How to write a TPD Action research in Nepali ?
१. परिचय (Introduction) समयको बदलिंदो परिस्थितिसँगै भित्रिएको आधुनिकताले विज्ञान र प्रविधिको क्षेत्रमा तीव्र विकास भएको छ र शिक्षामा पनि यसको प्रभाव परिरहेको छ । नयाँ नयाँ ज्ञान र प्रविधिको विस्तारसँगै शैक्षिक विधि र प्रविधिहरु पनि थपिंदै गएका छन् । विकसित समयको माग अनुसार शिक्षकहरु पनि समायोजित तथा सबल बन्दै जानुपर्ने शिक्षामा थपिएका नयाँ नयाँ विषयवस्तु तथा परिवर्तित एवम् विकसित पाठ्यक्रम तथा पाठ्यपुस्तक अनुसार शिक्षण गर्नुपर्ने परम्परागत रुपमा शिक्षण गरिरहने हामी शिक्षकले शिक्षण क्रममा भोगेका विविध समस्याहरुप्रति सचेत भई समस्या समाधानको लागि आवश्यक सल्लाह, सुझाव एवम् परामर्श लिइरहनुपर्छ । यसै सिलसिलामा म विगत २४ बर्षदेखि श्री सहिद स्मृति उ.मा.वि., बुङ्कोटमा अध्यापनरत छु । स्थानीय जनताको चेतनाको विकास र समाजको विशिष्ट व्यक्तिहरुको सक्रियताबाट वि.सं.२०१३ सालमा स्थापना भएकोे यस विद्यालयमा २२ जना शिक्षक, १ जना लेखापाल, ३ जना विद्यालय कर्मचारी र लगभग ८०० विद्यार्थीहरु रहेका छन् । बालकक्षादेखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालय गोरखा जिल्लाको एउटा राम्रो विद्यालयको रुपमा परिचित पनि छ ...
Comments
Post a Comment