५६ प्रतिशत रहेको पाइयो । माथि तालिकाबाट प्राप्त विवरणलाई तल चित्रमा प्रस्तुत गरेकी छु ।






४.१० उत्तरदाताहरुले गर्भवस्थामा स्वास्थ्य परिक्षण गराउने स्थान सम्बन्धी विवरण
गर्भवती भएको अवस्थामा स्वास्थ्य परिक्षण गराउनु आवश्यक छ तर गर्भवती भएका मध्ये कति जनाले त विविध कारणवश स्वास्थ्य परिक्षण नगराएको अवस्था पनि रहिआएको छ । गर्भवस्थामा स्वास्थ्य परिक्षण गराउन जाने स्थान सम्बन्धी विवरणलाई प्राप्त तथ्याङ्कको आधारमा तल तालिकामा प्रस्तुत गरेकी छु ।

तालिका नं. १०
गर्भवस्थामा स्वास्थ्य परिक्षण गराउने स्थान सम्बन्धी विवरण

क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    स्वास्थ्यचौकी    ६४    ४३.८४
२    अस्पताल    २०    १३.७
३    मेडिकल    १७    ११.६४
४     परिक्षण नै गराएन÷अन्य    ४५    ३०.८२
    जम्मा    १४६     १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

माथिको तालिका अनुसार स्वास्थ्यचौकी गएर परिक्षण गराउनेको संख्या ६४ जना अर्थात् ४३.८४ प्रतिशत, अस्पतालमा गएर स्वास्थ्य परिक्षण गराउनेमा २० जना अर्थात् १३.७ प्रतिशत, मेडिकलमा स्वास्थ्य परिक्षण गराउनेमा १७ जना अर्थात् ११.६४ प्रतिशत र परिक्षण नै गराएन÷अन्य भन्नेमा ४५ जना अर्थात् ३०.८२ प्रतिशत रहेको पाइयो । तल चित्रमा अझ प्रष्ट रुपमा बुझ्न सकिने गरी प्रस्तुत गरेकी छु ।





४.११ उत्तरदाताहरुको सुत्केरी अवस्थामा सहयोगी सम्बन्धी विवरण
सुत्केरी अवस्थामा सहयोगीको आवश्यकता पर्दछ । त्यसमा पनि अनुभवी, दक्ष सहयोगी भएमा राम्रोसँग सुत्केरी हुनमा सहयोग पुग्दछ । सुत्केरी हुन नसक्दा र उपयुक्त उपायको प्रयोग गर्न नसक्दा कति आमाहरुले अकालमा ज्यान गुमाउनु परिरहेको अवस्था पनि छ । अध्ययन क्षेत्रमा यस सम्बन्धी विवरणको प्राप्त तथ्याङ्कलाई तलको तालिकामा स्पष्ट रुपमा प्रस्तुत गरेकी छु ।


तालिका नं. ११
सुत्केरी अवस्थामा सहयोगी सम्बन्धी विवरण


क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    नर्स    २४    १६.४४
२    स्वास्थ्य स्वयम्सेविका    २६    १७.८०
३    छिमेकी÷साथी    ३२    २१.९२
४    सुडेनी    २०    १३.७
५    सासु÷आमा    ४४    ३०.१४
    जम्मा    १४६     १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

माथिको तालिका अनुसार सुत्केरी अवस्थाको सहयोगी सम्बन्धमा नर्स भन्नेको संख्या २४ जना अर्थात् १६.४४ प्रतिशत, स्वास्थ्य स्वयम्सेविका भन्नेको संख्या २६ जना अर्थात् १७.८० प्रतिशत, छिमेकी÷साथी भन्नेको संख्या ३२ जना अर्थात् २१.९२ प्रतिशत, सुडेनी भन्नेको संख्या २० जना अर्थात् ३०.१४ प्रतिशत र सासु÷आमा भन्नेको संख्या ४४ जना अर्थात् ३०.१४ प्रतिशत रहेको पाइयो । जसलाई तल चित्रमा प्रस्तुत गरेकी छु ।



४.१२ उत्तरदाताहरुको धर्म अनुसारको विवरण
नेपालमा विभिन्न धर्म मान्ने मानिसहरु बसोबास गर्ने गर्दछन् । जस्तै हिन्दु, बौद्ध, क्रिश्चियन आदि । यस्तै अध्ययन क्षेत्रमा धर्म अनुसार प्राप्त तथ्याङ्कलाई निम्ननुसार तालिकामा प्रस्तुत गरेकी छु ।

तालिका नं. १२
धर्म अनुसारको विवरण

क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    हिन्दु    ११४    ७८.०८
२    बौद्ध    २०    १३.७
३    क्रिश्चियन    २    १.३७
४    अन्य    १०    ६.८५
    जम्मा    १४६     १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

मथिको तालिका अनुसार धर्म अनुसारको विवरणमा प्राप्त तथ्याङ्क अनुसार सबै भन्दा धेरै हिन्दु धर्म मान्नेहरु र जसमा ११४ जना अर्थात् ७८.०८ प्रतिशत, बौद्ध धर्म मान्नेमा २० जना अर्थात् १३.७ प्रतिशत, क्रिश्चियन धर्म मान्नेमा २ जना अर्थात् १.३७ प्रतिशत र अन्यमा १० जना अर्थात् ६.८५ प्रतिशत रहेको पाइयो । तल चित्रमा प्रस्तुत गरिएको छ ।





 ४.१३ उत्तरदाताहरुको विवाह गर्दाको उमेर अनुसार विवरण
विवाह गर्दाको उमेर जसले सुरक्षित मातृत्वमा प्रभाव पारिरहेको छ । यस उमेरको कारण पनि आमाको स्वास्थ्यमा प्रत्यक्ष भूमिका खेलेको हुन्छ । छोरी अरुको घरमा जाने जात हो, छिटै विवाह गरिदिनु पदर्छ घरको बोझ कम हुन्छ भन्ने सोचाई कतिले खुलेर भनिरहेका र सोचिरहेका हुन्छन् भने कतिपयले बुझेर पनि बुझ पचाइरहेका हुन्छन् र छोरीलाई सानै वा कम उमेरमा विवाह गरिदिने गरेको पाइन्छ । अध्ययन क्षेत्रमा विवाह गर्दाको उमेर अनुसार विवरणलाई प्राप्त तथ्याङ्क अनुसार तलको तालिकामा प्रस्तुत गरेकी छु ।

तालिका नं. १३
विवाह गर्दाको उमेर अनुसार विवरण

क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    १५–१९    ९३    ६३.७
२    २०–२४    ३२    २१.९२
३    २५–२९    १४    ९.५९
४    ३० माथि    ७    ४.७९
    जम्मा    १४६    १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

माथिको तालिका अनुसार १५–१९ वर्षमा विवाह गर्नेहरुको संख्या ९३ जना अर्थात् ६३.७ प्रतिशत, २०–२४ वर्षमा विवाह गर्नेहरुको संख्या ३२ जना अर्थात् २१.९२ प्रतिशत, २५–२९ वर्षमा विवाह गर्नेहरुको संख्या १४जना अर्थात् ९.५९ प्रतिशत र ३० वर्ष माथि विवाह गर्नेहरुको संख्या ७ जना अर्थात् ४.७९ प्रतिशत रहेको पाइयो । जहाँ सबै भन्दा बढि १५–१९ वर्षमा विवाह गर्नेको संख्या रहेको पाइयो । प्रष्ट रुपमा बुझ्नको लागि तल चित्रमा प्रस्तुत गरेकी छु ।




४.१४ उत्तरदाताहरुले गर्भवती भएको जानकारी घरपरिवारमा नगराएको सम्बन्धी विवरण
हाम्रो समाजमा अझै सम्म पनि गर्भवती भएको जानकारी घरपरिवारमा खुलेर भन्न नसकिरहेको अवस्था छ । कतिपय अवस्थामा कतिले लाज मानेर त कतिलाई फूर्सत नभएर, डर लागेर र घरमा मान्छे नभएर जस्ता विविध कारण जसले घरपरिवारमा जानकारी नगराएको बारेमा अध्ययन क्षेत्रबाट प्राप्त सूचनालाई तलको तालिकामा प्रस्तुत गरेकी छु ।

तालिका नं. १४
गर्भवती भएको जानकारी घरपरिवारमा नगराएको सम्बन्धी विवरण


क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    लाज लागेर    ४०    २७.४
२    फुर्सत नभएर    २७    १८.४९
३    डर लागेर    १९    १३.०१
४    घरमा मान्छे नभएर    ६०    ४१.०९
    जम्मा    १४६    १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०
माथिको तालिकामा प्रस्तुत गरे अनुसार गर्भवती हुँदा घरपरिवारमा जानकारी नगराएको सम्बन्धमा हेर्दा लाज लागेर भन्नेमा ४० जना अर्थात् २७.४ प्रतिशत, फुर्सत नभएर भन्नेमा २७ जना अर्थात् १८.४९ प्रतिशत , डर लागेर भन्नेमा १९ जना अर्थात् १३.०१ प्रतिशत र घरमा मान्छे नभएर भन्नेमा ६० जना अर्थात् ४१.०९ प्रतिशत भन्ने धारणा व्यक्त भएको पाइयो । यसलाई अझ प्रष्ट गरी बुझ्नको लागि तल चित्रमा प्रस्तुत गरेकी छु ।

.१५ उत्तरदाताहरुको छोराछोरी संख्या सम्बन्धी विवरण
छोराछोरीको संख्याले गर्दा पनि सुरक्षित मातृत्वको अवस्थालाई आँकलन गर्न सकिन्छ । छोराको आसमा धेरै सन्तान जन्माउने चलन कैयौ समाजमा अझै सम्म पनि विद्यमान छ । अध्ययन क्षेत्रमा उत्तरदाताहरुको छोराछोरी संख्या सम्बन्धी विवरणलाई प्राप्त तथ्याङ्कको आधारमा तलको तालिकामा प्रस्तुत गरेकी छु ।
तालिका नं. १५
छोराछोरी संख्या सम्बन्धी विवरण

क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    एक    ४१    २८.०८
२    दुई    ५४    ३६.९९
३    तीन    ३५    २३.९७
४    अन्य    १६    १०.९६
    जम्मा    १४६    १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

माथिको तालिका नं. १५ अनुसार एउटा बच्चा जन्माउनेको संख्या ४१ अर्थात् २८.०८ प्रतिशत, दुई वटा बच्चा जन्माउनेको संख्या ५४ जना अर्थात्३६.९९ प्रतिशत, तीन वटा बच्चा जन्माउनेको संख्या ३५ जना अर्थात् २३.९७ प्रतिशत र अन्यमा १६ जना अर्थात् १०.९६ प्रतिशत रहेको पाइयो । जसलाई प्रष्ट हुनेगरी तल चित्रमा प्रस्तुत गरेकी छु ।



४.१६ उत्तरदाताहरुले गर्भधारण गरे देखि बच्चा जन्मेको छ महिना सम्म घरपरिवारको सहयोग पाएको सम्बन्धी विवरण
गर्भवती भएको अवस्थामा पर्याप्त मात्रामा घरपरिवारको सहयोगको खाँचो आवश्यकता हुन्छ तर पनि हाम्रो समाजमा विविध सामाजिक तथा सांस्कृतिक, आर्थिक कारण घरपरिवारको सहयोग नपाइरहेको अवस्था पनि छ । यस अध्ययनमा यस सम्बन्धी प्राप्त तथ्याङ्कलाई तलको तालिकामा प्रस्तुत गरेकी छु ।
तालिका नं. १६
गर्भधारण गरे देखि बच्चा जन्मेको छ महिना सम्म घरपरिवारको सहयोग पाएको सम्बन्धी विवरण


क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    धेरै राम्रो    २७    १८.४९
२    राम्रो    २९    १९.८६
३    मध्यम    ३९    २६.७१
४    पाइएन    ५१    ३४.९३
    जम्मा    १४६    १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

माथिको तालिकालाई हेर्दा घरपरिवारको सहयोग धेरै राम्रो पाइयो भन्नेमा २७ जना अर्थात् १८.४९ प्रतिशत, राम्रो भन्नेमा २९ जना अर्थात् १९.८६ प्रतिशत, मध्यम भन्नेमा ३९ जना अर्थात् २६.७१ प्रतिशत र पाइएन भन्नेमा ५१ जना अर्थात् ३४.९३ प्रतिशत रहेको पाइयो । जहाँ घरपरिवारको सहयोग पाइएन भन्नेको संख्या बढि रहेको पाइयो । अझ प्रष्ट हुनको लागि तल चित्रमा प्रस्तुत गरिएको छ ।





४.१७ उत्तरदाताहरुले गर्भवती अवस्थामा स्वास्थ्य परिक्षण गरेको सम्बन्धी विवरण
गर्भवती अवस्थामा स्वास्थ्य परिक्षण गराउन जरुरी छ तर कतिपय कारणहरुले गर्दा आवश्यकता अनुसारको परिक्षण नगराइएको पाइन्छ । त्यसैले गर्दा कतिपय अवस्थामा पेटमा बच्चा मरेको अथवा रहनु पर्ने स्थानमा नभएको कारण आमा र बच्चाको स्थिति मृत्युको मुखमा पुग्न सक्दछ अध्ययन क्षेत्रमा गर्भवती अवस्थामा स्वास्थ्य परिक्षण गरेको सम्बन्धी विवरणलाई प्राप्त तथ्याङ्कको आधारमा तलको तालिकामा प्रस्तुत गरेकी छु । 
तालिका नं. १७
गर्भवती अवस्थामा स्वास्थ्य परिक्षण गरेको सम्बन्धी विवरण
क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    एक पटक    २९    १९.८६
२    दुई पटक    ६६    ४५.२१
३    तीन पटक    २०    १३.७
४    चार पटक    ३१    २१.२३
    जम्मा    १४६    १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०
माथिको तालिकामा उल्लेख भए अनुसार गर्भवती अवस्थामा स्वास्थ्य परिक्षण एक पटक गराएको भन्नेमा २९ जना अर्थात् १९.८६ प्रतिशत, दुई पटक परिक्षण गराएको भन्नेमा ६६ जना अर्थात् ४५.२१ प्रतिशत, तीन पटक परिक्षण गराएको भन्नेमा २० जना अर्थात् १३.७ प्रतिशत र चार पटक परिक्षण गराउनेको संख्या ३१ जना अर्थात् २१.२३ प्रतिशत रहेको पाइयो । जसलाई तल चित्रमा प्रस्तुत गरेकी छु ।





४.१८ उत्तरदाताहरु गर्भवती हुँदा स्वास्थ्य परिक्षण गर्न जाने व्यक्ति सम्बन्धी विवरण
गर्भवती हुँदा स्वास्थ्य परिक्षण गर्न जादा कोसँग गएको थियो भन्ने जानकारी अथवा जिज्ञासामा सोधिएको प्रश्नमा विभिन्न विवरणमा विभिन्न धारणाहरु प्राप्त भएको छ अध्ययन क्षेत्रमा प्राप्त तथ्याङ्कलाई तलको तालिकामा प्रस्तुत गरेकी छु ।
तालिका नं. १८                                                              गर्भवती हुँदा स्वास्थ्य परिक्षण गर्न जाने व्यक्ति सम्बन्धी विवरण
क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    श्रीमान    १७    ११.६४
२    सासु    २२    १५.०७
३    आफ्नै आमा    ५०    ३४.२५
४    नन्द     ११    ७.५३
५    साथी    ४६    ३१.५१
    जम्मा    १४६    १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

माथिको तालिकामा उल्लेख भए अनुसार श्रीमानसँग स्वास्थ्य परिक्षण गर्न जानेको संख्या १७ जना अर्थात ११.६४ प्रतिशत, सासुसँग जानेको संख्या २२ जना अर्थात् १५.०७ प्रतिशत, आफ्नै आमासँग जानेको संख्या ५० जना अर्थात ३४.२५ प्रतिशत, नन्दसँग जानेको संख्या ११ जना अर्थात् ७.५३ प्रतिशत र साथीसँग जानेको संख्या ४६ जना अर्थात् ३१.५१ प्रतिशत रहेको पाइयो । जसलाई तल चित्रमा अझ प्रष्ट हुनेगरी प्रस्तुत गरेकी छु ।



४.१९ उत्तरदाताहरुमा सुत्केरी भएपछि न्वारान नहुँदा सम्मको दिनमा छुन हुदैन भन्ने सम्बन्धि विवरण
आज समाज २१ औ शताब्दीमा प्रवेश गरिसक्दा पनि विभिन्न अन्धविश्वास, परम्परागत सोचाईहरु चलन चल्तीमा रहिआएको अवस्था छ । विभिन्न गलत सोचाईहरुलाई निरन्तरता दिईरहेको पाइन्छ । यसरी अध्ययन क्षेत्रमा सुत्केरी भएपछि न्वारन नहुँदा सम्मको दिनमा छुन हुदैन भन्ने सम्बन्धि विवरणमा प्राप्त तथ्याङ्कलाई तलको तालिकामा प्रस्तुत गरेकी छु ।
तालिका नं. १९                                                                सुत्केरी भएपछि न्वारान नहुँदा सम्मको दिनमा छुन हुदैन भन्ने सम्बन्धि विवरण
क्र.सं.    विवरण    संख्या (जना)    प्रतिशत
१    पहिलै देखि चलि आएको चलन भएर    ४९    ३३.५६
२    सामाजिक परम्परा भएकोले    २४    १६.४४
३    शिक्षा र चेतनाको कमीले    ३७    २५.३४
४    रोगहरुबाट बच्न    १४    ९.५९
५    अन्य    २२    १५.०७
    जम्मा    १४६    १००
स्रोत प्रतिवेदन रिपोर्ट ः २०७०

माथिको तालिकाबाट के प्रष्ट हुन्छ भने पहिलै देखि चलिआएको चलन भएर भन्नेमा ४९ अर्थात् ३३.५६ प्रतिशत, सामाजिक परम्परा भएकोले भन्नेमा २४ जना अर्थात् १६.४४ प्रतिशत, शिक्षा र चेतनाको कमीले भन्नेमा ३७ जना अर्थात् २५.३४ प्रतिशत, रोगहरुबाट बच्न भन्नेमा १४ जना अर्थात् ९.५९ प्रतिशत र अन्यमा २२ जना १५.०७ प्रतिशत धारणा व्यक्त भएको पाइयो । जसलाई अझ प्रष्ट रुपमा हेर्न र बुझ्न तलको चित्रमा प्रस्तुत गरेकी छु ।



अध्याय – पाँच                                                       सारांश, प्राप्ति, निष्कर्ष तथा सुझाव
५.१ सारांश
आजको २१ औ शताब्दी सम्म आइपुग्दा पनि सुरक्षित मातृत्व सम्बन्धी स्पष्ट हुन नसकेको अवस्था रहेको छ । समाजमा रहेको परम्परागत सोचाई निरन्तरता दिनुका साथै अचेतनाको कारण प्रभाव परिरहेको छ । विभिन्न सामाजिक तथा सांस्कृतिक पक्षहरु जसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको पाइन्छ । सरकारी, गैरसरकारी संघसंस्थाबाट प्रयास गरेतापनि पूरा रुपमा सफल हुन नसकिरहेको अवस्था छ ।
तनहूँ जिल्लाको भानु गा.वि.स. वडा नं. ५को भन्सार बजारमा रहेको १५ देखि ४९ वर्षको कम्तिमा १ वटा बच्चा भएको विवाहित महिलाहरुलाई अध्ययन जनसंख्याको रुपमा लिई संरचित अन्तर्वार्ता सूचीको प्रयोग गरी सो स्थानमा सामाजिक तथा सांस्कृतिक पक्षहरुको सुरक्षित मातृत्वको अभ्याससँगको सम्बन्ध बारेमा अध्ययनको निश्चित उद्देश्य, विधि र सिमा भित्र रहेर प्रतिवेदन तयार गर्ने काम गरियो । जसमा उत्तरदाताहरुको सुरक्षित मातृत्वको जानकारी सम्बन्धी विवरण, सुरक्षित मातृत्व बारेमा जानकारी पाउने माध्यमको विवरण, बच्चा जन्माएको स्थान सम्बन्धी विवरण, परिवाको प्रकार सम्बन्धी विवरण, गर्भावस्थामा आइरन चक्की खाएको सम्बन्धी विवरण, गर्भावस्थामा पौष्टिकयुक्त खानाहरु खाएको सम्बन्धी विवरण, पेशागत विवरण, शैक्षिका विवरण, श्रीमान्को पेशागत विवरण, गर्भावस्था स्वास्थ्य परिक्षण गराउने स्थान सम्बन्धी विवरण, सुत्केरी अवस्थामा सहयोगी सम्बन्धी विवरण, धर्म अनुसारको विवरण, विवाह गर्दाकाृ उमेर अनुसारको विवरण, गर्भवती भएको जानकारी घरपरिवारमा नगराएको सम्बन्धी विवरण, छोराछोरी संख्या सम्बन्धी विवरण गर्भधारण गरे देखि बच्चा जन्मेको छ महिना सम्म घरपरिवारको सहयोग पाएको सम्बन्धी विवरण, गर्भवती हुँदा स्वास्थ्य परिक्षण गर्न जाने व्यक्ति सम्बन्धी विवरण र सुत्केरी भएपछि न्वारन नहुँदा सम्मको दिनमा छुन हुदैन भन्ने सम्बन्धी विवरण रहेको छ र उक्त विवरणमा अध्ययन क्षेत्रबाट प्राप्त तथ्यांङ्कहरुलाई व्याख्या, विश्लेषण सँगै तालिकिकरण र चित्रमा प्रस्तुत गर्ने काम गरिएको त गर्ने काम गरेकी छु ।
अन्तमा समग्रमा भन्नुपर्दा शिक्षा र चेतनाको कमि, आर्थिक स्थिति, परम्परागत सोचाई आदि पक्षहरुले सुरक्षित मातृत्वको अभ्यासमा प्रभाव पारेको देखिन्छ ।
५.२ प्राप्ति
केहि निश्चित उद्देश्यहरुका प्राप्तिका लागि नै स्थलगत अध्ययन सर्वेक्षण गर्ने गरिन्छ । यहाँ सामाजिक तथा सांस्कृतिक पक्षहरुको सुरक्षित मातृत्व सम्बन्धी अभ्याससँगको सम्बन्ध भन्ने विषयलाई आफ्नो अध्ययनको मुख्य विषयवस्तु बनाएर तनहूँ जिल्लाको भानु गा.वि.स. को वडा नं. ५ मा गरिएको अध्ययनबाट प्राप्त नतिजाहरुलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।
५.२.१ अध्ययन क्षेत्रमा १५ देखि ४९ वर्षका कम्तिमा एक वटा बच्चा भएको विवाहित     महिलाहरु १४६ जना रहेको पाइयो ।
५.२.२ उत्तरदाताहरुको सुरक्षित मातृत्वको जानकारी सम्बन्धी विवरणमा सुरक्षित बच्चा     जन्माउने भन्नेमा ४८ (३२.८६ प्रतिशत) जना, बच्चा गर्भमा रहे देखि बच्चा     नजन्मनुनजेल हेर विचार गर्नु भन्नेमा २५ (१७.१२ प्रतिशत) जना, बच्चा गर्भमा रहे     देखि जन्मेको छ महिना सम्म स्याहार सुसार गर्नुमा ४४ (३०.१४प्रतिशत) जना र केही     जानकारी छैन भन्नेमा २९ (१९.८६   प्रतिशत) जनाको धारणा व्यक्त भएको पाइयो ।
५.२.३ सुरक्षित मातृत्व बारेमा जानकारी पाउने माध्यम सम्बन्धमा हेर्दा रेडियो÷ टेलिभिजनबाट     थाहा पाउनेमा ३० (२०.५५ प्रतिशत) जना, पत्रपत्रिकाबाट थाहा पाउनेमा ९ (६.१६     प्रतिशत) जना, स्वास्थ्य स्वयम् सेविका छिमेकी तथा साथीहरुबाट थाहा पाउनेमा ४४ (    ३०.१४ प्रतिशत) जना र केही जानकारी छैन भन्नेमा ६३ (४३.१५ प्रतिशत) जना रहेको     पाइयो ।
५.२.४ परिवारको प्रकार सम्बन्धी विवरणमा एकल परिवार भन्नेमा ६० (४१.१० प्रतिशत) जना     र संयुक्त परिवार भन्नेमा ८६ (५८.९० प्रतिशत) जना रहेको पाइयो ।
५.२.५ गर्भवस्थामा आइरन चक्की खाएको सम्बन्धी विवरणमा एक पटक खानेमा ४० (२७.४०      प्रतिशत) जना, दुई पटक खानेमा ३२ (२१.९१ प्रतिशत) जना, तीन पटक खानेमा ३४ (    २३.२९ प्रतिशत) जना र चार पटक खाने ४० (२७.४० प्रतिशत) जना रहेको पाइयो ।
५.२.६ गर्भावस्थामा पौष्टिकयुक्त खानाहरु खाएको सम्बन्धमा सामान्य खाना खाए भन्नेमा ४१ (    २८.०८ प्रतिशत) जना, पाए सम्म पौष्टिकयुक्त खाना मिलाएर खाए भन्नेमा ५५ (    ३७.६७  प्रतिशत) जना, पौष्टिकयुक्त खाना बारेमा केहि जानकारी नै छैन भन्नेमा २२ (    १५.०७ प्रतिशत) जना र पेट भरि खान पाए भयो भन्नेमा २८ (१९.१८ प्रतिशत)     धारणा व्यक्त भएको पाइयो ।
५.२.७ पेशागत विवरण अनुसार गृहिणीमा ८५ (५८.२२ प्रतिशत) जना, कृषि÷ज्यामिमा ४१ (    २८.०८ प्रतिशत) जना, व्यवसायमा १६ (१०.९६ प्रतिशत) जना र जागिरमा ४ (२.७३     प्रतिशत) जना आबद्ध रहेको पाइयो ।
५.२.८ शैक्षिक स्थितीलाई हेर्दा निरक्षरमा २२ (१५.०७ प्रतिशत) जना, साक्षरमा २० (१३.७     प्रतिशत) जना, प्राथमिक तहमा ३० (२०.५५ प्रतिशत) जना , माध्यमिक तहमा ५९ (    ४०.४१ प्रतिशत) जना र उच्च शिक्षामा १५ (१०.२७ प्रतिशत) जना रहेको पाइयो ।
५.२.९ श्रीमानको पेशागत विवरण अनुसार कृषिमा १६ (१०.९६ प्रतिशत) जना, व्यवसायमा ९     (६.१६ प्रतिशत) जना, मजदुरीमा २३ (१५.७५ प्रतिशत) जना, वैदेशिक रोजगारमा ४९     (३३.५६ प्रतिशत) जना र अन्यमा ४९ ३३.५६ प्रतिशत) जना रहेको पाइयो ।
५.२.१० गर्भावस्थामा स्वास्थ्य परिक्षण गराउने स्थान सम्बन्धी विवरण अनुसार स्वास्थ्यचौकी      जाने ६४ (४३.८४ प्रतिशत) जना, अस्पताल जाने २० (१३.७० प्रतिशत) जना,     मेडिकल जाने १७ (११.६४ प्रतिशत) जना र परिक्षण नै गराएन÷अन्य भन्नेमा ४५(    ३०.८२ प्रतिशत) जनाको धारणा व्यक्त भएको पाइयो ।
५.२.११ सुत्केरी अवस्थामा सहयोगी सम्बन्धी विवरण अनुसार नर्स २४ (१६.४४ प्रतिशत) जना     रहेको, स्वास्थ्य स्वयम् सेविका २६ (१७.८ प्रतिशत) जना रहेको, छिमेकी÷साथी ३२ (    २१.९२ प्रतिशत) जना रहेको, सुडेनी २० (१३.७० प्रतिशत) जना रहेको र सासु÷आमा     ४४ (३०.१४ प्रतिशत) प्रतिशत रहेको पाइयो ।
५.२.१२ धर्म अनुसारको विवरणमा हिन्दु धर्म मान्नेहरु सबै भन्दा बढि ११४ (७८.०८ प्रतिशत)     जना, बौद्ध धर्म मान्नेहरु २० (१३.७० प्रतिशत) जना, क्रिश्चियन धर्म मान्नेहरु २ (१.३७     प्रतिशत) जना र अन्यमा १० (६.८५ प्रतिशत) जना रहेको पाइयो ।
५.२.१३ विवाह गर्दाको उमेर अनुसार विवरणमा १५–१९ वर्षमा विवाह गर्ने ९३ (६३.७०     प्रतिशत) जना, २०–२४ वर्षमा विवाह गर्ने ३२ (२१.९२ प्रतिशत) जना,२५–२९ वर्षमा     विवाह गर्ने १४ (९.५९ प्रतिशत) जना र ३० वर्ष माथि विवाह गर्नेको संख्या ७ (४.७९     प्रतिशत) जना रहेको पाइयो ।
५.२.१४ गर्भवती भएको जानकारी घरपरिवारमा नगराएको सम्बन्धी विवरण अनुसार लाज     लागेर भन्नेमा ४० (२७.४ प्रतिशत) जना, फुर्सत नभएर भन्नेमा २७ (१८.४९ प्रतिशत)     जना, डर लागेर भन्नेमा १९ (१३.०१ प्रतिशत) र घरमा मान्छे नभएर भन्नेमा ६० (    ४१.०९ प्रतिशत) जनाको धारणा व्यक्त भएको पाइयो ।
५.२.१५ छोराछोरी संख्या सम्बन्धी विवरण अनुसार एक वटा बच्चा हुने ४१ (२८.०८ प्रतिशत)     जना, दुई वटा बच्चा हुने ५४ (३६.९९ प्रतिशत) जना, तीन बच्चा हुने ३५ (२३.९७     प्रतिशत) जना र अन्यमा १६ (१०.९६ प्रतिशत) जना रहेको पाइयो ।
५.२.१६ गर्भधारण गरे देखि बच्चा जन्मेको छ महिना सम्म घरपरिवारको सहयोग पाएको     सम्बन्धी विवरण अनुसार धेरै राम्रो सहयोग पाउने २७ ( १८.४९ प्रतिशत) जना, राम्रो     सहयोग पाउने २९ (१९.८६ प्रतिशत) जना, मध्यम सहयोग पाउने ३९ (२६.७१     प्रतिशत) र अन्यमा १६ (१०.९६ प्रतिशत) जना रहेको पाइयो ।
५.२.१७ गर्भवती अवस्थामा स्वास्थ्य परिक्षण गरेको सम्बन्धी विवरण अनुसार एक पटक     स्वास्थ्य परिक्षण गरेको भन्नेमा २९ (१९.८६ प्रतिशत) जना, दुइ पटक भन्नेमा ६६ (    ४५.२१ प्रतिशत) जना, तीन पटक भन्नेमा २० (१३.७० प्रतिशत) जना र चार पटक     भन्नेमा ३१ (२१.२३ प्रतिशत) जना रहेको पाइयो ।
५.२.१८ गर्भवती हुँदा स्वास्थ्य परिक्षण गर्न जाने व्यक्ति सम्बन्धी विवरण अनुसार श्रीमानसँग     जाने १७ (११.६४ प्रतिशत) जना, सासुसँग जाने २२ (१५.०७ प्रतिशत) जना, आफ्नै     आमासँग जाने ५० (३४.२५ प्रतिशत), नन्दसँग जाने ११ (७.५३ प्रतिशत) र साथीसँग     जाने ४६ (३१.५१ प्रतिशत) जना रहेको पाइयो ।
५.२.१९ सुत्केरी भएपछि न्वारान नहुँदा सम्मको दिनमा छुन हुदैन भन्ने सम्बन्धमा पहिलै देखि     चलि आएको चलन भएर भन्नेमा ४९ (३३.५६ प्रतिशत) जना, सामाजिका परम्परा     भएकोले भन्नेमा २४ (१६.४४ प्रतिशत) जना, शिक्षा र चेतनाको कमिले भन्नेमा ३७ (    २५.३४ प्रतिशत) जना, रोगहरुबाट बच्नको लागि भन्नेमा १४ (९.५९ प्रतिशत) जना र     अन्य भन्नेमा २२ (१५.०७ प्रतिशत) जना रहेको पाइयो ।
५.३ निष्कर्ष
स्थलगत अध्ययनका क्रममा धेरै नै जानकारीहरु प्राप्त भएका छन् । ती प्राप्त जानकारीका आधारमा निष्कर्ष निकाल्न् सकिन्छ धर्मको कुरा गर्दा हिन्दु धर्म मान्नेहरुको बाहुल्यता (७८.०८ प्रतिशत) रहेको देखिन्छ । त्यहाँका महिलाहरुको पेशाको अवस्था हेर्दा गृहिणीको संख्या बढि रहेको छ । अहिलेको अवस्था सम्म (५८.२२ प्रतिशत) रहेको छ । अहिलेको अवस्था सम्म आउँदा पनि निरक्षरको संख्या १५.०७ प्रतिशत रहेको देखिन्छ ।
लाज लागेर, डर लागेर गर्भवती भएको जानकारी घरपरिवारमा नगराउनेको संख्या पनि प्रबल नै रहेको देखिन्छ । घर परिवारको सहयोग रा्रै पाएको, सुरक्षित मातृत्वको बारेमा जानकारी हुँदा पनि घरमा बच्च जन्माउने प्रवृत्ति हावि रहेको देखिन्छ जसले सुरक्षित मातृत्वको अभ्यासमा प्रभाव पारिरहेको देखिन्छ । गर्भधारण गरे देखि बच्चा जन्मेको छ महिना सम्म घर परिवारको सहयोग नपाएकोमा ३४.९३ प्रतिशत रहेको देखिन्छ । विवाह गर्दाको उमेर हेर्दा १५–१९ वर्षमा विवाह गर्नेहरु ६३.७० प्रतिशत रहेको पाइयो छोरीलाई पनि पढाएर आत्मनिर्भर गराउनु पर्दछ छिटो विवाह गरिदिनु हुदैन भन्ने चेतनाको कमि भएको देखिन्छ । उनिहरुको श्रीमानको पेसा हेर्दा ३३.५६ प्रतिशत वैदेशिक रोजगारमा आवद्ध भएको देखिन्छ । गर्भावस्थामा पौष्टिकयुक्त खाना खानु जरुरी हुन्छ तर पेट भरि खान पाए भयो भन्ने १९.१८ प्रतिशत रहेको देखिन्छ । सुरक्षित मातृत्वको बारेमा केहि पनि थाहा नहुने अझै पनि १९.८६ प्रतिशत रहेको देखिन्छ । कतिपय अवस्थामा थाहा हुँदा हुँदै पनि संयुक्त परिवारमा बस्दा चाहेका कुराहरु भन्न हिच्किचाउने अवस्था त कतै एकल परिवारमा बस्दा श्रीमान रोजगारीको शिलशिलामा बाहिर गएको अवस्थामा त्यस अवस्थामा पाउन पर्ने जति सहयोग पाउन नसकिरहेको अवस्था देखिन्छ । सुत्केरी भएपछि न्वारान नहुँदा सम्मको दिन सम्ममा छुन हुँदैन भन्ने सम्बन्धमा सामाजिक परम्परा भएकोले, शिक्षा र चेतनाको कमिले रोगहरुबाट बच्न जस्ता बुँदा रहेता पनि पहिलै देखि चलि आएको चलन भएर भन्ने धारणा बढि व्यक्त भएको देखिन्छ ।
यसरी सामाजिक तथा सांस्कृतिक पक्षहरुको सुरक्षित मातृत्वको अभ्याससँगको सम्बन्धलाई हेर्दा यस सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरी सम्बन्धित व्यक्तिहरुको साथै सम्पुर्ण घरपरिवारको सदस्यहरुलाई जानकारी दिई सचेत गराई व्यवहारमा लागु गर्न सक्ने बनाउनु पर्ने देखियो ।
५.४ सुझावहरु
सुधारका लागि सामान्य सुझावहरु
ड्ड    कतिपयलाई सुरक्षित मातृत्वको बारेमा जानकारी नभएकोले सरकारी र निजी स्तरबाट विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।
ड्ड    उप–स्वास्थ्यचौकी, स्वास्थ्यचौकी र अस्पतालमा सुडेनी, स्वास्थ्य स्वयम्सेविका र नर्सको सहयोगमा बच्चा जन्माउनुपर्दछ भनेर प्रभावकारी कार्यक्रमहरु ल्याई प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।
ड्ड    गर्भवती अवस्थामा पर्याप्त मात्रामा आइरन चक्की र पौष्टिकयुक्त खाना खानुपर्दछ भन्ने जानकारी स्थानियस्तरमा दिनुपर्ने देखिन्छ ।
ड्ड    निरक्षर संख्यालाई विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गरी साक्षर बनाई शैक्षिक स्तरमा वृद्धि गरी अन्य व्यवसायिक सिपमूलक तालिम प्रदान गरी आत्मनिर्भर हुन मद्दत गरी उनिहरुको आर्थिक स्थितीलाई सबल तुल्याउनुपर्ने देखिन्छ ।
ड्ड    छोराछोरीलार्ई पढाएर, बढाएर, आत्मनिर्भर भएपछि विवाह गर्नुपर्दछ भन्ने ज्ञान नभएकोले गर्दा १५–१९ वर्षमा धेरैको विवाह भैसकेको देखिन्छ । त्यसैले यस संख्यालाई घटाउन यस विषयसँग सम्बन्धित नाटकहरु टेलिभिजन, रेडियो तथा स्थानिय स्तरमा प्रत्यक्ष रुपमा प्रस्तुत गर्नुपर्ने देखिन्छ ।
ड्ड    बुहारी घरको काम धन्दामा व्यस्त रहनुपर्दछ भन्ने गलत सोचाइले गर्दा गर्भवती अवस्थामा पनि काम गरिरहनुपर्ने अवस्था छ बुहारीलाई पनि छोरी सरह माया र अवसर दिनु पर्दछ भन्ने भावनाको विकास गराउन जरुरी देखिन्छ ।
ड्ड    धेरै जसोको श्रीमान वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताका कारण एकल परिवारमा बस्नेलाई समस्या परेको देखिन्छ त्यसैले सरकारी तथा गैरसरकारी तवरबाट स्वदेश अथवा स्थानीय स्तरमा रोजगारको अवसरहरु प्रदान गरीनुपर्ने देखिन्छ ।
५.४.२ आगामी अध्ययनका लागि सुझावहरु
सुरक्षित मातृत्व आफैमा गहन विषय हो । सामाजिक तथा सांस्कृतिक पक्षहरुको सुरक्षित मातृत्वको अभ्याससँगको सम्बन्धमा अध्ययन गर्न गहन अध्ययन तथा समय, स्रोत र साधनहरुको आवश्यकता पर्दछ । यस बारे जानकार हुँदाहुँदै पनि सिमित स्रोत, साधन र समयका कारणले यस अध्ययनमा निश्चित जनसंख्या र स्थानलाई समेटेर अध्ययन गरी सामान्य जानकारी दिने कोशिश गरिएको छ । यसर्थ यस विषयमा केन्द्रित रहेर अझ विस्तृत रुपमा अध्ययन गरी यससँग सम्बन्धित समस्याहरुको पहिचान गर्न थप अध्ययनहरुको आवश्यकता खड्किएको पाइन्छ । तसर्थ भावि दिनमा यस विषयसँग सम्बन्धित रहेर निमन क्षेत्रमा अध्ययन गर्न सकिने छ ।
ड्ड    शिक्षित र अशिक्षित परिवारमा सुरक्षित मातृत्वको अभ्यासमा अन्तर सम्बन्धी ।
ड्ड    सुरक्षित मातृत्व सम्बन्धित कार्यक्रमहरुको प्रभावकारीताका बारेमा ।
ड्ड    आर्थिक र मनोवैज्ञानिक पक्षहरुले सुरक्षित मातृत्व सम्बन्धी सेवा सुविधाको प्रयोगमा पारेको प्रभाव ।

Comments

  1. एक्दमै राम्रो छ!हजुर को यस रिपोरट बात धेरै कुर सिक्न पाइयो ।धन्यबाद!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

A primary teacher's action research work

An Action Research "Teacher-Students Interaction in the Nepali Medium English Classroom"

A sample of question paper for Class 12 Nepali HSEB Nepal